लैव्यव्यवस्था 11:35

अनलक शाब्दिक बाइबल

जुन कुरामाथि तिनीहरूको सिनु खस्‍छ, त्यो वस्तु भट्‍टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ । ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 6:28 : 28 तर त्यो उमाल्‍न प्रयोग गरिएको माटोको भाँडालाई भने फुटाउनू । यदि त्यो काँसाको भाँडामा उमालिएको भए, त्यसलाई माँझेर सफा पानीले धुनू ।
  • लैव्य 11:33 : 33 यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्‍यो भने, त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुने छ, र तिमीहरूले त्यो भाँडोलाई नष्‍ट गर्नू ।
  • लैव्य 15:12 : 12 त्यो रोग लागेको मानिसले छोएका सबै माटाका भाँडा फुटाइयोस्, र काठका भाँडा पानीले पखालियोस् ।
  • २ कोरि 5:1-7 : 1 ¶ हामी जान्दछौँ, कि हामीले बास गरेको यो यो पार्थिव शरीर नष्‍ट भयो भने पनि हामीसँग परमेश्‍वरले दिनुभएको भवन छ । यो मानिसको हातले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो । 2 किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं । 3 हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौँ । 4 किनकि जबसम्म हामी यस पालमा छौँ, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्‍त्र हुन चाहँदैनौँ । तर जे मरणशील छ, त्यो जीवनमा समावेश होस् भनेर हामी वस्‍त्र पहिरन चाहन्छौँ । 5 हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ । 6 त्यसैले, सधैँ विश्‍वस्त रहो । यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ, हामी परमेश्‍वरबाट टाढा रहन्छौँ । 7 हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 11:36-43
    8 पदहरू
    87%

    36जरुवा वा दहको पानी शुद्ध रहने छ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन् ।

    37यदि तिनीहरूको सिनुको कुनै भाग छरिने बिउमा पर्‍यो भने, ती बिउहरू भने शुद्ध नै रहन्छन् ।

    38तर यदि बिउमा पानी राखिएको भए, र तिनीहरूको सिनुको कुनै भाग तीमाथि पर्‍यो भने, ती तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।

    39तिमीहरूले खाने गरेका कुनै पशु मर्‍यो भने, त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने छ ।

    40त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ ।

    41जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ । ती नखानू ।

    42आफ्नो पेटले हिँड्ने, वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने, वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू, किनकि ती घृणित हुनुपर्छ ।

    43कुनै पनि घस्रने प्राणीबाट तिमीहरू अशुद्ध नहुनू; आफूलाई अपवित्र बनाउने गरी तीबाट तिमीहरू अशुद्ध नहुनू ।

  • लैव्य 11:31-34
    4 पदहरू
    87%

    31घस्रने पशुहरूमा यी सबै तिमीहरूका निम्ति अशुद्ध हुने छन् । ती मरेपछि ती छुने सबै साँझसम्म अशुद्ध हुने छन् ।

    32तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्‍यो भने, त्यो वस्तु काठ, कपडा, छाला, वा भाङ्‍रो, जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुने छ । त्यो जे भए तापनि र त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि, त्यो पानीमा डुबाइनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।

    33यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्‍यो भने, त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुने छ, र तिमीहरूले त्यो भाँडोलाई नष्‍ट गर्नू ।

    34कुनै खान मिल्‍ने कुरामा त्यस्तो भाँडोको पानी पर्‍यो भने त्यो अशुद्ध हुन्छ । त्यस भाँडोको कुनै पनि पिउने तरल पदार्थ अशुद्ध हुन्छ ।

  • लैव्य 11:24-28
    5 पदहरू
    85%

    24यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ ।

    25जसले तीमध्ये कसैको सिनु बोक्‍छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ ।

    26हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ । ती छुने सबै अशुद्ध हुने छन् ।

    27चार खुट्‍टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्‍जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् । त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने छ ।

    28त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।

  • लैव्य 11:7-8
    2 पदहरू
    81%

    7अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन । यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।

    8तिमीहरूले यी कुनै पशुको मासु नखानू, न त तिनीहरूको सिनु छुनू । यी तिमीहरूका निम्ति अशुद्ध हुन् ।

  • 2वा परमेश्‍वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने, चाहे त्यो कुनै अशुद्ध वन-पशु, पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस्, त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध र दोषी हुने छ ।

  • लैव्य 6:27-28
    2 पदहरू
    78%

    27त्यसको मासु छुने सबै कुरा पवित्र हुने छ, र यदि कुनै वस्‍त्रमा रगतको छिट्का लागेको भए त्यस छिट्का लागेको ठाउँलाई पवित्र स्थानमा धुनू ।

    28तर त्यो उमाल्‍न प्रयोग गरिएको माटोको भाँडालाई भने फुटाउनू । यदि त्यो काँसाको भाँडामा उमालिएको भए, त्यसलाई माँझेर सफा पानीले धुनू ।

  • लैव्य 22:4-6
    3 पदहरू
    78%

    4हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,

    5वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,

    6र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।

  • 15कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।

  • लैव्य 7:19-21
    3 पदहरू
    78%

    19कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् ।

    20तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।

    21यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।’”

  • लैव्य 11:10-11
    2 पदहरू
    77%

    10तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू र पानीमा हिँड्ने र पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा र कत्‍ला हुँदैनन्, ती तिमीहरूले घृणा गर्नू ।

    11ती घृणित भएका हुनाले, तिमीहरूले तिनका मासु नखानू, र तिनका सिनुलाई पनि घृणा गर्नू ।

  • लैव्य 15:10-12
    3 पदहरू
    77%

    10त्यस मानिसको मुनि भएको कुनै कुरा छुने जो कोही साँझसम्‍म अशुद्ध हुने छ, र ती कुराहरू बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।

    11त्यस्तो रोग लागेको मानिसले आफ्ना हात पानीले नपखालिकन कसैलाई छुन्‍छ भने, त्यसरी छोइएको मानिसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।

    12त्यो रोग लागेको मानिसले छोएका सबै माटाका भाँडा फुटाइयोस्, र काठका भाँडा पानीले पखालियोस् ।

  • गिन 19:15-16
    2 पदहरू
    77%

    15नछोपिएका सबै भाँडा अशुद्ध हुने छन् ।

    16त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ ।

  • 27यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ ।

  • 47जसका बिचमा अशुद्ध र शुद्ध, र खान मिल्‍ने र नमिल्‍ने प्राणीहरू भनेर छुट्ट्‍याउन जरुरी छ’ ।”

  • 22अशुद्ध व्यक्‍तिले छोएको सबै कुरा अशुद्ध हुने छन् । यसलाई छुने व्यक्‍ति पनि साँझसम्म अशुद्ध हुने छ ।

  • 8सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो किनकि त्यसको खुर चिरिएको हुन्छ तर त्यसले उग्रँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो । सुँगुरको मासु नखानू, र तिनीहरूका सिनु नछुनू ।

  • 11कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने छ ।

  • 4त्यो पल्‍टिने सबै ओछ्‍यान अशुद्ध हुने छ, र त्यो बस्‍ने हरेक कुरा अशुद्ध हुने छ ।

  • 20त्यसको महिनावारीको समयमा त्यो पल्‍टिने सबै कुरा अशुद्ध हुने छ, र त्यो बस्‍ने सबै कुरा अशुद्ध हुने छ ।

  • 10तर पखेटा र कत्ला नभएकाहरूचाहिँ तिमीहरूले नखानू । ती तिमीहरूका लागि अशुद्ध हुन् ।

  • लैव्य 11:4-5
    2 पदहरू
    73%

    4तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।

    5अनि शापन किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।

  • 25यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु, अनि शुद्ध र अशुद्ध पक्षीबिच भेद राख्‍नू । मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्‍ट्याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू ।

  • 31यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।

  • 19बथान-बथानमा उड्ने सबै किरा तिमीहरूका लागि अशुद्ध हुन् । तिमीहरूले ती खानुहुँदैन ।

  • 22त्यो बस्‍ने जुनसुकै कुरा छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ ।