२ शमूएल 14:27
अब्शालोमका तीन छोरा र एक छोरी थिए, जसको नाउँ तामार थियो । तिनी सुन्दरी महिला थिइन ।
अब्शालोमका तीन छोरा र एक छोरी थिए, जसको नाउँ तामार थियो । तिनी सुन्दरी महिला थिइन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ यसपछि यस्तो भयो, दाऊदका छोरा अमनोन आफ्नी सुन्दरी झट्केली बहिनी तामारप्रति धेरै आकर्षित भए, जो दाऊदका अर्को छोरा अबशालोमकी आफ्नै बहिनी थिइन् ।
2अमनोन यति निराश भए कि आफ्नी बहिनी तामारको कारणले तिनी बिरामी परे । उनी कन्या थिइन्, र यसैले उनलाई कुनै कुरा गर्न अमनोनलाई असम्भवजस्तै भयो ।
9दाऊदका छोराहरू यिनै थिए,जसमा उपपत्नीहरूका छोराहरू समावेश छैनन् । तामार तिनीहरूकी बहिनी थिइन् ।
1¶ हेब्रोनमा जन्मेका दाऊदका छोराहरू यी नै हुन्: यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए ।
2साहिंला अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्, काहिंला अदोनियाह, जो हग्गीतका छोरा थिए ।
28अब्शालोम राजाको मुख नहेरिकन नै पुरा दुई वर्ष यरूशलेममा बसे ।
18तब तिनको सेवकले उनलाई बाहिर ल्यायो र उनलाई निकालेपछि ढोका बन्द गरिदियो । तामारले धेरै बुट्टादार लुगा लगाइरहेकी थिइन् किनभने राजाका कन्या छोरीहरूले त्यसरी लगाउँछन् ।
19तामारले आफ्नो टाउकोमा खरानी हालिन् र आफ्नो लुगा च्यातिन् । उनले आफ्नो हात शिरमाथि राखिन् र उनी ठुलो सोरले रुँदै हिंडेर गइन् ।
20उनका दाजु अब्शालोमले उनलाई भने, “के तिम्रो दाजु अमनोन तिमीसँगै थिए? मेरी बहिनी, अब चूपचाप बस । तिनी तिम्रै दाजु हुन् । यस कुरालाई मनमा नलेऊ ।” त्यसैले तामार आफ्नो दाजुको घरमा एक्लै बसिन् ।
21तर जब राजा दाऊदले यी सबै कुरा सुने, तब तिनी रिसले चुर भए ।
22अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे ।
23पुरा दुई वर्षपछि यस्तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बालहासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए ।
24अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।”
23त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।
24राजाले भने, “ऊ आफ्नै गरमा फर्कोस्, तर उसले मेरो मुख हेर्न नआओस् ।” त्यसैले अब्शालोम आफ्नै घरमा गए तर राजाको मुख देखेनन् ।
25सारा इस्राएलमा नै आफ्नो सुन्दरताको निम्ति प्रशंसा गरिएको व्यक्ति अब्शालोमभन्दा अरू थिएन । तिनको शिरदेखि पाउसम्म नै तिनमा कुनै खोट थिएन ।
26जब तिनले हरेक वर्षको अन्तमा गह्रौं भएको हुनाले आफ्नो कपाल काट्थे, तब तिनले आफ्नो कपाल तौलन्थे । यो लगभग दुई सय शेकेल हुन्थो, जसलाई राजाको मानकअनुसारको तौलद्वरा नापिन्थ्यो।
32दाऊदका दाजु शिमाहका छोरा योनादाबले जवाफ दिए र भने, “तिनीहरूले सबै जवानलाई मारेका छन् भनेका कुरामा मेरा मालिकले विश्वास नगर्नुहोस्, किनकि अमनोन मात्र मरेका छन् । अमनोनले अब्शालोमकी बहिनी तामारलाई दुर्व्यवहार गरेकै दिनदेखि तिनले यो योजना बनाएका छन् ।
2हेब्रोनमा दाऊदका छोराहरू जन्मे । तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए ।
3तिनका महिला छोरा नाबबालकी विधवा कर्मेली अबीगेलबाट जन्मेका किलाब थिए । साहिंला छोरा अब्शालोम, जो गशूरका राजा तल्मैकी छोरी माकाका छोरा थिए ।
4दाऊदका कहिंलो छोरा अदोनियाहचाहिं हग्गीतका छोरा थिए । तिनका ठाहिंला छोरा शपत्याहचाहिं अबीतलका छोरा थिए,
4योनादाबले अमनोनलाई भने, 'ए राजकुमार, तिमी किन हरेक बिहान निराश हुन्छौ? के तिमी मलाई भन्दैनौ?” यसैले अमनोनले तिनलाई जवाफ दिए, “मेरो भाइ अबशालोमकी बहिनी तामारलाई म प्रेम गर्छु ।”
6“तैँले किन यस्तो व्यवहार गरेको?” भनी तिनका पिताले तिनलाई कहिल्यै सोधेनन् । अदोनियाह आफै पनि अत्यन्तै सुन्दर मानिस थिए र तिनी अब्शालोमभन्दा पछि जन्मेका थिए ।
37तर अब्शालोम भागे र गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए । दाऊदले आफ्नो छोराको निम्ति हरेक दिन विलाप गरे ।
38यसैले अब्शालोम भागे र गशूरमा गए, जहाँ तिनी तीन वर्षसम्म बसे ।
39दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्छा गर्यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।
24त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।
25अब्बशालोमले योआबको सट्टामा अमासालाई फौजका कमाण्डर बनाएका थिए । अमासा इश्माएली येतेरका छोरा थिए, जो अबीगेलसँग सुते जो नाहाशकी छोरी र योआबकी आमा सरूयाहकी बहिनी थिइ ।
30यसैले यस्तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्यहाँ एक जना पनि बाँचेका छैनन् ।”
3त्यसैले तिनीहरूले इस्राएलका सारा सिमानाभित्र एउटी सुन्दरी स्त्रीको खोजी गरे । तिनीहरूले शूनम्मी अबीशगलाई फेला पारी राजाकहाँ ल्याए ।
4केटी अत्यन्तै सुन्दरी थिइन् । उनले राजाको सेवा गरिन् र तिनको वास्ता गरिन्, तर राजाले उनीसित सहवास गरेनन् ।
3यरूशलेममा दाऊदले अझै अरू पत्नीहरू ल्याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।
22त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्नीहरूसित सुते ।
1¶ राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।
34अब्शालोम भागे । रक्षक भएका एक जना सेवकले हेरे र आफ्नो पश्चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे ।
20महलतपछि तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे । उनले तिनको निम्ति अबिया, अत्तै, जीजा र शलोमीत जन्माइन् ।
18अब्शालोम आफू जीवित नै हुँदा राजाको बेसीमा ठुलो ढुङ्गाको एउटा स्मारक निर्माण गरेका थिए, किनकि तिनले भने, “मेरो नाउँलाई निरन्तरता दिन मेरो कुनै छोरा छैन ।” तिनले स्तम्भलाई आफ्नै नाउँबाट नाम दिए, त्यसैले आजको दिनसम्म पनि त्यसलाई अब्शालोमको स्मारक भनिन्छ ।
26तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?”
27अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए ।
28अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”
2तिनले यरूशलेममा तिन वर्ष राज्य गरे । तिनकी आमाको नाउँ माका थियो । उनी अबीशालोमकी छोरी थिइन् ।
33त्यसैले योआब राजाकहाँ गए र तिनलाई भने । जब राजाले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ आए र राजाको सामु भुईंमा निहुरिए र राजाले अब्शालोमलाई चुम्बन गरे ।
4राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”
11सारा नापोत डोरमा बेन-अबीनादाब (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए);
5शम्मूअ, शोबाब, नातान र सोलोमन चार जना अम्मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्मेका थिए ।
2अब्शालोम बिहान सबेरै उठ्थे र सहरको ढोकातिर जाने बाटोमा खडा हुन्थे । जब कोही विवाद भएका व्यक्ति न्यायको निम्ति राजाकहाँ आउँथ्यो, तब अब्शालोमलले त्यसलाई बोलाउँथे र भन्थे, “तपाईं कुन सहरबाट आउनुभएको हो?” अनि त्यो मानिसले जवाफ दिन्थ्यो, “तपाईंको दास इस्राएलको एउटा कुलबाट हो ।”
3त्यसैले अब्शालोमले त्यसलाई भन्थे, “हेर्नुहोस्, तपाईंको मुद्दा असल र ठिक छ तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैले शक्ति दिनुभएको छैन ।”
13दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्नीहरू र पत्नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।
20अब्शालोमका मानिसहरू त्यो घरकी स्त्रीकहाँ आए र भने, “अहीमास र जोनाथन कहाँ छन्?” ती स्त्रीले भनिन्, “तिनीहरू नदी तरेर गाइसके ।” त्यसैले तिनीहरूले वरिपरि हेरे र तिनीहरूलाई भेट्टउन सकेनन्, तब तिनीहरू यरूशलेम फर्के ।