२ शमूएल 13:1

अनलक शाब्दिक बाइबल

¶ यसपछि यस्‍तो भयो, दाऊदका छोरा अमनोन आफ्नी सुन्दरी झट्केली बहिनी तामारप्रति धेरै आकर्षित भए, जो दाऊदका अर्को छोरा अबशालोमकी आफ्‍नै बहिनी थिइन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 3:2-3 : 2 हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे । तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए । 3 तिनका महिला छोरा नाबबालकी विधवा कर्मेली अबीगेलबाट जन्मेका किलाब थिए । साहिंला छोरा अब्शालोम, जो गशूरका राजा तल्मैकी छोरी माकाका छोरा थिए ।
  • १ इति 3:9 : 9 दाऊदका छोराहरू यिनै थिए,जसमा उपपत्‍नीहरूका छोराहरू समावेश छैनन् । तामार तिनीहरूकी बहिनी थिइन्‌ ।
  • १ इति 3:2 : 2 साहिंला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्‍गीतका छोरा थिए ।
  • २ शमू 14:27 : 27 अब्शालोमका तीन छोरा र एक छोरी थिए, जसको नाउँ तामार थियो । तिनी सुन्दरी महिला थिइन ।
  • १ राजा 11:1 : 1 ¶ अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे ।
  • २ शमू 11:2 : 2 त्यसैले एक साँझ यस्‍तो भयो, दाऊद आफ्नो ओछ्‍यानबाट उठे र आफ्‍नो दरबारको छतमा हिंडिरहे । त्यहाँबाट तिनले एक जना स्‍त्रीलाई देखे जो नुहाइरहेकी थिइन्, र ती महिला हेर्दा साह्रै सुन्दरी थिइन् ।
  • २ शमू 13:15 : 15 त्‍यसपछि अमनोनले तामारलाई अत्यान्‍तै घृणा गरे । तिनले उनलाई इच्‍छा गरेकोभन्दा पनि धेरै घृणा तिनले उनलाई गरे । अमनोनले उनलाई भने, “उठ् र जा ।”
  • उत्प 6:2 : 2 परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए ।
  • उत्प 29:18 : 18 याकूबले राहेललाई प्रेम गरे, त्यसैले तिनले भने, “तपाईंकी कान्‍छी छोरी राहेलको निम्‍ति म सात वर्षसम्‍म तपाईंको सेवा गर्नेछु ।”
  • उत्प 29:20 : 20 यसकारण याकूबले राहेलको निम्‍ति सात वर्षसम्‍म सेवा गरे । राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो ।
  • उत्प 34:3 : 3 तिनी याकूबकी छोरी दीनासित मोहित भएका थिए । तिनले यी युवतीलाई प्रेम गरी स्‍नेहपूर्वक बोले ।
  • उत्प 39:6-7 : 6 पोतीफरले आफ्ना सबै कुरा योसेफको जिम्मामा दिए । तिनले आफूले खाने भोजनबाहेक अरू कुनै कुराको विषयमा पनि चिन्ता लिनु पर्दैनथ्यो । योसेफ सुन्दर र आकर्षक थिए । 7 योसेफका मालिककी पत्‍नीले उनीप्रति चाहना राखिन् । तिनले भनिन्, “मसँग सुत ।”
  • नीति 6:25 : 25 त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् ।
  • नीति 31:30 : 30 सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 13:2-12
    11 पदहरू
    86%

    2अमनोन यति निराश भए कि आफ्‍नी बहिनी तामारको कारणले तिनी बिरामी परे । उनी कन्या थिइन्, र यसैले उनलाई कुनै कुरा गर्न अमनोनलाई असम्भवजस्तै भयो ।

    3तर अमनोनका एक जना मित्र थिए जसको नाम योनादाब थियो। तिनी दाऊदका दाजु शिमाहका छोरा थिए । योनादाब साह्रै धूर्त मानिस थिए ।

    4योनादाबले अमनोनलाई भने, 'ए राजकुमार, तिमी किन हरेक बिहान निराश हुन्‍छौ? के तिमी मलाई भन्‍दैनौ?” यसैले अमनोनले तिनलाई जवाफ दिए, “मेरो भाइ अबशालोमकी बहिनी तामारलाई म प्रेम गर्छु ।”

    5तब योनादाबले तिनलाई भने, “आफ्‍नो ओछ्‍यान सुतिराख र बिरामी भएको बहाना गर । जब तिम्रो बुबाले तिमीलाई हेर्न आउँछन्, तब उनलाई भन, 'कृपया मलाई केही खाने कुरा दिन र मेरो सामु ती पकाउन कृपया मेरी बहिनी तामारलाई पठाइदिनुहोस्, ताकि म त्‍यो हेर्न सकूँ र त्‍यो उनको हातबाट खान सकूँ ।”

    6त्यसैले अमनोन पल्टिबसे र बिरामी भएको बहाना गरे । जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “कृपया, मेरी बहिनी तामारलाई मेरो बिरामीपनको निम्ति मेरो सामु खाना बनाउन पठाइदिनुहोस् ताकि म उनको हातबाट खान सकूँ ।”

    7अनि दाऊदले आफ्नो दरबारमा तमारलाई खबर पठाए, “अहिले तिम्रो दाजु अमनोनको घरमा जाऊ र तिनको निम्ति खाना तयार पारिदेऊ ।”

    8त्यसैले तामार आफ्‍नो दाजु अमनोनको घरमा गइन् जहाँ तिनी पल्टिरहेका थिए । उनले पिठो लिइन् र तिनले देख्‍ने गरी पिठो मुछिन् र उनले रोटी पकाइन् ।

    9उनले तावा लिइन् र तिनलाई रोटी दिइन्, तर तिनले खान इन्कार गरे । त्‍यसपछि अमनोनले त्यहाँ भएका अरूलाई भने, “हरेकलाई बाहिर, मबाट टाढा पठाऊ ।” त्यसैले हरेक व्‍यक्‍ति बाहिर गए ।

    10यसैले अमनोनले तामारलाई भने, “खाना मेरो कोठामा ल्याऊ ताकि म तिम्रो हातबाट खान सकूँ ।” यसैले आफूले बनाएको रोटी तामारले लिइन् र त्‍यो तिनका दाजु अमनोनको कोठाभित्र लगिदिइन् ।

    11जब उनले तिनकहाँ खाना ल्याएकी थिइन्, तब तिनले उनको हात समाते र उनलाई भने, “मेरी बहिनी, आऊ, मसँग सुत ।”

    12उनले तिनलाई जवाफ दिइन्, “होइन, मेरो दाजु, मलाई कर नलगाउनुहोस्, किनकि इस्राएलमा यस्तो कुनै कुरा गर्नुहुँदैन । यस्तो घोर दुष्‍ट कुरा नगर्नुहोस् ।

  • २ शमू 13:18-23
    6 पदहरू
    83%

    18तब तिनको सेवकले उनलाई बाहिर ल्यायो र उनलाई निकालेपछि ढोका बन्‍द गरिदियो । तामारले धेरै बुट्टादार लुगा लगाइरहेकी थिइन् किनभने राजाका कन्या छोरीहरूले त्यसरी लगाउँछन् ।

    19तामारले आफ्नो टाउकोमा खरानी हालिन् र आफ्नो लुगा च्यातिन् । उनले आफ्नो हात शिरमाथि राखिन् र उनी ठुलो सोरले रुँदै हिंडेर गइन् ।

    20उनका दाजु अब्शालोमले उनलाई भने, “के तिम्रो दाजु अमनोन तिमीसँगै थिए? मेरी बहिनी, अब चूपचाप बस । तिनी तिम्रै दाजु हुन् । यस कुरालाई मनमा नलेऊ ।” त्यसैले तामार आफ्‍नो दाजुको घरमा एक्‍लै बसिन् ।

    21तर जब राजा दाऊदले यी सबै कुरा सुने, तब तिनी रिसले चुर भए ।

    22अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे ।

    23पुरा दुई वर्षपछि यस्‍तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बाल‍हासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए ।

  • २ शमू 13:26-34
    9 पदहरू
    82%

    26तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?”

    27अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए ।

    28अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”

    29त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे । तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्‍चर चढे र भागे ।

    30यसैले यस्‍तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्‍ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्‍यहाँ एक जना पनि बाँचेका छैनन् ।”

    31त्यसपछि राजा उठे र आफ्नो लुगा च्याते र भुईंमा पसारो परे । तिनका सबै सेवकले पनि आआफ्ना लुगा च्याते र छेउमा खडा भए ।

    32दाऊदका दाजु शिमाहका छोरा योनादाबले जवाफ दिए र भने, “तिनीहरूले सबै जवानलाई मारेका छन् भनेका कुरामा मेरा मालिकले विश्‍वास नगर्नुहोस्, किनकि अमनोन मात्र मरेका छन् । अमनोनले अब्शालोमकी बहिनी तामारलाई दुर्व्यवहार गरेकै दिनदेखि तिनले यो योजना बनाएका छन् ।

    33यसकरण मेरो मालिक राजाले यो खबरलाई राजाका सबै छोराहरू मरेका छन् भनी विश्‍वास गर्नको निम्ति मनमा नलिनुहोस्, किनकि अमनोन मात्र मरेका छन् ।”

    34अब्शालोम भागे । रक्षक भएका एक जना सेवकले हेरे र आफ्‍नो पश्‍चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे ।

  • २ शमू 14:27-28
    2 पदहरू
    80%

    27अब्शालोमका तीन छोरा र एक छोरी थिए, जसको नाउँ तामार थियो । तिनी सुन्दरी महिला थिइन ।

    28अब्शालोम राजाको मुख नहेरिकन नै पुरा दुई वर्ष यरूशलेममा बसे ।

  • 2हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे । तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए ।

  • २ शमू 13:14-16
    3 पदहरू
    77%

    14तापनि अमनोनले उनको कुरा सुनेनन् । तिनी तामारभन्दा बलिया भएका हुनाले, तिनले उनलाई समाते र तिनी उनीसित सुते ।

    15त्‍यसपछि अमनोनले तामारलाई अत्यान्‍तै घृणा गरे । तिनले उनलाई इच्‍छा गरेकोभन्दा पनि धेरै घृणा तिनले उनलाई गरे । अमनोनले उनलाई भने, “उठ् र जा ।”

    16तर उनले तिनलाई जवाफ दिइन्, “होइन! मलाई निकाल्‍ने कुरा त ठुलो दुष्‍टता हो जुन तपाईंले मलाई गर्नुभएको कुराभन्दा पनि झन् खराब कुरा हो ।” तर अमनोनले उनको कुरा सुनेनन् ।

  • 9दाऊदका छोराहरू यिनै थिए,जसमा उपपत्‍नीहरूका छोराहरू समावेश छैनन् । तामार तिनीहरूकी बहिनी थिइन्‌ ।

  • 39दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्‍छा गर्‍यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।

  • १ इति 3:1-2
    2 पदहरू
    74%

    1¶ हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यी नै हुन्‌: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए ।

    2साहिंला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्‍गीतका छोरा थिए ।

  • २ शमू 17:24-25
    2 पदहरू
    72%

    24त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।

    25अब्बशालोमले योआबको सट्टामा अमासालाई फौजका कमाण्‍डर बनाएका थिए । अमासा इश्‍माएली येतेरका छोरा थिए, जो अबीगेलसँग सुते जो नाहाशकी छोरी र योआबकी आमा सरूयाहकी बहिनी थिइ ।

  • २ शमू 13:36-37
    2 पदहरू
    71%

    36अनि यस्‍तो भयो, जब तिनले बोलिसके तब राजकुमारहरू आइपुगे र ठुलो सोर गरे र रोए । राजा र तिनका सेवकहरू पनि धुरुधुरु रोए ।

    37तर अब्शालोम भागे र गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए । दाऊदले आफ्‍नो छोराको निम्ति हरेक दिन विलाप गरे ।

  • २ शमू 16:21-22
    2 पदहरू
    71%

    21अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुने छ । तब तपाईंसँग भएका सबैको हात बलियो हुने छ ।”

    22त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते ।

  • 6“तैँले किन यस्तो व्यवहार गरेको?” भनी तिनका पिताले तिनलाई कहिल्यै सोधेनन् । अदोनियाह आफै पनि अत्यन्तै सुन्दर मानिस थिए र तिनी अब्शालोमभन्दा पछि जन्मेका थिए ।

  • 1¶ राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्‍छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।

  • 1¶ पछि यस्‍तो भयो, अम्‍मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए ।

  • 27जब उनको विलाप पुरा भयो, दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए र उनी तिनको पत्‍नी भइन् र तिनको निति एउटा छोरा जन्माइन् । तर दाऊदले गरेको कुराले परमप्रभुलाई दुःखी तुल्यायो ।

  • 24दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते । पछि उनले एउटा छोरा जन्माइन् र त्‍यो बालककको नाउँ सोलोमन राखियो । परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो

  • 13दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।

  • 4केटी अत्यन्तै सुन्दरी थिइन् । उनले राजाको सेवा गरिन् र तिनको वास्ता गरिन्, तर राजाले उनीसित सहवास गरेनन् ।

  • 13दाऊदकहाँ एक जना दूत यसो भन्‍दै आए, “इस्राएलका मानिसहरूका हृदयहरू अब्शालोमतिर लागेको छ ।”