यिर्मिया 22:13

अनलक शाब्दिक बाइबल

जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्‍यसलाई धिक्‍कार छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 19:13 : 13 आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू । ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।
  • मीका 3:10 : 10 तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ ।
  • याक 5:4 : 4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।
  • व्यव 24:14-15 : 14 तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस् । 15 तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू । सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ । यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस् ।
  • हब 2:9-9 : 9 ‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’ 10 तैँले धेरै मानिसहरूलाई सर्वनाश गरेर आफ्नो घरानाको निम्ति शर्म ल्याएको छस्, र आफ्नै विरुद्ध पाप गरेको छस् । 11 किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,
  • मल 3:5 : 5 “अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • २ राजा 23:35-37 : 35 यहोयाकीमले फारोलाई चाँदी र सुन कर तिरे । फारोको माग पुरा गर्न यहोयाकीमले देशमा कर लगाए, र देशका प्रत्‍येक मानिसले आफ्‍नो क्षमताअनुसार तिनलाई करको रूपमा चाँदी र सुन जबरदस्ती तिर्नुपर्ने भयो । 36 यहोयाकीमले राज्‍य सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ जबीदा थियो । उनी रूमाकी पदायाहकी छोरी थिइन् । 37 आफ्ना पिता-पुर्खाहरूले गरेझैँ यहोयाकीमले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।
  • २ इति 36:4 : 4 मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए (र तिनको नाउँ यहोयाकीममा बदली गरे) । तब नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे ।
  • अय्यू 24:10-11 : 10 तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्‍नका बिटाहरू बोक्‍छन् । 11 गरिब मानिसहरूले ती दुष्‍टहरूका पर्खालभित्र तेल पेल्छन् । तिनीहरूले दुष्‍ट मानिसहरूका दाखको कोल पेल्छन्, तर तिनीहरू आफै तिर्खाउँछन् ।
  • यिर्मि 22:18 : 18 त्यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः 'हाय, मेरा दाजु! हाय मेरी बहिनी!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । 'हाय, मेरा मालिक! हाय, उहाँको गौरव!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 84%

    14उसले भन्छ, 'आफ्नो निम्ति माथिल्ला कोठाहरू फराकिलो भएको एउटा ठुलो महल म बनाउनेछु ।' त्यसले उसले त्‍यसको निम्‍ति ठुला-ठुला झ्यालहरू बनाउँछ र त्‍यसमा देवदारुका पल्लाहरू हाल्‍छ अनि उसले त्‍यसमा रातो रङ लगाऊँछ ।

    15के यही कुराले तँलाई असल राजा बनाउँछन्, कि तैंले देवदारुका फल्याकहरू पाउने इच्‍छा गरिस्? तेरा बाबुले पनि खाए र पिए, तापनि न्याय र धार्मिकता कायम राखे, होइन र? त्यसको लागि असल कुराहरू नै भए ।

  • हब 2:9-13
    5 पदहरू
    80%

    9‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’

    10तैँले धेरै मानिसहरूलाई सर्वनाश गरेर आफ्नो घरानाको निम्ति शर्म ल्याएको छस्, र आफ्नै विरुद्ध पाप गरेको छस् ।

    11किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,

    12‘धिक्‍कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’

    13के सेनाहरूका परमप्रभुले यो भन्‍नुभएको छैन र, जातिहरू आगोको निम्ति परिश्रम गर्दछन् र अरू सबै जातिहरू व्यर्थमा थकित हुन्छन्?

  • अय्यू 20:18-19
    2 पदहरू
    79%

    18आफ्नो परिश्रमको फल उसले फिर्ता गर्नेछ र त्यो खान सक्‍नेछैन । आफ्‍नो व्यापारद्वारा कमाएको सम्‍पत्तिको आनन्‍द उसले पाउनेछैन ।

    19किनकि उसले गरिब मानिसहरूलाई अत्याचार र बेवास्ता गरेको छ । आफूले नबनाएका घरहरूलाई उसले जबरजस्‍ती कब्जा गरेको छ ।

  • 11किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।

  • 18माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्‍नो घर बनाउँछ ।

  • यशा 5:8-9
    2 पदहरू
    75%

    8ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्‍कार, र तिमीहरू मात्र देशमा रहन्छौ!

    9सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो, धेरै वटा घर, ठुला र भव्‍य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्‍ने कोही हुनेछैन् ।

  • व्यव 24:14-15
    2 पदहरू
    73%

    14तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस् ।

    15तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू । सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ । यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस् ।

  • 13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 18अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ ।

  • 27तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख् । त्यसपछि तेरो घर बना ।

  • 11दुष्‍टलाई धिक्‍कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।

  • यहे 18:12-13
    2 पदहरू
    73%

    12यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्‍छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्‍ना आँखा मूर्तिहरूतिर उचाल्‍छ, र घिनलाग्‍दा कामहरू गर्छ,

    13र उसले महंगो ब्‍याजमा रुपियाँ दिन्‍छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्‍तो मानिस जीवित रहनुपर्छ? ऊ निश्‍चय पनि जीवित रहँदैन । ऊ निश्‍चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्‍दा कुराहरू गरेको छ ।

  • 6के यी सबैले त्यसको ठट्टा गर्ने एउटा यस्तो भनाइ र त्यसको विषयमा हाँसोको रूपमा यस्तो गीत सृजना गर्दैन र, ‘धिक्‍कार त्यसलाई जसले जे आफ्नो होइन त्यो थुपार्छ । कहिलेसम्म तैँले आफूले बन्धकमा लिएका कुराहरूको वजन बढाउँदै जान्छस्?’

  • यहे 22:12-13
    2 पदहरू
    72%

    12तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    13हेर्, तैंले अन्‍यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्‍नो हातले प्रहार गरेको छु ।

  • 18दुष्‍ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।

  • 16आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।

  • 1¶ परमप्रभुले नै घर बनाउनुभएन भने, त्‍यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।

  • 11किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।

  • 13जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन ।

  • 8अन्याय छर्नेले सङ्कष्‍टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ ।

  • 28र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।

  • 8धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।

  • 29आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ ।

  • मीका 2:1-2
    2 पदहरू
    72%

    1¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।

    2तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् ।

  • 10परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन ।

  • 13आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू । ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।

  • 6मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्‍न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।”

  • 27तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ?

  • 15धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्‍ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का ।

  • 28उसको घरको धन लुप्‍त हुनेछ । परमेश्‍वरको क्रोधको दिनमा उसका सामानहरू टाढा बग्‍नेछन् ।

  • 13सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ ।

  • 12हेर, त्‍यो पर्खाल ढल्‍नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?”

  • 27चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्‍ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ ।

  • 15ऊ आफ्नो घरमा अडेल लग्‍छ, तर त्‍यसले उसलाई थाम्दैन । उसले त्‍यसमा समात्छ, तर यो अडिंदैन ।

  • 29देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्‍चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्‍यवहार गर्छन्, र विदेशीहरूसँग अन्‍यायपूर्वक थिचोमिचो गर्छन् ।

  • 12धर्मात्माले दुष्‍ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्‍ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।