लैव्यव्यवस्था 21:1

अनलक शाब्दिक बाइबल

¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 44:25 : 25 तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्‍ना बुबा, आमा, छोरो, छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् ।
  • लैव्य 10:6-7 : 6 त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई यसो भने, “तिमीहरूको शिरको केश नफुकाल, र आफ्ना वस्‍त्रहरू नच्यात, अनि तिमीहरू मर्ने छैनौ, र परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन । तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्‍म गरेकाहरूका निम्ति विलाप गर्न देओ । 7 तिमीहरूमाथि परमप्रभुका अभिषेकको तेल भएको हुनाले तिमीहरू भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू, नत्रता तिमीहरू मर्ने छौ ।” यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरूले गरे ।
  • लैव्य 21:11 : 11 आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् ।
  • गिन 19:14 : 14 यो मानिस पालमा मर्दाको निम्ति नियम हो । पालभित्र पस्‍ने सबै र पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुने छन् ।
  • गिन 19:16 : 16 त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ ।
  • लैव्य 19:28 : 28 मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्‍नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू । म परमप्रभु हुँ ।
  • हो 5:1 : 1 ¶ “ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्‍याय आउँदैछ । तिमीहरू मिस्‍पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ ।
  • मल 2:1 : 1 ¶ ए पुजारी हो, यो आज्ञा तिमीहरूका निम्ति हो ।
  • मल 2:4 : 4 यो आज्ञा मैले नै तिमीहरूलाई दिएको हुँ, र मेरो करार लेवीसँग रहिरहनेछ भनेर तिमीहरूले जान्‍नेछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 11आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् ।

  • 2तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ,

  • लैव्य 22:1-4
    4 पदहरू
    80%

    1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

    2“हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।

    3तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् । म परमप्रभु हुँ ।

    4हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,

  • लैव्य 21:16-17
    2 पदहरू
    80%

    16परमप्रभुले मोशालाई भन्‍नुभयो,

    17“हारूनलाई यसो भन्, ‘तेरा सारा वंशहरूभित्र तेरा उत्तराधिकारीहरूमा कुनै शारीरिक खोट छ भने, त्यसले आफ्नो परमेश्‍वरलाई भोजन अर्पण गर्न नजिक नआओस् ।

  • 11कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने छ ।

  • 25तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्‍ना बुबा, आमा, छोरो, छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् ।

  • गिन 19:13-14
    2 पदहरू
    78%

    13जसले मरेको व्यक्‍ति छुन्‍छ अर्थात् मरेको मानिसको शरीर छुन्‍छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्‍तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्‍तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ ।

    14यो मानिस पालमा मर्दाको निम्ति नियम हो । पालभित्र पस्‍ने सबै र पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुने छन् ।

  • 31यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।

  • लैव्य 16:1-2
    2 पदहरू
    77%

    1¶ हारूनका दुई छोरा परमप्रभुको अगि गएका कारण तिनीहरूको मृत्‍यु भएपछि परमप्रभु मोशासँग बोल्‍नुभयो ।

    2परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा दाजु हारूनलाई मनपरी समयमा सन्दूकमाथिको प्रायश्‍चित्त-आसनको अगि पर्दाभित्रको महा-पवित्र स्थानमा नआओस् भन् । त्यसले त्यस्तो गरे त्यो मर्ने छ, किनभने प्रायश्‍चित्त-आसनमाथि बादलमा म प्रकट हुने छु ।

  • गिन 3:10-11
    2 पदहरू
    77%

    10तैँले हारून र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्नुपर्छ र नजिक आउने कुनै पनि मानिसलाई मार्नुपर्छ ।”

    11परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • गिन 4:19-21
    3 पदहरू
    76%

    19तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा

    20तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन् । हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्‍नुपर्छ ।”

    21परमप्रभु फेरि मोशासँग बोल्नुभयो,

  • गिन 6:6-7
    2 पदहरू
    76%

    6त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पुरै समयभरि त्यो मुर्दाको नजिक आउनुहुँदैन ।

    7आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन । सबैले त्यसको कपाल देख्‍न सक्‍नेजस्तै यो त्यसले आफूलाई परमेश्‍वरप्रति अलग गरेको कारणले हो ।

  • 5परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • गिन 5:1-2
    2 पदहरू
    76%

    1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

    2“छालाको सरुवा रोग भएका सबै, धातुको रोग भएका सबै, लास छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे ।

  • 1¶ परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,

  • 1¶ परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ ।

  • लैव्य 21:23-24
    2 पदहरू
    75%

    23तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”

    24यसैले मोशाले यी वचनहरू हारून, तिनका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई सुनाए ।

  • गिन 9:6-7
    2 पदहरू
    75%

    6मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए । तिनीहरूले त्यस दिन निस्तार-चाड मान्‍न सकेनन् । तिनीहरू त्यसै दिन मोशा र हारूनकहाँ गए ।

    7ती मानिसहरूले मोशालाई भने, “हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ । इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्‍चित गर्नुहुन्छ?”

  • 1¶ परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो,

  • 1¶ परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 1¶ परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 17परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 20तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ ।

  • 4तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् र आफैलाई अपवित्र नबनाओस् ।

  • 16त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ ।

  • 22अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,

  • 17परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 2“हारून, त्यसका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्ः

  • गिन 9:9-10
    2 पदहरू
    74%

    9परमप्रभुले मोशालाई भन्‍नुभयो,

    10“इस्राएलका मानिसहरूलाई भन् । 'यदि तिमीहरूमध्ये कोही मुर्दा छोएको कारण अशुद्ध छ वा लामो यात्रामा छ भने, त्यसले परमप्रभुको निस्तार-चाड अझै मान्‍न सक्छ ।'

  • 21पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् ।

  • 35हारूनले सेवा गर्दा त्यसले अलखा लगाओस् ताकि त्यो पवित्रस्थानमा परमप्रभुको सामु जाँदा र त्यहाँबाट आउँदा यसको आवाज सुनियोस् । त्यो नमरोस् भन्‍नाका लागि यसो गरिएको हो ।

  • 8परमप्रभु यसो भनेर हारूनसँग बोल्‍नुभयो,

  • 11तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 22मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन्, मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस् ।”

  • 7तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”

  • 6सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू । तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन्‌ । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ ।