उत्पत्ति 18:20

अनलक शाब्दिक बाइबल

तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 19:13 : 13 किनभने हामीले यो ठाउँलाई नष्‍ट गर्न लागेका छौँ, किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्, कि उहाँले हामीलाई यस सहरलाई नष्‍ट पार्न पठाउनुभएको छ ।”
  • यशा 3:9 : 9 तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।
  • उत्प 4:10 : 10 परमप्रभुले भन्‍नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ ।
  • याक 5:4 : 4 हेर, ती खेतालाहरूको ज्याला उच्‍च सोरमा कराइरहेको छ– त्यो ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगाएका छौ, र ती खेतालाहरूको चित्कार सेनाहरूका परमप्रभुका कानसम्म पुगेको छ ।
  • उत्प 13:13 : 13 सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्‍ट पापीहरू थिए ।
  • यशा 5:7 : 7 किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।
  • यिर्मि 14:7 : 7 हे परमप्रभु, हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्‍ति काम गर्नुहोस् । किनकि हाम्रा विश्‍वासहीन कामहरू वृद्धि हुन्छन् । हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
  • यहे 16:49-50 : 49 हेर्, तेरी बहिनी सदोमको पापचाहिं यो थियो, त्‍यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्ता नगर्ने थई । त्यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन । 50 त्यो अहंकारी थिई र मेरो सामु घिनलाग्‍दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैंले देखिस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 18:21-32
    12 पदहरू
    85%

    21मकहाँ आएको त्यसको विरुद्धको आवाजअनुसार तिनीहरूले गरेका छन् कि छैनन् भन्‍ने कुरा हेर्नलाई म तल जानेछु । होइन रहेछ भने मलाई थाहा हुनेछ।”

    22यसकारण ती पुरुषहरू त्‍यहाँबाट सदोमतिर गए, तर अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे ।

    23तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्‍टहरूसँगै नष्‍ट गर्नुहुनेछ?

    24सायद त्‍यस सहरमा पचास धर्मी जन छन् होला । के त्‍यसमा भएका पचास धर्मी जनका निम्‍ति त्‍यस सहरलाई नजोगाएर नष्‍ट पार्नुहुनेछ र?

    25धर्मीलाई पनि दुष्‍टलाई जस्तै व्यवहार गरेर दुष्‍टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्‍वीका न्‍यायकर्ताले न्यायोचित काम गर्नुहुन्‍न र?

    26परमप्रभुले भन्‍नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु ।”

    27अब्राहामले जवाफ दिएर भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु ।

    28यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन्‌ भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्‍नुभयो, “यदि मैले त्‍यहाँ पैँतालीस पाएँ भने म त्‍यो नाश गर्नेछैनँ ।”

    29तिनले फेरि उहाँसँग बोल्दै भने, “यदि त्‍यहाँ चालीस रहेछन्‌ भने?” उहाँले भन्‍नुभयो, “चालीस जनाका खातिर पनि म त्‍यसो गर्नेछैनँ।”

    30तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्‍यहाँ तिस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “त्‍यहाँ तिस जना नै पाएँ भने पनि म त्‍यसो गर्नेछैनँ ।”

    31तिनले भने, “हेर्नुहोस्, मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु । बिस जना पाइए भने?” उहाँले भन्‍नुभयो, “बिस जनाका खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ ।”

    32तिनले भने, “परमप्रभु रिसानी नहोस्‌। अब अन्तिम एक पल्ट बोल्‍नेछु । सायद त्‍यहाँ दस जना पाइन्छन् होला?” उहाँले भन्‍नुभयो, “दश जनाका खातिर पनि म त्‍यो नाश गर्नेछैनँ ।”

  • उत्प 13:12-13
    2 पदहरू
    79%

    12अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्‍ना पालहरू सदोमसम्‍म नै टाँगेर बसे ।

    13सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्‍ट पापीहरू थिए ।

  • उत्प 19:12-13
    2 पदहरू
    78%

    12त्यसपछि ती मानिसहरूले लोतलाई भने, “के तिमीकहाँ अरू कोही छन्? जुवाइँ, छोराहरू, छोरीहरू, र यस सहरमा तिम्रा जो कोही छन्, सबैलाई यस सहरबाट बाहिर लैजाऊ ।

    13किनभने हामीले यो ठाउँलाई नष्‍ट गर्न लागेका छौँ, किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्, कि उहाँले हामीलाई यस सहरलाई नष्‍ट पार्न पठाउनुभएको छ ।”

  • उत्प 19:28-29
    2 पदहरू
    78%

    28उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।

    29परमेश्‍वरले समतल भूमिका सहरहरूलाई नष्‍ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्‍ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्‍नुभयो ।

  • उत्प 18:16-17
    2 पदहरू
    78%

    16तब ती पुरुषहरू उठे र सदोमतिर तल हेरे । अब्राहाम अलि परसम्‍म उनीहरूलाई बिदा गर्न गए ।

    17तर परमप्रभुले भन्‍नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?

  • उत्प 19:24-25
    2 पदहरू
    77%

    24त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो ।

    25उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्‍ट पार्नुभयो ।

  • 23परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ ।

  • 10ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन ।

  • 6अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।

  • 29तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो ।

  • 19किनभने मैले त्‍यसलाई आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्‍नुभएको कुरा पुरा गर्नुभएको होस् ।”

  • 18जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्यहाँ कोही पनि बस्‍नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।

  • 18लोतले तिनीहरूलाई भने, “होइन, मेरा मालिकहरू!

  • 40जसरी परमेश्‍वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्‍ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्‍नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”

  • 4तर उनीहरू सुत्‍नअगि सदोम सहरका सबै युवा र जवान, र सहरका सबै भागबाट सबै मानिसहरू आएर त्यस घरलाई घेरे ।

  • 15साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।

  • 10यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।)

  • 21उनले तिनलाई भने, “ठिक छ, म तिम्रो यो अनुरोध पनि पुरा गर्नेछु र तिमीले उल्लेख गरेको त्यस सहर म नष्‍ट गर्दिनँ ।

  • 24तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”

  • 7तिनले भने, “मेरा भाइहरू, म बिन्ती गर्दछु, यस्तो दुष्‍ट काम नगर्नुहोस् ।

  • 6मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन ।

  • 6पृथ्वीमा मानव-जातिलाई बनाउनुभएकोमा परमप्रभुले पछुतो मान्‍नुभयो, र यसले उहाँलाई दुःखित तुल्यायो ।

  • 1¶ साँझमा लोत सदोमको मूल ढोकामा बसिरहेका बेला दुई स्वर्गदूतहरू सदोममा आए । उनीहरूलाई देखेपछि लोत भेट गर्न उठे, र आफ्नो मुहारलाई भुइँसम्मै निहुराएर दण्डवत् गरे ।

  • 7यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्‍न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए ।

  • 9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।

  • 8किनकि तिनीहरूसँग दिनदिनै बस्दा, तिनीहरूका बिचमा देखेका र सुनेका कुराहरूको कारण ती धर्मी मानिस आत्मामा व्याकुल भएका थिए ।

  • 11आफ्नो छोरोको कारण यो कुरा अब्राहामको निम्ति धेरै दुःखदायी थियो ।