लैव्यव्यवस्था 20:25

अनलक शाब्दिक बाइबल

यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु, अनि शुद्ध र अशुद्ध पक्षीबिच भेद राख्‍नू । मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्‍ट्याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 11:1-9 : 1 ¶ परमप्रभु मोशा र हारूनसँग यसरी बोल्‍नुभयो, 2 “इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पृथ्‍वीमा भएका सबै पशुहरूमध्ये तिमीहरूले खान मिल्‍ने जीवित प्राणीहरू यी नै हुन् । 3 चिरिएको खुर भएको र उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्‍छ । 4 तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो । 5 अनि शापन किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । 6 अनि खरायो तिमीहरूका निम्ति अशुद्ध हो किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । 7 अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन । यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो । 8 तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू । यी तिमीहरूका निम्ति अशुद्ध हुन् । 9 पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा र कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ । 10 तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू । 11 ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू । 12 पानीमा पाइने प्राणी जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूद्वारा घृणित होस् । 13 तिमीहरूले घृणा गर्नुपर्ने र खान नहुने पक्षीहरू यी हुन्ः गरुड, गिद्ध, 14 चील, सबै प्रकारका बेसारो, 15 सबै प्रकारका काग, 16 सुतुरमुर्ग र हुचील, समुद्रीचरो, र सबै प्रकारका बाज । 17 तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू, सानो र ठुलो लाटोकोसेरो, जलकाग, 18 राजहंस र धनेस, माछा खाने चील, 19 सारस, सबै प्रकारका बकुल्‍ला, फाप्रेचरो र चमेरो । 20 चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन् । 21 तर उड्ने किराहरूमा चार खुट्‍टाले हिँड्ने र जमिनमा उफ्रनको निम्ति खुट्‍टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ । 22 तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ । 23 तर चार खुट्‍टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस् । 24 यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ । 25 जसले तीमध्ये कसैको सिनु बोक्‍छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ । 26 हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ । ती छुने सबै अशुद्ध हुने छन् । 27 चार खुट्‍टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्‍जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् । त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने छ । 28 त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् । 29 जमिनमा घस्रने पशुहरूमा यी प्राणीहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन्ः न्याउरीमूसो, मूसो, सबै थरीका ठुलो छेपारो, 30 गोहोरो, सालक, भालेमुङ्‍रो, बालुवाको छेपारो, र रङ्ग बदल्‍ने छेपारो । 31 घस्रने पशुहरूमा यी सबै तिमीहरूका निम्ति अशुद्ध हुने छन् । ती मरेपछि ती छुने सबै साँझसम्म अशुद्ध हुने छन् । 32 तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्‍यो भने, त्यो वस्तु काठ, कपडा, छाला, वा भाङ्‍रो, जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुने छ । त्यो जे भए तापनि र त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि, त्यो पानीमा डुबाइनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यसपछि त्यो शुद्ध हुने छ । 33 यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्‍यो भने, त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुने छ, र तिमीहरूले त्यो भाँडोलाई नष्‍ट गर्नू । 34 कुनै खान मिल्‍ने कुरामा त्यस्तो भाँडोको पानी पर्‍यो भने त्यो अशुद्ध हुन्छ । त्यस भाँडोको कुनै पनि पिउने तरल पदार्थ अशुद्ध हुन्छ । 35 जुन कुरामाथि तिनीहरूको सिनु खस्‍छ, त्यो वस्तु भट्‍टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ । ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून् । 36 जरुवा वा दहको पानी शुद्ध रहने छ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन् । 37 यदि तिनीहरूको सिनुको कुनै भाग छरिने बिउमा पर्‍यो भने, ती बिउहरू भने शुद्ध नै रहन्छन् । 38 तर यदि बिउमा पानी राखिएको भए, र तिनीहरूको सिनुको कुनै भाग तीमाथि पर्‍यो भने, ती तिमीहरूका निम्ति अशुद्ध हुने छन् । 39 तिमीहरूले खाने गरेका कुनै पशु मर्‍यो भने, त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने छ । 40 त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ । 41 जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ । ती नखानू । 42 आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ । 43 कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू । 44 किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्‍नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ । 45 किनभने तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ । 46 सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्, 47 जसका बिचमा अशुद्ध र शुद्ध, र खान मिल्‍ने र नमिल्‍ने प्राणीहरू भनेर छुट्ट्‍याउन जरुरी छ’ ।”
  • व्यव 14:3-9 : 3 तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ । 4 तिमीहरूले खान हुने प्राणीहरू यिनै हुन्: गोरु, भेडा र बोका, 5 मृग, हरिण, बराँठ, जङ्गली बोका, चित्तल र पहाडी भेडा । 6 दुई भागमा खुर चिरिएका र उग्रने कुनै पनि पशु तिमीहरूले खान सक्छौ । 7 तथापि, दुई भागमा खुर चिरिएका र उग्राने यी प्राणीहरूचाहिँ नखानूः ऊँट, खरायो, शापान, किनभने तिनीहरूले उग्रन्छन् तर तिनीहरूको खुर चिरिएको हुँदैन । त्यसैले ती तिमीहरूका निम्ति अशुद्ध हुन् । 8 सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्रँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । सुँगुरको मासु नखानू, र तिनीहरूका सिनु नछुनू । 9 पानीमा बस्‍ने यी जलजन्तुहरूमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खान सक्छौ । 10 तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् । 11 तिमीहरूले सबै शुद्ध पक्षी खान सक्छौ । 12 तर तिमीहरूले यी पक्षीहरूचाहिँ नखानूः गरुड, गिद्ध, कालो गिद्ध, 13 सबै थरीका रातो चील, कालो चील । 14 तिमीहरूले कुनै पनि किसिमको काग, 15 र अस्ट्रिच, ठुलो लाटोकोसेरो, समुद्री चरो, सबै थरीका बाज, 16 सानो लाटोकोसेरो, ठुलो लाटोकोसेरो, सेतो लाटोकोसेरो, मरुभूमिको लाटोकोसेरो, 17 माछा मार्ने चील र जल कौवा खानुहुँदैन । 18 तिमीहरूले सारस, कुनै पनि किसिमको बकुल्ला, फाप्रे चरो र चमेरो खानुहुँदैन । 19 बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन । 20 तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ । 21 आफै मरेको कुनै पनि थोक नखानू । तिमीहरूका सहरहरूभित्र बस्‍ने परदेशीलाई त्यो दिन सक्छौ र त्यसले खान सक्छ वा यो परदेशीलाई बेच्न सक्छौ । किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ । बाख्राको पाठो माउको दूधमा नपकाउनू ।
  • प्रेरि 10:11-15 : 11 तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो थियो । 12 त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए । 13 त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “पत्रुस, उठ अनि मारेर खाऊ ।” 14 तर पत्रुसले भने, “हुँदैन प्रभु । किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।” 15 तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्‍वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन ।”
  • प्रेरि 10:28 : 28 पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ ।
  • एफिसी 5:7-9 : 7 यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ । 8 किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड । 9 किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ । 10 परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ । 11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 11:46-47
    2 पदहरू
    85%

    46सबै पशु, पक्षी, पानीमा चलहल गर्ने सबै जीवित प्राणी, र जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन्,

    47जसका बिचमा अशुद्ध र शुद्ध, र खान मिल्‍ने र नमिल्‍ने प्राणीहरू भनेर छुट्ट्‍याउन जरुरी छ’ ।”

  • 26तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ ।

  • 10तिमीहरूका सारा वंशमा यो सदाको निम्ति एउटा विधि होस्,

  • लैव्य 11:40-44
    5 पदहरू
    80%

    40त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ ।

    41जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ । ती नखानू ।

    42आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ ।

    43कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू ।

    44किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्‍नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ ।

  • लैव्य 18:23-24
    2 पदहरू
    79%

    23कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू । कुनै पनि स्‍त्री कुनै पशुसँग नसुत्‍नू । यो अस्वाभाविक दुराचरण हो ।

    24यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् ।

  • लैव्य 11:23-28
    6 पदहरू
    78%

    23तर चार खुट्‍टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस् ।

    24यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ ।

    25जसले तीमध्ये कसैको सिनु बोक्‍छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ ।

    26हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ । ती छुने सबै अशुद्ध हुने छन् ।

    27चार खुट्‍टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्‍जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् । त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने छ ।

    28त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।

  • व्यव 14:19-20
    2 पदहरू
    78%

    19बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन ।

    20तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खान सक्छौ ।

  • 31तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ । त्यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू । बरु, त्यो कुकुरहरूलाई फालिदिनू ।

  • लैव्य 20:23-24
    2 पदहरू
    77%

    23तिमीहरूका सामुबाट मैले निष्‍कासन गरेका जातिहरूका रीतिरिवाजहरूमा तिमीहरू नहिँड्नू, किनभने तिनीहरूले यी सबै कुरा गरे, र मैले तिनीहरूलाई घृणा गरेँ ।

    24मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ । दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु । अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ ।

  • लैव्य 11:7-8
    2 पदहरू
    76%

    7अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन । यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।

    8तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू । यी तिमीहरूका निम्ति अशुद्ध हुन् ।

  • 15कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।

  • व्यव 14:6-8
    3 पदहरू
    76%

    6दुई भागमा खुर चिरिएका र उग्रने कुनै पनि पशु तिमीहरूले खान सक्छौ ।

    7तथापि, दुई भागमा खुर चिरिएका र उग्राने यी प्राणीहरूचाहिँ नखानूः ऊँट, खरायो, शापान, किनभने तिनीहरूले उग्रन्छन् तर तिनीहरूको खुर चिरिएको हुँदैन । त्यसैले ती तिमीहरूका निम्ति अशुद्ध हुन् ।

    8सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्रँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । सुँगुरको मासु नखानू, र तिनीहरूका सिनु नछुनू ।

  • 3तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ ।

  • लैव्य 7:21-22
    2 पदहरू
    76%

    21यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।’”

    22अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,

  • 30तिमीहरूभन्दा अगि यहाँ अभ्यास हुने गरेका कुनै यस्ता घृणास्‍पद रीतिरिवाजहरूलाई तिमीहरूले अभ्यास नगरेर मेरो आज्ञा पालन गर्नू अनि यसरी तिमीहरूले यस्ता कामले आफैलाई अपवित्र बनाउने छैनौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”

  • 8मरेको वा वन पशुद्वारा मारिएको कुनै कुरा त्यसले नखाओस् । त्यसबाट त्यो अशुद्ध हुन्छ । म परमप्रभु हुँ ।

  • 19तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू । आफ्‍ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ । आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर । दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ ।

  • 11तथापि, यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध छ र परमप्रभुले त्यो स्वीकार्नुभएन भने, त्यस मानिसले पशुलाई पुजारीकहाँ ल्याओस् ।

  • लैव्य 11:2-4
    3 पदहरू
    75%

    2“इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पृथ्‍वीमा भएका सबै पशुहरूमध्ये तिमीहरूले खान मिल्‍ने जीवित प्राणीहरू यी नै हुन् ।

    3चिरिएको खुर भएको र उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्‍छ ।

    4तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।

  • 7त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । [१]

  • 8शुद्ध र अशुद्ध पशुहरू, पक्षीहरू र भुइँमा घस्रने हरेक प्राणी, परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएझैँ

  • 10तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् ।

  • लैव्य 22:5-6
    2 पदहरू
    74%

    5वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,

    6र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।

  • 20तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू । म त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ ।

  • 19कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् ।

  • 2वा परमेश्‍वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने, चाहे त्यो कुनै अशुद्ध वन-पशु, पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस्, त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध र दोषी हुने छ ।

  • 31यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।

  • 35जुन कुरामाथि तिनीहरूको सिनु खस्‍छ, त्यो वस्तु भट्‍टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ । ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून् ।

  • 27तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो ।

  • 20चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन् ।