गिन्ती 3:10

अनलक शाब्दिक बाइबल

तैँले हारून र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्नुपर्छ र नजिक आउने कुनै पनि मानिसलाई मार्नुपर्छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 1:51 : 51 पवित्र वासस्थान अर्को ठाउँमा सार्नुपर्दा यसलाई लेवीहरूले उठाउनुपर्छ । पवित्र वासस्थान खडा गर्नुपर्दा लेवीहरूले नै खडा गर्नुपर्छ । पवित्र वासस्थानको नजिक आउने कुनै पनि अपरिचित व्यक्‍तिलाई मार्नू ।
  • गिन 3:38 : 38 मोशा, हारून र तिनका छोराहरूले पवित्र वासस्थानको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनुर्छ । तिनीहरू पवित्र स्थानको कर्तव्यहरू र इस्राएलका मानिसहरूका कर्तव्यहरू पुरा गर्न उत्तरदायी छन् । यसको नजिक आउने अन्य कुनै पनि व्यक्‍ति मारियोस् ।
  • गिन 18:7 : 7 तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”
  • रोमी 12:7 : 7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् ।
  • एफिसी 2:19 : 19 त्यसकारण, तिमी यहूदीहरू कोहीपनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको सँगी नागरिकहरू हौ र परमेश्‍वरको परिवारका सदस्यहरू हौ ।
  • १ तिमो 4:15-16 : 15 यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् । 16 आफैँलाई र आफ्‍नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्‍नेहरूलाई बचाउने छौ ।
  • इब्रा 8:4 : 4 अब यदि ख्रीष्‍ट पृथ्‍वीमा हुनुभएको भए, उहाँ सबैका पुजारी हुनुहुने थिएन किनकि त्‍यहाँ व्‍यवस्‍थाअनुसार भेटी चढाउनेहरू छँदै छन् ।
  • इब्रा 10:19-22 : 19 यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ । 20 पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ । 21 र परमेश्‍वरको घरमा हामीसँग महान् पुजारी हुनुभएकोले 22 हाम्रो हृदयका अशुद्ध विवेकलाई छिट्काउद्वारा हाम्रो शरीरलाई शुद्ध पानीले धोएर विश्‍वासको सम्पूर्ण निश्‍चयतासाथ हामी साँचो हृदय लिएर नजिक जाऔँ ।
  • निर्ग 29:9 : 9 हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।
  • १ शमू 6:19 : 19 परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूलाई आक्रमण गर्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए । उहाँले पचास हजार सत्तरी मानिसहरू मार्नुभयो । मानिसहरूले विलाप गरे, किनभने परमप्रभुले मानिसहरूलाई ठुलो आघात पुर्‍याउनुभएको थियो ।
  • २ शमू 6:7 : 7 त्यसपछि परमप्रभुको रिस उज्‍जाहको विरुद्ध दन्कियो । तिनको पापको कारणले परमेश्‍वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो । उज्‍जाह त्यहाँ नै परमेश्‍वरको सन्दुकनेर मरे ।
  • १ इति 6:32 : 32 सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
  • २ इति 26:16-21 : 16 तर जब उज्‍जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्‍ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्‍नलाई तिनी परमप्रभुको मन्‍दिरमा पसे । 17 पुजारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पुजारीहरू राजा उज्‍जियाहको पछिपछि भित्र गए । 18 तिनीहरूले उज्‍जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन, तर हारूनको वंशका पुजारीहरूको हो, जसलाई धूप बाल्‍नलाई अभिषेक गरिएको छ । पवित्रस्‍थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्‍वासघात गर्नुभएको छ र परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।” 19 तब उज्‍जियाह रिसाए । तिनले धूप बाल्‍नलाई हातमा धुपौरो समातेका थिए । तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो । 20 प्रधान पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे । तिनीहरूले तिनलाई हतार-हतार त्‍यहाँबाट बाहिर निकाले । वास्तवमा तिनी आफै बाहिर निस्‍कनलाई हतार गरे, किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो । 21 राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कुष्‍ठरोगी भए । तिनी कुष्‍ठरोगी भएको हुनाले अलग्‍गै घरमा बसे, किनकि तिनलाई परमप्रभुको मन्‍दिरबाट बहिष्‍कार गरिएको थियो । तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे, र देशका मानिसहरूमाथि शासन गरे ।
  • यहे 44:8 : 8 मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्‍यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ ।
  • प्रेरि 6:3-4 : 3 यसकारण भाइ हो, तपाईंहरूमध्येबाट सात जना मानिसलाई छान्‍नुहोस् जो नाउँ चलेका, बुद्धि र पवित्र आत्माले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौँ । 4 हाम्रो सम्बन्धमा भन्‍नुपर्दा, हामी निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौँ ।”
  • गिन 16:35 : 35 अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो ।
  • गिन 16:40 : 40 इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।
  • गिन 18:3 : 3 तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 18:1-7
    7 पदहरू
    89%

    1¶ परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ ।

    2लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।

    3तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ ।

    4तथापि, तिनीहरू पवित्र स्थान वा वेदीसँग सम्बन्धित कुनै थोकको नजिक आउनुहुँदैन नत्रता तिनीहरू र तँ मर्नेछौ । तिनीहरू पालसँग सम्बन्धित सबै किसिमका कामकाजको निम्ति तिमीहरूसँग सहभागी हुनुपर्छ र भेट हुने पालको देखरेख गर्नुपर्छ । कुनै पनि परदेशी तिमीहरूको नजिक आउनुहुँदैन ।

    5पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् ।

    6हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।

    7तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”

  • 38मोशा, हारून र तिनका छोराहरूले पवित्र वासस्थानको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनुर्छ । तिनीहरू पवित्र स्थानको कर्तव्यहरू र इस्राएलका मानिसहरूका कर्तव्यहरू पुरा गर्न उत्तरदायी छन् । यसको नजिक आउने अन्य कुनै पनि व्यक्‍ति मारियोस् ।

  • 11परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 51पवित्र वासस्थान अर्को ठाउँमा सार्नुपर्दा यसलाई लेवीहरूले उठाउनुपर्छ । पवित्र वासस्थान खडा गर्नुपर्दा लेवीहरूले नै खडा गर्नुपर्छ । पवित्र वासस्थानको नजिक आउने कुनै पनि अपरिचित व्यक्‍तिलाई मार्नू ।

  • गिन 4:19-20
    2 पदहरू
    77%

    19तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा

    20तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन् । हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्‍नुपर्छ ।”

  • 9तैँले लेवीहरू हारून र तिनका छोराहरूलाई दिनुपर्छ । इस्राएलका मानिसहरूलाई सेवा गर्न तिनलाई सहायता गर्न तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन् ।

  • गिन 3:3-6
    4 पदहरू
    75%

    3हारून पुजारीका छोराहरूका नाउँहरू यिनै हुन् जसलाई पुजारीको रूपमा अभिषेक गरिएको थियो र पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरिएका थिए ।

    4तर नादाब र अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे । नादाब र अबीहूका कुनै छोराछोरी थिएन । यसैले एलाजार र ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे ।

    5परमप्रभुले मोशालाई भन्‍नुभयो,

    6“लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् ।

  • 13तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा ।

  • 35हारूनले सेवा गर्दा त्यसले अलखा लगाओस् ताकि त्यो पवित्रस्थानमा परमप्रभुको सामु जाँदा र त्यहाँबाट आउँदा यसको आवाज सुनियोस् । त्यो नमरोस् भन्‍नाका लागि यसो गरिएको हो ।

  • 43हारून र त्यसका छोराहरू पवित्रस्थानमा सेवा गर्नका लागि वेदीमा जाँदा वा भेट हुने पालमा प्रवेश गर्दा तिनीहरूले यी पोशाकहरू लगाऊन् । तिनीहरू दोषी ठहरिएर नमरून् भन्‍नाका लागि तिनीहरूले यी लगाउनैपर्छ । हारून र त्यसपछि त्यसका सन्तानहरूका लागि यो स्थायी विधि हो ।

  • 40इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।

  • 30हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।

  • 10पुजारीको परिवारमा कुनै बाहिरको मान्छे, पुजारीका पाहुनाहरू वा त्यसका ज्यालामा काम गर्ने नोकरहरू कसैले पनि पवित्र कुरा नखाऊन् ।

  • 41तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू ।

  • 9हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,

  • लैव्य 22:1-3
    3 पदहरू
    74%

    1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

    2“हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।

    3तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् । म परमप्रभु हुँ ।

  • 1¶ इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।

  • 26हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।”

  • 10उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ!

  • 35तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन र रात बस्‍नू, र परमप्रभुको आज्ञा मान्‍नू, अनि तिमीहरू मर्ने छैनौ, किनभने मलाई यस्तै आज्ञा भएको छ ।”

  • 22आज उप्रान्त इस्राएलका मानिसहरू भेट हुने पालको नजिक आउनुहुँदैन, नत्रता तिनीहरू यो पापको निम्ति जिम्मेवार हुने छन् र मर्नेछन् ।

  • 8परमप्रभु यसो भनेर हारूनसँग बोल्‍नुभयो,

  • 30हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् ।

  • 49हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।

  • 19मैले लेवीहरूलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूबाट भेट हुने पालमा इस्राएलका मानिसहरूको काम गर्नलाई लिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्नलाई दिएको छु, ताकि तिनीहरू पवित्र स्थानको नजिक आउँदा मानिसहरूमाथि कुनै विपत्ति नआओस् ।

  • 13मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।

  • 17परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 11हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् ।

  • 2त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • 11त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • लैव्य 16:1-2
    2 पदहरू
    72%

    1¶ हारूनका दुई छोरा परमप्रभुको अगि गएका कारण तिनीहरूको मृत्‍यु भएपछि परमप्रभु मोशासँग बोल्‍नुभयो ।

    2परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा दाजु हारूनलाई मनपरी समयमा सन्दूकमाथिको प्रायश्‍चित्त-आसनको अगि पर्दाभित्रको महा-पवित्र स्थानमा नआओस् भन् । त्यसले त्यस्तो गरे त्यो मर्ने छ, किनभने प्रायश्‍चित्त-आसनमाथि बादलमा म प्रकट हुने छु ।

  • 33मेरो निम्ति अलग गर्नका निम्ति तिनीहरूलाई प्रायश्‍चित्त गर्न र नियुक्त गर्न तिनीहरूलाई दिइएका मासु, रोटी तिनीहरूले खाऊन् । त्यो खाना कसैले नखाओस् किनकि त्यो मेरो निम्ति अर्पण गरिएको र मलाई छुट्ट्याइएको खाना हो ।

  • 18“हारून र त्यसका छोराहरू, र इस्राएलका सारा मानिसहरूलाई यसो भन्, ‘कुनै इस्राएली, वा इस्राएलमा बसोबास गर्ने परदेशीले बलिदान अर्पण गर्दा चाहे त्यो कुनै भाकल पुरा गर्न होस्, वा त्यो स्वेच्‍छा भेटी होस्, वा तिनीहरूले परमप्रभुलाई होमबलि अर्पण गर्दा,

  • 35यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।

  • 2“हारून, त्यसका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्ः

  • 20तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ ।