२ शमूएल 12:14

अनलक शाब्दिक बाइबल

तापनि, यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्‍छ तुल्‍याउनुभएको हुनाले, तपाईंबाट जन्म‍ने बालकचाहिं निश्‍चय नै मार्ने छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 52:5 : 5 यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैंमा लगिएको देख्‍दा, अब मसँग यहाँ के छ र? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ ।
  • रोमी 2:24 : 24 किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।”
  • १ कोरि 11:32 : 32 तर जब हामी परमेश्‍वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ ।
  • इब्रा 12:6 : 6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।”
  • प्रका 3:19 : 19 मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।
  • यहे 36:20-23 : 20 त्यसपछि तिनीहरू जातिहरूकहाँ गए, र तिनीहरू जहाँ-जहाँ गए, तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारे । मानिसहरूले तिनीहरूका विषयमा यसो भने, ‘के यिनीहरू साँच्‍चै नै परमप्रभुका मानिसहरू हुन्? किनकि यिनीहरू त उहाँको देशबाट बाहिर फालिएका छन् ।’ 21 तर इस्राएलको घराना जातिहरूका बिचमा हुँदा तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारेका हुनाले मेरो नाउँप्रति ममा दया जाग्‍यो । 22 यसकारण इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: ए इस्राएलको घराना, यो मैले तेरो निम्ति गरेको होइन, तर मेरो पवित्र नाउँको खातिर हो, जसलाई तिमीहरू जहाँ गयौ, त्‍यहाँ तिमीहरूले अशुद्ध पारेका छौ । 23 किनकि तिमीहरूले जातिहरूका बिचमा अशुद्ध बनाएका मेरो महान् नाउँलाई म पवित्र बनाउनेछु । जातिहरूका बिचमा तिमीहरुले त्‍यसलाई अशुद्ध बनयौ । तब म पवित्र छु भनी तिमीहरूले देखेपछि ती जातिहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • आमो 3:2 : 2 “पृथ्वीमा भएका सबै परिवारहरूबाट, मैले केवल तिमीहरूलाई छानेको छु । त्यसकारण तिमीहरूका सबै पापहरूका निम्‍ति, म तिमीहरूलाई दण्ड दिनेछु ।”
  • मत्त 18:7 : 7 कठिनाइको समयको कारण यस संसारलाई धिक्‍कार! किनकि यस्तो समय आउनु आवश्यक छ, तर त्यस मानिसलाई धिक्‍कार जसद्वारा यस्तो समय आउँछ!
  • नहे 5:9 : 9 मैले यसो पनि भनेँ, “तिमीहरूले जे गरिरहेका छौ, त्यो ठिक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्‍न के तिमीहरू हाम्रा परमेश्‍वरोक डरमा चल्नुपर्दैन र?
  • भजन 74:10 : 10 हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?
  • भजन 89:31-33 : 31 तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू पालन गरेनन् भने, 32 तब तिनीहरूका विद्रोहलाई लट्ठीले र तिनीहरूको अधर्मलाई आघातले म दण्ड दिनेछु । 33 तर त्यसबाट आफ्‍नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्‍वासी हुनेछैन ।
  • भजन 94:12 : 12 हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो ।
  • नीति 3:11-12 : 11 हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् । 12 किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्‍नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 12:15-16
    2 पदहरू
    85%

    15त्यसपछि नातान विदा भए र घर गए । उरियाहको पत्‍नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्यो गम्भीर बिरामी भयो ।

    16दाऊदले त्‍यो केटाको निम्‍ति परमप्रभुसँग बिन्ती गरे । दाऊद उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे ।

  • २ शमू 12:9-13
    5 पदहरू
    81%

    9त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् ।

    10त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।'

    11परमप्रभु भन्‍नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्‍याउने छु । तेरै आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्‍यालोमा त्यो तेरा पत्‍नीहरूसित सुत्‍ने छ ।

    12किनकि तैंले आफ्‍नो पाप गोप्‍य रूपमा गरिस्, तर म यो सारा इस्राएलको सामु घामको उज्यालोमा गर्ने छु’ ।”

    13तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु ।” नातानले दाऊदलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पापलाई हटाइदिनुभएको छ । तपाईंलाई मारिने छैन ।

  • २ शमू 12:18-19
    2 पदहरू
    77%

    18सातौं दिनमा त्‍यो बालक मर्‍यो । त्‍यो बालक मर्‍यो भनेर दाऊदका सेवकहरूले तिनलाई भन्‍न डराए, किनकि तिनीहरूले भने, “हेर्नुहोस्, त्‍यो बालक जीवितै हुँदा हामीले उहँसित बोल्‍यौं र उहाँले हाम्रा कुरा सुन्‍नुभएन । हामीले त्‍यो बालक मर्‍यो भन्यौं भने, उहाँले आफूलाई के गर्नुहोला?”

    19तर जब दाऊदले आफ्‍ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे, तब बालक मरेछ भनी दाऊदले थाहा पाए । तिनले आफ्ना सेवकहरूलाई भने, “के त्‍यो बालक मर्‍यो?” तिनीहरूले जवाफ दिए, “त्‍यो मर्‍यो ।”

  • २ शमू 12:5-7
    3 पदहरू
    76%

    5दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए र नातानसँग जङ्गिए, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, त्‍यो मानिस जसले यसो गर्‍यो त्यो मारिन योग्य छ ।

    6त्‍यो पाठीको चार गुणा त्यसले फिर्ता गर्नुपर्छ किनभने त्यसले यस्तो दुष्‍ट कुरा गरेको छ र त्यसले गरीब मानिसमाथ कुनै दया देखाएन ।”

    7त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।

  • 12त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ ।

  • 14हेर्, तेरा मानिसहरू, तेरा छोराछोरी, तेरी पत्‍नीहरू र तेरा सबै धन-सम्‍पत्तिमा परमप्रभुले प्रहार गर्नुहुनेछ ।

  • २ शमू 11:26-27
    2 पदहरू
    71%

    26जब उरियाहको पत्‍नीले आफ्‍नो पति उरियाह मरेको खबर सुनिन्, तब आफ्नो पतिको निम्ति तिनले गहिरो शोक गरिन् ।

    27जब उनको विलाप पुरा भयो, दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए र उनी तिनको पत्‍नी भइन् र तिनको निति एउटा छोरा जन्माइन् । तर दाऊदले गरेको कुराले परमप्रभुलाई दुःखी तुल्यायो ।

  • 16राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्‍चय नै मर्नेछौ ।”

  • २ शमू 11:14-15
    2 पदहरू
    70%

    14त्यसैले बिहान दाऊदले योआबलाई पत्र लेखे र यो उरियाहको हातमा पठाए ।

    15दाऊदले पत्र यसो भनेर लेखे, “धेरै भयङ्‍कर युद्धको अग्र पङ्‍तीमा उरियाहलाई राख्‍नू र त्यसबाट पछि हट्नू, ताकि त्यसलाई प्रहार गरियोस् र मारियोस् ।”

  • २ शमू 1:15-16
    2 पदहरू
    70%

    15दाऊदले आफ्‍ना जवानमध्ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार् ।” त्यसैले त्यो मानिस गयो र तिनलाई प्रहार गर्‍यो र ती अमालेकी मरे ।

    16त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु' ।”

  • 20तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्‍ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।”

  • 30परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्‍नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्‍नेछन् र यहूदामाथि राज्‍य गर्नेछन् ।”

  • 11त्यसैले दाऊदले अबीशै र आफ्‍ना सबै सेवकलाई भने, “हेर, मेरो छोर, जो मेरो आफ्नै शरीरबाट जन्मेको हो, त्‍यसले नै मलाई मार्न खोज्‍छ । यो बेन्यामिनीले झन् मेरो विनाश भएको कति धेरै इच्छा गर्ला? त्यसलाई छोडिदेऊ र त्यसले सरापोस्, किनकि परमप्रभुले नै त्‍यसो गर्ने आज्ञा त्यसलाई दिनुभएको छ ।

  • 33आफ्‍नो वेदीबाट मैले वञ्‍चित तेरा कुनै पनि व्‍यक्‍तिका आँखा धमिलिनेछन् र तेरो जीवनको निम्ति म कष्‍ट ल्याउनेछु । तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन् ।

  • 15मेरा बुबालाई यो खबर दिने मानिस श्रापित होस्, जसले यसो भनेर बडो आनन्द दियो, 'तपाईंको छोरो जन्मिएको छ' ।

  • 10दाऊदले भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमप्रभुले नै तिनलाई मार्नुहुनेछ वा मर्नलाई तिनको दिन आउनेछ वा तिनी युद्धमा जानेछन् र नाश हुनेछन् ।

  • 15नातानले दाऊदसँग कुरा गरे र यी सबै वचन सुनाए, र सबै दर्शनको बारेमा उनले तिनलाई बताए ।

  • 19त्यसपछि रातमा यो स्त्रीले बालकलाई थिचेर मारिछ ।

  • १ राजा 14:16-17
    2 पदहरू
    69%

    16यारोबामले पाप गरेका कारण र तिनले इस्राएललाई पाप गर्न लगाएकाले उहाँले इस्राएललाई त्यागिदिनुहुने छ ।”

    17त्यसैले यारोबामकी पत्नी उठिन् र बाटो लागिन् अनि तिर्सामा आइन् । उनले आफ्नो घरको सँघार टेक्दा बालक मर्‍यो ।

  • 18उसको बुबाले अरूबाट जबरदस्‍ती लिएर थिचोमिचो गरेको र आफ्‍नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्‍यही गरेको कारणले, हेर, ऊ आफ्‍नो अधर्ममा मर्नेछ ।

  • 18किनभने तिमीले परमप्रभुको आवाज पालन गरेनौ र अमालेकमाथि उहाँको भयङ्कर क्रोध पुरा गरेनौ, यसकारण उहाँले तिमीलाई आज यसो गर्नुभएको छ ।

  • 21नत्रता जब हजुर आफ्ना पिता-पुर्खाहरूसित सुतिजानुहुने छ तब म र मेरो छोरो सोलोमनलाई अपराधीजस्तै ठानिने छ ।”

  • 22भोलि बिहानसम्म यससँग भएका सबै पुरुषहरूमध्ये एक जनालाई पनि मैले छोडें भने म दाऊदलाई यस्‍तै र यो भन्दा बढ्ता होस् ।”

  • 17यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”

  • 1¶ त्यसपछि परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो । उनी तिनीकहाँ आए र तिनलाई भने, “कुनै सहरमा दुई जना मानिस बस्थे । एक जना धनी थिए र अर्कोचाहिं गरीब थिए ।

  • १ इति 13:10-11
    2 पदहरू
    68%

    10तब परमप्रभुको क्रोध उज्‍जाहको विरुद्ध दन्कियो, र परमेश्‍वरले तिनलाई मार्नुभयो, किनकि उज्‍जाहले आफ्‍नो हात बढाएर सन्‍दूक छोएका थिए । तिनी परमेश्‍वरको सामु त्‍यहीं मरे ।

    11परमप्रभुले उज्‍जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए । त्यस ठाउँलाई आजको दिनसम्म फारेस-उज्‍जाह भनिन्छ ।

  • 17अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्‍ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।”

  • 5ती स्‍त्री गर्भवती भइन् र उनले दाऊदलाई खबर पठाइन् र भनिन् । उनले भनिन्, “म गर्भवती भएछु ।”

  • 22त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् ।

  • 14तर हेर, मानौं एक जना मानिस छ र उसको एक जना छोरो छ, जसले आफ्‍ना बुबाले गरेका सबै पापहरू देख्‍छ, अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन ।

  • 31किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्‍म, न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ । अब कसैलाई पठा र त्यसलाई मकहाँ लिएर आइज, किनकि त्यो मरिनैपर्छ ।”

  • 14निनवे, तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको छ, “अब तेरो नाम बोक्‍ने कोही वंश बाँकी रहनेछैन । कलात्मक रूपमा हातले बनाइएका र फलाम गालेर बनाइएका मुर्तिहरूलाई तिमीहरूका देवताहरूका घरबाट म हटाइदिनेछु । म तेरो चिहान तयार गर्नेछु, किनकि तँ तुच्छ छस् ।”

  • 21तर सरूयाहका छोरा अबीशैले जवाफ दिएर भने, “के शिमीलाई यसको निम्ति मर्नु पर्दैन किनभने त्‍यसले परमप्रभुका अभिषिक्‍तलाई सरापेको छ?”

  • 8दाऊदले परमेश्‍वरलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब आफ्‍नो दासको दोषलाई हटाउनुहोस्, किनकि मैले धेरै मूर्खतापूर्ण काम गरेको छु ।”

  • 17नातानले दाऊदलाई भने, र तिनले यी सबै वचन तिनला सुनाए र तिनले उनलाई समग्र दर्शनबारे बताए ।

  • 38दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो ताकि ऊ मर्‍यो ।

  • 7सारा कुल नै तपाईंको दासीको विरुद्धमा उठेका छन् र तिनीहरू भन्छन्, 'आफ्नो भाइलाई प्रहार गर्ने मानिसलाई हाम्रो हातमा सुम्प, ताकि त्यसले मारेको आफ्नो भाइको जीवनको निम्ति मूल्य चुकाउन हामी त्यसलाई मार्न सकौँ ।' यसरी तिनीहरूले उत्तराधिकार पनि नष्‍ट पार्ने छन् । यसरी मैले छोडेको बलिरहेको भुङ्‍ग्रोलाई तिनीहरूले निभाउने छन् र तिनीहरूले मेरो पतिको निम्ति पृथ्वीको सहतमा न नाम न त सन्तान नै छोड्ने छन् ।