२ पत्रुस 2:6

अनलक शाब्दिक बाइबल

अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहू 1:7 : 7 यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्‍न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए ।
  • गिन 26:10 : 10 कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए ।
  • व्यव 29:23 : 23 परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ ।
  • उत्प 19:24-25 : 24 त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो । 25 उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्‍ट पार्नुभयो ।
  • लू 17:28-30 : 28 यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए । 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो । 30 अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
  • १ कोरि 10:11 : 11 हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ ।
  • उत्प 19:28 : 28 उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।
  • यहू 1:15 : 15 उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ । परमेश्‍वरको भय नमान्‍नेहरूले ईश्‍वरहीन रूपमा गरेका सबै काम, र परमेश्‍वरको भय नमान्‍ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।”
  • यशा 13:19 : 19 त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्‍वरले सदोम र गमोरालाई झैं नष्‍ट पार्नुहुनेछ ।
  • यिर्मि 50:40 : 40 जसरी परमेश्‍वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्‍ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्‍नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”
  • यहे 16:49-56 : 49 हेर्, तेरी बहिनी सदोमको पापचाहिं यो थियो, त्‍यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्ता नगर्ने थई । त्यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन । 50 त्यो अहंकारी थिई र मेरो सामु घिनलाग्‍दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैंले देखिस् । 51 सामरियाले पनि तैंले गरेका पापहारूका आधा पनि गरेन । त्‍यसको साटोमा, तिनीहरूले गरेको भन्‍दा ज्‍यादै धेरै घिनलाग्‍दा काम तैंले गरिस्, र तैंले गरेका यी सबै घिनलाग्‍दा कामका कारणले तेरा दिदी-बहिनी तँभन्दा असल थिए भनी तैंले देखाइस् । 52 विशेषगरी तैंले आफ्नो निर्लज्‍जता देखाउँछेस् । यसरी तैंले गरेका यी सबै घिनलाग्दा पापहरूका कारणले तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भन्‍ने तैंले देखाइस्‌ । तेरा दिदीबहिनी अब तँभन्दा असल देखिन्छन् । विशेषगरी तैंले आफ्नै निर्लज्‍जता देखाउँछेस्, किनकि यसरी तेरा दिदीबहिनी तँभन्‍दा असल थिए भनी तैंले देखाइस्‌ । 53 किनकि म तिनीहरूका सुदिन— सदोम र त्‍यसका छोरीहरूका सुदिन र सामरिया र त्यसका छोरीहरूका सुदिन फर्काइदिनेछु । तर तेरो सुदिन तिनीहरूकै बिचमा हुनेछ । 54 यी कुराहरूका कारणले तैंले आफ्‍ना लाज देखाउनेछस् । तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस् । 55 तेरी बहिनी सदोम र त्यसका छोरीहरू पहिलेको अवस्थामा फर्किनेछन्, र सामरिया र त्‍यसका छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछन् । त्यसपछि तँ र तेरा छोरीहरू आफ्‍नो पहिलेको अवस्‍थामा फर्किनेछौ । 56 तँ अहङ्कारी भएको दिनमा पनि तेरो मुखले तेरी बहिनी सदोमको सम्‍झना गरिनस्,
  • हो 11:8 : 8 ए एफ्राइम, म कसरी तँलाई त्याग्‍न सक्‍छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्‍पिन सक्‍छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ ।
  • आमो 4:11 : 11 मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें, जसरी परमेश्‍वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो । तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
  • सप 2:9 : 9 यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहू 1:5-7
    3 पदहरू
    85%

    5तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भए, तापनि अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु, कि परमेश्‍वरले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछि विश्‍वास नगर्नेहरूलाई उहाँले नष्‍ट गर्नुभयो ।

    6आफ्नो अधिकारको प्रतिष्‍ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्‍वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्‍नुभएको छ ।

    7यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्‍न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए ।

  • लू 17:28-29
    2 पदहरू
    81%

    28यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए ।

    29तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो ।

  • २ पत्रु 2:7-9
    3 पदहरू
    80%

    7तर उहाँले त्यसो गर्दा धर्मी लोतलाई बचाउनुभयो, जो अराजक र घिनलाग्दा मानिसहरूको व्यवहारको कारण निकै दुःखी थिए ।

    8किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए ।

    9त्यसैले, धर्मीहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मीहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भन्‍ने उहाँ जान्‍नुहुन्छ ।

  • उत्प 19:24-26
    3 पदहरू
    79%

    24त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो ।

    25उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्‍ट पार्नुभयो ।

    26तर लोतकी पत्‍नीले पछाडि फर्केर हेरिन्, जो तिनको पछि-पछि थिइन्, र तिनी नुनको ढिक्‍का बनिन् ।

  • २ पत्रु 2:4-5
    2 पदहरू
    78%

    4किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो ।

    5अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन । बरु, धार्मिकताका दूत नोआ र अरू सात जनालाई बचाउनुभयो र जल प्रलयद्वारा अधर्मी संसारको विनाश गर्नुभयो ।

  • उत्प 13:12-13
    2 पदहरू
    77%

    12अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्‍ना पालहरू सदोमसम्‍म नै टाँगेर बसे ।

    13सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्‍ट पापीहरू थिए ।

  • 23परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ ।

  • उत्प 19:28-29
    2 पदहरू
    76%

    28उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।

    29परमेश्‍वरले समतल भूमिका सहरहरूलाई नष्‍ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्‍ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्‍नुभयो ।

  • 40जसरी परमेश्‍वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्‍ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्‍नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”

  • २ पत्रु 3:6-7
    2 पदहरू
    74%

    6अनि त्यस बेलाको पृथ्वी उहाँको वचन र जल प्रलयद्वारा नष्‍ट भयो

    7अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ ।

  • 20तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण

  • 11मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें, जसरी परमेश्‍वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो । तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।

  • उत्प 19:12-13
    2 पदहरू
    72%

    12त्यसपछि ती मानिसहरूले लोतलाई भने, “के तिमीकहाँ अरू कोही छन्? जुवाइँ, छोराहरू, छोरीहरू, र यस सहरमा तिम्रा जो कोही छन्, सबैलाई यस सहरबाट बाहिर लैजाऊ ।

    13किनभने हामीले यो ठाउँलाई नष्‍ट गर्न लागेका छौँ, किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्, कि उहाँले हामीलाई यस सहरलाई नष्‍ट पार्न पठाउनुभएको छ ।”

  • 15उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ । परमेश्‍वरको भय नमान्‍नेहरूले ईश्‍वरहीन रूपमा गरेका सबै काम, र परमेश्‍वरको भय नमान्‍ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।”

  • रोमी 1:26-28
    3 पदहरू
    72%

    26यसैले, परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्‍त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे ।

    27त्यसै गरी, पुरुषहरूले पनि स्‍त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे, र एक-अर्काप्रतिको कामुकताले जले । पुरुषहरूसँग अश्‍लील कार्य गर्ने र तिनीहरूका भ्रष्‍टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए ।

    28तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्‍वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो ।

  • 15जब झिसमिसे बिहान भयो, ती स्वर्गदूतहरूले लोतलाई यसो भने, “जाऊ, यहाँ भएका तिम्री पत्‍नी र तिम्रा छोरीहरूलाई लैजाऊ, र यस सहरको दण्डमा तिमी नष्‍ट हुनेछैनौ ।”

  • 18जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्यहाँ कोही पनि बस्‍नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।

  • 10यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।)

  • 15साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।

  • 19त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्‍वरले सदोम र गमोरालाई झैं नष्‍ट पार्नुहुनेछ ।

  • 4तर उनीहरू सुत्‍नअगि सदोम सहरका सबै युवा र जवान, र सहरका सबै भागबाट सबै मानिसहरू आएर त्यस घरलाई घेरे ।

  • 2तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।

  • 10सिद्दीमको बेँसी अलकत्राको धापले भरिएको थियो, र सदोम र गमोराका राजाहरू भागे, तिनीहरू त्यसमा खसे । बाँकी रहेकाहरू पहाडतिर भागे ।

  • 17जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, ती मानिसहरूमध्ये एकजनाले भने, “आफ्नो प्राण बचाउनको निम्ति भाग! पछाडि फर्की नहेर, वा कतै समतल ठाउँमा नबस । पहाडहरूतिर भाग र तिमीहरू नष्‍ट हुनेछैनौ ।”

  • 24तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”

  • 6तिनीहरूले जस्तै हामीले दुष्‍ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।

  • 1¶ साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे ।

  • 10ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन ।