लैव्यव्यवस्था 19:13

अनलक शाब्दिक बाइबल

आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू । ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • याक 5:4 : 4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।
  • मल 3:5 : 5 “अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • व्यव 24:14-15 : 14 तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस् । 15 तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू । सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ । यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस् ।
  • अय्यू 31:39 : 39 त्‍यसको फसलको लागि मूल्‍य नचूकाइ मैले खाएको छु भने, अर्थात्, त्‍यसका मालिकहरूलाई मृत्‍युमा पुर्‍याएको छु भने,
  • नीति 20:10 : 10 नमिल्ने नापहरू असमान ढकहरू दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ ।
  • नीति 22:22 : 22 गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,
  • यिर्मि 22:3 : 3 परमप्रभु यसो भन्‍नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।
  • यिर्मि 22:13 : 13 जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्‍यसलाई धिक्‍कार छ ।
  • यहे 22:29 : 29 देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्‍चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्‍यवहार गर्छन्, र विदेशीहरूसँग अन्‍यायपूर्वक थिचोमिचो गर्छन् ।
  • निर्ग 22:8-9 : 8 तर चोरलाई फेला पारिएन भने घरको मालिकको छिमेकीको सम्पत्तिमाथि उसकै हात छ या छैन भनी जाँच गर्न त्यो न्यायकर्ताहरूको सामु आउनुपर्छ । 9 कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले “यो मेरो हो” भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ । न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस् ।
  • मर 10:19 : 19 तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”
  • निर्ग 22:24-27 : 24 मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन् । 25 मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर । 26 तिमीहरूले छिमेकीको खास्टो बन्धकी राख्यौ भने सूर्यास्तअगि नै तिमीहरूले त्यो फिर्ता गरिदिनुपर्छ । 27 किनकि त्यसको ओढ्ने त्यही मात्र हो । यो त्यसको शरीरको लागि त्यसको खास्टो हो । योबाहेक त्यो केमा सुत्‍न सक्छ र? त्यसले मेरो पुकारा गर्दा म सुन्‍नेछु किनकि म दयालु छु ।
  • लैव्य 6:3 : 3 वा आफ्नो छिमेकीको कुनै हराएको कुरा त्यसले पाएर त्यसबारे झुटो बोल्छ, वा झुटो किरिया हाल्छ, वा मानिसहरूले पाप गर्ने यी कार्यहरूजस्तो कुनै गर्दछ भने,
  • लू 3:13 : 13 उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा नउठाउनू ।”
  • १ थेस 4:6 : 6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।
  • निर्ग 22:13 : 13 पशुलाई टुक्राटुक्रा पारिएको छ भने अर्को मानिसले साक्षीको रूपमा त्यो पशु ल्याओस् । टुक्राटुक्रा पारिएको कारण त्यसले क्षतिपूर्ति दिनुपर्दैन ।
  • निर्ग 22:15 : 15 तर मालिक पनि उपस्थित थियो भने अर्को मानिसले तिर्नुपर्दैन । पशुलाई भाडामा लिइएको थियो भने ज्यालाको लागि लाग्‍ने रकमले क्षतिपूर्ति तिरिनेछ ।
  • निर्ग 22:21 : 21 तिमीहरूले परदेशीको बिगार गर्नुहुँदैन वा त्यसलाई थिचोमिचो गर्नुहुँदैन किनकि तिमीहरू पनि मिश्र देशमा परदेशीहरू थियौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 24:10-15
    6 पदहरू
    80%

    10तिमीले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा धरौटी लिन उसको घरभित्र प्रवेश नगर ।

    11तिमी बाहिरै पर्ख, र तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस् ।

    12त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्‍नू ।

    13सूर्य अस्ताउनुअगि तिमीले त्यसको धरौटी फिर्ता गरिदिनू ताकि त्यो आफ्नो ओढ्नेमा सुत्‍न सकोस् र तिमीलाई आशिष् दिन सकोस् । परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु यो तिम्रो निम्ति धार्मिकता हुने छ ।

    14तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस् ।

    15तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू । सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ । यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस् ।

  • लैव्य 19:9-12
    4 पदहरू
    79%

    9तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्‍नू ।

    10आफ्नो दाखबारीबाट सबै दाख तिमीहरूले नबटुल्‍नू, न त आफ्ना दाखबारीमा खसेका दाख बटुल्‍नू । तिमीहरूले ती गरिब र परदेशीहरूका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

    11चोरी नगर्नू । झुटो नबोल्नू । एक-अर्कालाई धोका नदिनू ।

    12मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्‍वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।

  • लैव्य 19:14-18
    5 पदहरू
    76%

    14बहिरोलाई सराप नदिनू वा अन्धाको अगाडि ठेस लाग्‍ने कुरो नराख्‍नू । बरु, तिमीहरूले आफ्ना परमेश्‍वरको भय मान्‍नू । म परमप्रभु हुँ ।

    15झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।

    16आफ्ना मानिसहरूका बिचमा निन्‍दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू । म परमप्रभु हुँ ।

    17आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्‍काउनू ।

    18बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्‍नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।

  • निर्ग 20:15-17
    3 पदहरू
    75%

    15कसैबाट केही नचोर्नू ।

    16आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।

    17आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”

  • 14तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्‍गा बेच्‍दा वा आफ्नो छिमेकीबाट जग्‍गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू ।

  • व्यव 5:19-21
    3 पदहरू
    75%

    19चोरी नगर्नू ।

    20आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।

    21आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।'

  • 17तिमीहरूले एक-अर्कालाई धोका नदिनू, बरु तिमीहरूले आफ्ना परमेश्‍वरको मान गर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • निर्ग 22:25-26
    2 पदहरू
    73%

    25मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर ।

    26तिमीहरूले छिमेकीको खास्टो बन्धकी राख्यौ भने सूर्यास्तअगि नै तिमीहरूले त्यो फिर्ता गरिदिनुपर्छ ।

  • 17परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर । विधवाको ओढ्ने धरौटीको रूपमा नराख ।

  • 14परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्‍नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।

  • 37तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू, न त नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्‍नू ।

  • 28तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, “जाऊ, र फेरि आऊ अनि म भोली दिने छु ।”

  • 6मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।

  • निर्ग 20:9-10
    2 पदहरू
    72%

    9तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।

    10तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।

  • 15तर मालिक पनि उपस्थित थियो भने अर्को मानिसले तिर्नुपर्दैन । पशुलाई भाडामा लिइएको थियो भने ज्यालाको लागि लाग्‍ने रकमले क्षतिपूर्ति तिरिनेछ ।

  • 35लम्बाइ, तौल र सङ्ख्या नाप्‍दा छल नगर्नू ।

  • 13जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्‍यसलाई धिक्‍कार छ ।

  • 15आफ्नो मालिकबाट भागेर आएको कमारालाई त्यसको मालिककहाँ नफर्काउनू ।

  • 33तिमीहरूका देशमा कुनै परदेशी बस्‍दछ भने, त्यसलाई कुनै हानि नगर्नू ।

  • 11आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।

  • 20आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।

  • 13तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ ।

  • 4हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।

  • 7यस्तो मानिसको बारेमा के भन्‍न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो?

  • 27तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ?

  • 21तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू । हलो जोत्‍ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू ।

  • 18किनभने पवित्रशास्‍त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार उसको ज्यालाको योग्य हुन्छ ।”

  • 7परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।

  • 28विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् ।

  • 16त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन, वा बन्‍धक खोस्‍दैन वा चोरीका सामानहरू लिंदैन, तर त्‍यसको साटोमा आफ्‍नो खानेकुरा भोकालाई दिन्‍छ, र नाङ्गालाई लुगाले ढाक्‍छ ।

  • 21तिमीहरूले परदेशीको बिगार गर्नुहुँदैन वा त्यसलाई थिचोमिचो गर्नुहुँदैन किनकि तिमीहरू पनि मिश्र देशमा परदेशीहरू थियौ ।

  • 19ब्याज प्राप्‍त गर्न सकिने रुपियाँ-पैसा, भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू ।