13दुष्ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्ट पारिन्छन् ।
14तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।
15तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।
16सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,