लैव्यव्यवस्था 6:27
त्यसको मासु छुने सबै कुरा पवित्र हुने छ, र यदि कुनै वस्त्रमा रगतको छिट्का लागेको भए त्यस छिट्का लागेको ठाउँलाई पवित्र स्थानमा धुनू ।
त्यसको मासु छुने सबै कुरा पवित्र हुने छ, र यदि कुनै वस्त्रमा रगतको छिट्का लागेको भए त्यस छिट्का लागेको ठाउँलाई पवित्र स्थानमा धुनू ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
24परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्नुभयो,
25“हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘पापबलिको विधि यस्तो रहेको छः परमप्रभुको अगि होमबलिलाई जुन ठाउँमा मरिन्छ पापबलिलाई पनि त्यहीँ मार्नू । यो अति पवित्र हो ।
26पापको निम्ति अर्पण गर्ने पुजारीले नै त्यो खाओस् । भेट हुने पालको चोकको कुनै एउटा पवित्र स्थानमा त्यो खाइनुपर्छ ।
28तर त्यो उमाल्न प्रयोग गरिएको माटोको भाँडालाई भने फुटाउनू । यदि त्यो काँसाको भाँडामा उमालिएको भए, त्यसलाई माँझेर सफा पानीले धुनू ।
29पुजारीहरूमध्ये जुनसुकै पुरुषले त्यसबाट खान सक्छ किनभने त्यो अति पवित्र हो ।
30तर पवित्र स्थानमा प्रायश्चित्त गर्नको निम्ति भेट हुने पालभित्र ल्याइएको कुनै पनि पापबलिको रगत भने नखानू । त्यो जलाइनुपर्छ ।
4हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,
5वा अशुद्ध बनाउने घस्रने पशु, वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने, त्यो जस्तो किसिमको अशुद्धता भए तापनि,
6र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।
7घाम अस्ताएपछि त्यो शुद्ध हुने छ । घाम अस्ताएपछि त्यसले पवित्र कुराहरूबाट खान मिल्छ, किनभने त्यो त्यसकै भोजन हो ।
19कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् ।
20तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ।
21यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ।’”
22अनि परमप्रभु यसो भनेर मोशासँग बोल्नुभयो,
29ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ ।
6पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् । यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो ।
31मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।
19त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।
18तेरा मानिसहरूको पुस्तामा सधैँ, हारूनको वंशबाटको कुनै पुरुषले आगोबाट परमप्रभुको निम्ति चढाइएको बलिबाट आफ्नो हिस्साको रूपमा त्यो खान सक्ने छ । जसले ती छुन्छ त्यो पवित्र हुने छ ।’”
19यसैकारण परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्नुभयो,
13तर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो ।
6त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस् ।
9तर त्यसका भित्री भागहरू र खुट्टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।
28ती भागहरू जलाउने मानिसले आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीले नुहाओस्, र त्यसपछि त्यो छाउनीभित्र आउन मिल्छ ।
40त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ र त्यो साँझसम्म अशुद्ध रहने छ । त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् र त्यो साँझसम्म अशुद्ध रहने छ ।
4पुजारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू ।
5अर्को पुजारीले उसैको सामु त्यो कोरलीलाई जनाउनुपर्छ । त्यसले यसको छाला, मासु, रगत र गोबरलाई जलाउनुपर्छ ।
15कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।
16तर यदि त्यसले आफ्ना लुगाहरू धुँदैन वा आफ्नो शरीर नुहाउँदैन भने, त्यसले आफ्नो दोष बोकिरहोस् ।’”
25जसले तीमध्ये कसैको सिनु बोक्छ, उसले आफ्ना लुगा धोओस् र साँझसम्मै त्यो अशुद्ध रहने छ ।
27जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ’ ।”
13किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्वरमा समर्पित हुनुपर्छ भने,
21यो यी परिस्थितिसम्बन्धी निरन्तरको नियम हुने छ । अशुद्धताको निम्ति पानी छर्कने व्यक्तिले आफ्नो लुगा धुनुपर्छ । अशुद्धताको निम्ति पानी छुने व्यक्ति साँझसम्म अशुद्ध हुने छ ।
22अशुद्ध व्यक्तिले छोएको सबै कुरा अशुद्ध हुने छन् । यसलाई छुने व्यक्ति पनि साँझसम्म अशुद्ध हुने छ ।
17र पुजारीले आफ्नो औँला त्यस रगतमा चोपेर परमप्रभुको अगि पर्दाको सामु सात पटक छर्कोस् ।
27यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ ।
18कोही शुद्ध मानिसले हिसप लिनुपर्छ, यसलाई पानीमा डुबाउनुपर्छ र हड्डी, मारिएको व्यक्ति, मृत व्यक्ति वा चिहान छुने व्यक्तिहरू, पालभित्र भएका भाँडाहरूमाथि छर्कनुपर्छ ।
13जसले मरेको व्यक्ति छुन्छ अर्थात् मरेको मानिसको शरीर छुन्छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ ।
12‘परमप्रभुको निम्ति अलग गरिएको मासुलाई कसैले आफ्नो लुगामा पोको पारेर लग्यो, र त्यो पोकोले रोटी वा सुरुवा, मद्य वा तेल, वा कुनै भोजनलाई छोयो भने, के त्यो पवित्र हुन्छ?’” पूजाहारीहरुले यस्तो जवाफ दिए, “हुँदैन ।”
23केवल तिमीहरूले यसको रगतचाहिँ नखानू। पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू ।
10यी बलिहरू अति पवित्र छन् । हरेक पुरुषले यो खानुपर्छ, किनभने तिनीहरू तिमीहरूका निम्ति पवित्र छन् ।
30पुजारीले केही रगत आफ्नो औँलामा लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् । बाँकी रगतचाहिँ त्यसले वेदीको फेदमा खन्याओस् ।
8कोरली जलाउने व्यक्तिले आफ्नो लुगा पानीले धुनुपर्छ र नुहाउनुपर्छ । त्यो साँझसम्म अशुद्ध रहनेछ ।
4तर तिमीहरूले मासु त्यसको प्राण दिने रगतसमेत नखाओ ।
34अर्पण बलिको कुनै पनि खाना वा रोटी भोलिपल्ट बिहानसम्म रह्यो भने त्यसलाई जलाइदिनू । यो मेरो लागि अलग गरिएकोले यसलाई खानुहुँदैन ।
3‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्चा वा बोका मार्दछ,
21तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।
13इस्राएलको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने, त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस् ।
24तिमीहरूले रगत नखाओ । यसलाई पानीलाई झैँ भुइँमा खन्याइदिनू ।
37सात दिन लगाएर वेदीको लागि प्रायश्चित्त गर्नू अनि त्यसलाई परमप्रभुको निम्ति अलग गर्नू । तब वेदी मेरो लागि पूर्ण रूपमा पवित्र हुनेछ । वेदीलाई छुने जुनसुकै कुरो परमप्रभुको लागि पवित्र हुनेछ ।