लैव्यव्यवस्था 22:4

अनलक शाब्दिक बाइबल

हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 11:39 : 39 तिमीहरूले खाने गरेका कुनै पशु मर्‍यो भने, त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने छ ।
  • लैव्य 15:2-3 : 2 “इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘कुनै मानिसको शरीरबाट सङ्क्रमित तरल पदार्थ बग्‍दछ भने, त्यो अशुद्ध हुन्छ । 3 त्यसको अशुद्धता त्यो सङ्क्रमित तरलको कारणले हो । त्यसको शरीरबाट तरल बग्‍ने भए तापनि वा त्यो बग्‍न बन्द भए तापनि, त्यो अशुद्ध हो ।
  • लैव्य 15:13-16 : 13 त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ । 14 आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् । 15 पुजारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको रूपमा अर्पण गर्ने छ, र त्यसको रोगको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ । 16 यदि कुनै मानिसको वीर्यपात भयो भने, त्यसले आफ्नो पुरै शरीर पानीले नुहाओस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ ।
  • लैव्य 21:1 : 1 ¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,
  • लैव्य 21:22 : 22 परमेश्‍वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ ।
  • गिन 18:9 : 9 मैले यी बलिहरू तँलाई र तेरा छोराहरूलाई अनवरत हिस्साको रूपमा दिएको छु । आगोमा जलाउनबाट बचेका यी थोकहरू तेरा हुने छन् । हरेक अन्‍नबलि, पापबलि र दोषबलिजस्ता तिनीहरूका हरेक बलिबाट तिनीहरू तँलाई र तेरा छोराहरूलाई अलग गरिएका हुन् ।
  • गिन 18:19 : 19 इस्राएलका मानिसहरूले परमप्रभुलाई चढाएका सबै पवित्र बलि निरन्तरको अंशको रूपमा मैले तँलाई, तेरा छोराहरू र छोरीहरूलाई दिएको छु । यो तेरो र तेरा सन्तानहरू दुवैको निम्ति परमप्रभुको सामु अनन्तको बाध्यकारी करार अर्थात् नूनको अनन्त करार हो ।”
  • गिन 19:11-16 : 11 कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने छ । 12 यस्तो व्यक्‍तिले तेस्रो र सातौँ दिनमा आफूलाई शुद्धिकरण गर्नुपर्छ । अनि त्यो शुद्ध हुने छ । तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्दैन भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछैन । 13 जसले मरेको व्यक्‍ति छुन्‍छ अर्थात् मरेको मानिसको शरीर छुन्‍छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्‍तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्‍तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ । 14 यो मानिस पालमा मर्दाको निम्ति नियम हो । पालभित्र पस्‍ने सबै र पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुने छन् । 15 नछोपिएका सबै भाँडा अशुद्ध हुने छन् । 16 त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ ।
  • लैव्य 13:2-3 : 2 “यदि कसैको शरीरको छाला सुनिएर फुल्‍यो वा त्यसमा खटिरा वा उज्‍ज्‍वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने, त्यसलाई प्रधान पुजारी अर्थात् हारून वा त्यसका पुजारी छोराहरूकहाँ ल्याइनुपर्छ । 3 त्यसपछि पुजारीले त्यसको शरीरमा आएको छालाको रोगको जाँच गर्ने छ । यदि रोग लागेको ठाउँको रौँ सेतो भएको छ, र त्यो रोग छालामा गहिरो भएको छ भने, त्यो सरुवा रोग हो । पुजारीले त्यसलाई हेरेपछि उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ ।
  • लैव्य 13:44-46 : 44 यदि त्यो त्यस्तै छ भने, त्यसलाई सरुवा रोग लागेको छ, र त्यो अशुद्ध हुने छ । त्यसको शिरमा रोग भएको कारण पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । 45 सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस्, त्यसले आफ्ना कपाल खुला छोडोस्, र आफ्नो अनुहारलाई नाकसम्‍म ढाकेर त्यसले सोर निकालेर ‘अशुद्ध, अशुद्ध’ भनोस् । 46 त्यसमा त्यो सरुवा रोग भइन्जेलसम्‍म त्यो अशुद्ध रहने छ । फैलिन सक्‍ने रोगद्वारा त्यो अशुद्ध भएको कारण, त्यो एक्‍लै बस्‍नुपर्छ । त्यो छाउनीभन्दा बाहिर बस्‍नुपर्छ ।
  • लैव्य 14:1-9 : 1 ¶ परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो, 2 “रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन् । त्यसलाई पुजारीकहाँ लगिनुपर्छ । 3 छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने छ । 4 त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने छ । 5 पुजारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्ने छ । 6 पुजारीले त्यसपछि जीवित चरा र देवदारुको काठ, र सिन्दुरे रङ्गको धागो र हिसप लिने छ, र यी सबैलाई ताजा पानीमाथि मारिएको चराको रगतमा चोप्‍ने छ । 7 त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ । 8 शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् । 9 सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस् । त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ । 10 आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् । 11 शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस् । 12 पुजारीले दुईवटा भेडाका पाठामध्ये एउटा लिने छ र आधा माना तेलसँगै दोषबलि अर्पण गर्ने छ, र परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउने छ । 13 उसले त्यो भेडाको पाठोलाई पवित्रस्थानमा पापबलिहरू र होमबलिहरू मारिने ठाउँमा मारोस्, किनभने पापबलि र दोषबलि पुजारीको भागको हो, कारण त्यो अति पवित्र हो । 14 पुजारीले दोषबलिको केही रगत लिने छ र शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पोमा, दाहिने हातको बुढी औँलामा, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 15 पुजारीले मानाबाट तेल लिएर आफ्नै देब्रे हातको हत्‍केलामा खन्‍याउने छ र 16 र आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्‍ट छर्कने छ । 17 पुजारीले आफ्नो हातमा बाँकी रहेको तेललाई शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 18 अनि पुजारीले आफ्नो हातमा बाँकी रहेको तेलचाहिँ शुद्ध गरिनुपर्ने मानिसको शिरमा खन्याउने छ, र पुजारीले परमप्रभुको अगि त्यो मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ । 19 अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ । 20 त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ । 21 तर यदि त्यो मानिस गरिब छ, र यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने, त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई ल्याओस्, र अन्‍नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पिठो, र आधा माना तेल, 22 र आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् । एउटा चराचाहिँ पापबलि हुने छ र अर्कोचाहिँ होमबलि हुने छ । 23 आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् । 24 पुजारीले बलिदानको निम्ति भेडाको बच्‍चा लिने छ, र त्यससँगै उसले आधा माना जैतूनको तेल लिने छ, र उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्ने छ । 25 उसले दोषबलिको निम्ति भेडाको बच्‍चालाई मार्ने छ, र दोषबलिको केही रगत लिएर शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 26 त्यसपछि पुजारीले केही तेल आफ्नो देब्रे हातको हत्‍केलामा खन्‍याउने छ, 27 र उसले आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको तेलबाट केही परमप्रभुको अगि सात पटकसम्‍म छर्कने छ । 28 त्यसपछि पुजारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर दोषबलिको रगत जहाँ-जहाँ लगाएको थियो अर्थात् शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ । 29 परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिने छ । 30 उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस्- 31 अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् । 32 छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन् ।”
  • लैव्य 2:3 : 3 अन्‍नबलिबाट जे बाँकी रहन्छ त्यो हारून र तिनका छोराहरूको हुने छ । परमप्रभुको निम्ति आगोबाट गरिएका बलिहरूमध्ये यो अति पवित्र हुने छ ।
  • लैव्य 2:10 : 10 अन्‍नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुने छ । आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुने छ ।
  • लैव्य 6:25-29 : 25 “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘पापबलिको विधि यस्तो रहेको छः परमप्रभुको अगि होमबलिलाई जुन ठाउँमा मरिन्छ पापबलिलाई पनि त्यहीँ मार्नू । यो अति पवित्र हो । 26 पापको निम्ति अर्पण गर्ने पुजारीले नै त्यो खाओस् । भेट हुने पालको चोकको कुनै एउटा पवित्र स्थानमा त्यो खाइनुपर्छ । 27 त्यसको मासु छुने सबै कुरा पवित्र हुने छ, र यदि कुनै वस्‍त्रमा रगतको छिट्का लागेको भए त्यस छिट्का लागेको ठाउँलाई पवित्र स्थानमा धुनू । 28 तर त्यो उमाल्‍न प्रयोग गरिएको माटोको भाँडालाई भने फुटाउनू । यदि त्यो काँसाको भाँडामा उमालिएको भए, त्यसलाई माँझेर सफा पानीले धुनू । 29 पुजारीहरूमध्ये जुनसुकै पुरुषले त्यसबाट खान सक्छ किनभने त्यो अति पवित्र हो ।
  • लैव्य 11:24-28 : 24 यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ । 25 जसले तीमध्ये कसैको सिनु बोक्‍छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ । 26 हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन, त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ । ती छुने सबै अशुद्ध हुने छन् । 27 चार खुट्‍टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्‍जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् । त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने छ । 28 त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 22:5-7
    3 पदहरू
    85%

    5वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,

    6र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।

    7घाम अस्ताएपछि त्यो शुद्ध हुने छ । घाम अस्ताएपछि त्यसले पवित्र कुराहरूबाट खान मिल्छ, किनभने त्यो त्यसकै भोजन हो ।

  • लैव्य 22:2-3
    2 पदहरू
    83%

    2“हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।

    3तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् । म परमप्रभु हुँ ।

  • गिन 19:13-14
    2 पदहरू
    82%

    13जसले मरेको व्यक्‍ति छुन्‍छ अर्थात् मरेको मानिसको शरीर छुन्‍छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्‍तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्‍तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ ।

    14यो मानिस पालमा मर्दाको निम्ति नियम हो । पालभित्र पस्‍ने सबै र पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुने छन् ।

  • 11कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने छ ।

  • लैव्य 15:2-8
    7 पदहरू
    80%

    2“इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘कुनै मानिसको शरीरबाट सङ्क्रमित तरल पदार्थ बग्‍दछ भने, त्यो अशुद्ध हुन्छ ।

    3त्यसको अशुद्धता त्यो सङ्क्रमित तरलको कारणले हो । त्यसको शरीरबाट तरल बग्‍ने भए तापनि वा त्यो बग्‍न बन्द भए तापनि, त्यो अशुद्ध हो ।

    4त्यो पल्‍टिने सबै ओछ्‍यान अशुद्ध हुने छ, र त्यो बस्‍ने हरेक कुरा अशुद्ध हुने छ ।

    5त्यसको ओछ्‍यानलाई छुने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।

    6सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिस बसेको कुनै कुरामा कोही बस्‍दछ भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।

    7सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसको शरीर छुने मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।

    8यस्तो सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसले कुनै शुद्ध मानिसलाई थुक्‍यो भने, त्यो मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,

  • लैव्य 21:16-18
    3 पदहरू
    80%

    16परमप्रभुले मोशालाई भन्‍नुभयो,

    17“हारूनलाई यसो भन्, ‘तेरा सारा वंशहरूभित्र तेरा उत्तराधिकारीहरूमा कुनै शारीरिक खोट छ भने, त्यसले आफ्नो परमेश्‍वरलाई भोजन अर्पण गर्न नजिक नआओस् ।

    18शारीरिक खोट भएको मानिस परमप्रभुको नजिक नआओस्, जस्तै दृष्‍टिविहीन वा हिँड्न नसक्‍ने मानिस, विरूपित वा आकार विकृत भएको मानिस,

  • लैव्य 7:19-21
    3 पदहरू
    80%

    19कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् ।

    20तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।

    21यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ।’”

  • लैव्य 15:10-11
    2 पदहरू
    79%

    10त्यस मानिसको मुनि भएको कुनै कुरा छुने जो कोही साँझसम्‍म अशुद्ध हुने छ, र ती कुराहरू बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।

    11त्यस्तो रोग लागेको मानिसले आफ्ना हात पानीले नपखालिकन कसैलाई छुन्‍छ भने, त्यसरी छोइएको मानिसले आफ्ना लुगाहरू धोओस्, र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।

  • 2“छालाको सरुवा रोग भएका सबै, धातुको रोग भएका सबै, लास छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे ।

  • 22अशुद्ध व्यक्‍तिले छोएको सबै कुरा अशुद्ध हुने छन् । यसलाई छुने व्यक्‍ति पनि साँझसम्म अशुद्ध हुने छ ।

  • 27यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ ।

  • 16त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ ।

  • 21पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् ।

  • 11आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् ।

  • लैव्य 15:31-32
    2 पदहरू
    77%

    31यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।

    32तरल बग्‍ने समस्या भएको जो कोही, वीर्यपातको समस्या भएर अशुद्ध भएको पुरुष,

  • 15कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।

  • 18तेरा मानिसहरूको पुस्तामा सधैँ, हारूनको वंशबाटको कुनै पुरुषले आगोबाट परमप्रभुको निम्ति चढाइएको बलिबाट आफ्नो हिस्साको रूपमा त्यो खान सक्‍ने छ । जसले ती छुन्छ त्यो पवित्र हुने छ ।’”

  • लैव्य 11:24-25
    2 पदहरू
    77%

    24यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ ।

    25जसले तीमध्ये कसैको सिनु बोक्‍छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ ।

  • 20तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्‍तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ ।

  • 23तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”

  • 22त्यो बस्‍ने जुनसुकै कुरा छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ ।

  • लैव्य 5:2-3
    2 पदहरू
    76%

    2वा परमेश्‍वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने, चाहे त्यो कुनै अशुद्ध वन-पशु, पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस्, त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध र दोषी हुने छ ।

    3वा त्यसले कसैको अशुद्धता छोयो भने, चाहे त्यो अशुद्धता जेसुकै होस्, र त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुने छ ।

  • 40त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ ।

  • 16यदि कुनै मानिसको वीर्यपात भयो भने, त्यसले आफ्नो पुरै शरीर पानीले नुहाओस्, र त्यो साँझसम्‍म अशुद्ध रहने छ ।

  • 32तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्‍यो भने, त्यो वस्तु काठ, कपडा, छाला, वा भाङ्‍रो, जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुने छ । त्यो जे भए तापनि र त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि, त्यो पानीमा डुबाइनुपर्छ, र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।

  • 27त्यसको मासु छुने सबै कुरा पवित्र हुने छ, र यदि कुनै वस्‍त्रमा रगतको छिट्का लागेको भए त्यस छिट्का लागेको ठाउँलाई पवित्र स्थानमा धुनू ।

  • 28त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् र साँझसम्म त्यो अशुद्ध रहोस् । यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन् ।

  • 25तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्‍ना बुबा, आमा, छोरो, छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् ।

  • 13त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस्; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् र आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् । त्यसपछि त्यो शुद्ध हुने छ ।

  • 14तर यदि त्यसमा आलो मासु देखा पर्‍यो भने, त्यो अशुद्ध हुने छ ।

  • 10“इस्राएलका मानिसहरूलाई भन् । 'यदि तिमीहरूमध्ये कोही मुर्दा छोएको कारण अशुद्ध छ वा लामो यात्रामा छ भने, त्यसले परमप्रभुको निस्तार-चाड अझै मान्‍न सक्छ ।'