२ शमूएल 13:4

अनलक शाब्दिक बाइबल

योनादाबले अमनोनलाई भने, 'ए राजकुमार, तिमी किन हरेक बिहान निराश हुन्‍छौ? के तिमी मलाई भन्‍दैनौ?” यसैले अमनोनले तिनलाई जवाफ दिए, “मेरो भाइ अबशालोमकी बहिनी तामारलाई म प्रेम गर्छु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एस्थ 5:13-14 : 13 तर मैले मोर्दकैलाई राजाको ढोकामा बसिरहेको देखेसम्म मेरा लागि यी सबै कुराले कुनै अर्थ राख्‍दैन ।” 14 तर तिनकी पत्‍नी जेरेशले हामान र तिनका सबै मित्रहरूलाई भनिन्, “तिनीहरूले पच्‍चिस मिटर अग्‍लो एउटा फाँसीको काठ बनाऊन् । बिहान मोर्दकैलाई त्यसमा झुण्ड्याउन राजासित कुरा गर्नुहोस् । तब आनन्दित भएर राजासँगै भोजमा जानुहोस् ।” हामानलाई यो कुरा मन पर्‍यो, र तिनले एउटा फाँसीको काठ बनाउन लगाए ।
  • यशा 3:9 : 9 तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।
  • यिर्मि 8:12 : 12 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्‍नुहुन्छ ।
  • मीका 7:3 : 3 तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।
  • लू 12:32 : 32 सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ ।
  • लैव्य 18:9 : 9 आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् । आफ्नी दिदी-बहिनीसँग नसुत् ।
  • लैव्य 20:17 : 17 कोही पुरुषले आफ्नी दिदी-बहिनी, वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्यसको नग्‍नता प्रकट गर्दछ, र त्यसले त्यस पुरुषको नग्‍नता देख्‍दछे भने, यो शर्मको कुरा हो । त्यो आफ्नी दिदी-बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्‍कृत गरिनुपर्छ । त्यसले आफ्नो दोष बोकिरहने छ ।
  • १ राजा 21:7 : 7 त्यसैले तिनकी पत्नी ईजेबेलले तिनलाई जवाफ दिइन्, “के तपाईंले इस्राएलको राज्यमाथि शासन गर्नुहुन्न र? उठेर खानुहोस् । तपाईंको मन प्रसन्न होस् । म यिजरेली नाबोतको दाखबारी तपाईंलाई दिलाइदिने छु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 13:1-3
    3 पदहरू
    86%

    1¶ यसपछि यस्‍तो भयो, दाऊदका छोरा अमनोन आफ्नी सुन्दरी झट्केली बहिनी तामारप्रति धेरै आकर्षित भए, जो दाऊदका अर्को छोरा अबशालोमकी आफ्‍नै बहिनी थिइन् ।

    2अमनोन यति निराश भए कि आफ्‍नी बहिनी तामारको कारणले तिनी बिरामी परे । उनी कन्या थिइन्, र यसैले उनलाई कुनै कुरा गर्न अमनोनलाई असम्भवजस्तै भयो ।

    3तर अमनोनका एक जना मित्र थिए जसको नाम योनादाब थियो। तिनी दाऊदका दाजु शिमाहका छोरा थिए । योनादाब साह्रै धूर्त मानिस थिए ।

  • २ शमू 13:5-16
    12 पदहरू
    84%

    5तब योनादाबले तिनलाई भने, “आफ्‍नो ओछ्‍यान सुतिराख र बिरामी भएको बहाना गर । जब तिम्रो बुबाले तिमीलाई हेर्न आउँछन्, तब उनलाई भन, 'कृपया मलाई केही खाने कुरा दिन र मेरो सामु ती पकाउन कृपया मेरी बहिनी तामारलाई पठाइदिनुहोस्, ताकि म त्‍यो हेर्न सकूँ र त्‍यो उनको हातबाट खान सकूँ ।”

    6त्यसैले अमनोन पल्टिबसे र बिरामी भएको बहाना गरे । जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “कृपया, मेरी बहिनी तामारलाई मेरो बिरामीपनको निम्ति मेरो सामु खाना बनाउन पठाइदिनुहोस् ताकि म उनको हातबाट खान सकूँ ।”

    7अनि दाऊदले आफ्नो दरबारमा तमारलाई खबर पठाए, “अहिले तिम्रो दाजु अमनोनको घरमा जाऊ र तिनको निम्ति खाना तयार पारिदेऊ ।”

    8त्यसैले तामार आफ्‍नो दाजु अमनोनको घरमा गइन् जहाँ तिनी पल्टिरहेका थिए । उनले पिठो लिइन् र तिनले देख्‍ने गरी पिठो मुछिन् र उनले रोटी पकाइन् ।

    9उनले तावा लिइन् र तिनलाई रोटी दिइन्, तर तिनले खान इन्कार गरे । त्‍यसपछि अमनोनले त्यहाँ भएका अरूलाई भने, “हरेकलाई बाहिर, मबाट टाढा पठाऊ ।” त्यसैले हरेक व्‍यक्‍ति बाहिर गए ।

    10यसैले अमनोनले तामारलाई भने, “खाना मेरो कोठामा ल्याऊ ताकि म तिम्रो हातबाट खान सकूँ ।” यसैले आफूले बनाएको रोटी तामारले लिइन् र त्‍यो तिनका दाजु अमनोनको कोठाभित्र लगिदिइन् ।

    11जब उनले तिनकहाँ खाना ल्याएकी थिइन्, तब तिनले उनको हात समाते र उनलाई भने, “मेरी बहिनी, आऊ, मसँग सुत ।”

    12उनले तिनलाई जवाफ दिइन्, “होइन, मेरो दाजु, मलाई कर नलगाउनुहोस्, किनकि इस्राएलमा यस्तो कुनै कुरा गर्नुहुँदैन । यस्तो घोर दुष्‍ट कुरा नगर्नुहोस् ।

    13मैले आफ्‍नो लाजबाट कसरी मुक्‍त हुन सक्‍छु र? तपाईंको बारेमा नि? तपाईं इस्राएलमा एक जना मूर्खजस्तै हुनुहुने छ । अब कृपया राजासँग कुरा गर्नुहोस्, किनकि उहाँले मलाई तपाईंबाट अलग गर्नुहुन्‍न ।”

    14तापनि अमनोनले उनको कुरा सुनेनन् । तिनी तामारभन्दा बलिया भएका हुनाले, तिनले उनलाई समाते र तिनी उनीसित सुते ।

    15त्‍यसपछि अमनोनले तामारलाई अत्यान्‍तै घृणा गरे । तिनले उनलाई इच्‍छा गरेकोभन्दा पनि धेरै घृणा तिनले उनलाई गरे । अमनोनले उनलाई भने, “उठ् र जा ।”

    16तर उनले तिनलाई जवाफ दिइन्, “होइन! मलाई निकाल्‍ने कुरा त ठुलो दुष्‍टता हो जुन तपाईंले मलाई गर्नुभएको कुराभन्दा पनि झन् खराब कुरा हो ।” तर अमनोनले उनको कुरा सुनेनन् ।

  • २ शमू 13:20-34
    15 पदहरू
    81%

    20उनका दाजु अब्शालोमले उनलाई भने, “के तिम्रो दाजु अमनोन तिमीसँगै थिए? मेरी बहिनी, अब चूपचाप बस । तिनी तिम्रै दाजु हुन् । यस कुरालाई मनमा नलेऊ ।” त्यसैले तामार आफ्‍नो दाजुको घरमा एक्‍लै बसिन् ।

    21तर जब राजा दाऊदले यी सबै कुरा सुने, तब तिनी रिसले चुर भए ।

    22अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे ।

    23पुरा दुई वर्षपछि यस्‍तो भयो, अब्शालोमले एफ्राइम नजिकै रहेको बाल‍हासोरमा भेडको ऊन कत्रिए र अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए ।

    24अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।”

    25राजाले अब्शालोमलाई जवाफ दिए, “होइन, मेरो छोरो, हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं ।” अब्शालोमले राजालाई बिन्ती गरे, तर तिनी गएनन्। बरु तिनले उनलाई आशिष् दिए ।

    26तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?”

    27अब्शालोमले दाऊदलाई कर गरे, र तिनले अमनोन र सबै राजकुमारलाई उनीसित जान दिए ।

    28अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन । जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्‍छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार । नडराऊ । के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?”

    29त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे । तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्‍चर चढे र भागे ।

    30यसैले यस्‍तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्‍ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्‍यहाँ एक जना पनि बाँचेका छैनन् ।”

    31त्यसपछि राजा उठे र आफ्नो लुगा च्याते र भुईंमा पसारो परे । तिनका सबै सेवकले पनि आआफ्ना लुगा च्याते र छेउमा खडा भए ।

    32दाऊदका दाजु शिमाहका छोरा योनादाबले जवाफ दिए र भने, “तिनीहरूले सबै जवानलाई मारेका छन् भनेका कुरामा मेरा मालिकले विश्‍वास नगर्नुहोस्, किनकि अमनोन मात्र मरेका छन् । अमनोनले अब्शालोमकी बहिनी तामारलाई दुर्व्यवहार गरेकै दिनदेखि तिनले यो योजना बनाएका छन् ।

    33यसकरण मेरो मालिक राजाले यो खबरलाई राजाका सबै छोराहरू मरेका छन् भनी विश्‍वास गर्नको निम्ति मनमा नलिनुहोस्, किनकि अमनोन मात्र मरेका छन् ।”

    34अब्शालोम भागे । रक्षक भएका एक जना सेवकले हेरे र आफ्‍नो पश्‍चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे ।

  • 39दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्‍छा गर्‍यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।

  • 2हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे । तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए ।

  • २ शमू 14:31-32
    2 पदहरू
    71%

    31अनि योआब उठे र अब्शालोमको घरमा तिनीकहाँ आए र तिनलाई भने, “तिम्रा सेवकहरूले मेरो खेतमा किन आगो लगाइदिएका छन्?”

    32अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, 'यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्‍नलाई पठाउन सकूँ’ । ‘म गशूरबाट किन आएँ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्‍छ। यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारुन् ।'”

  • 27अब्शालोमका तीन छोरा र एक छोरी थिए, जसको नाउँ तामार थियो । तिनी सुन्दरी महिला थिइन ।

  • 4राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”

  • २ शमू 13:36-37
    2 पदहरू
    70%

    36अनि यस्‍तो भयो, जब तिनले बोलिसके तब राजकुमारहरू आइपुगे र ठुलो सोर गरे र रोए । राजा र तिनका सेवकहरू पनि धुरुधुरु रोए ।

    37तर अब्शालोम भागे र गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए । दाऊदले आफ्‍नो छोराको निम्ति हरेक दिन विलाप गरे ।

  • 33अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए । जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”

  • 13मैले झुट बोलेर मेरो जीवनलाई खतरामा पारेको भए (र राजाबाट कुनै कुरा लुक्‍दैन ), तपाईंले मलाई त्यग्‍नुहुने थियो ।”

  • 13त्यसपछि अमासालाई भन, 'के तिमी मेरो मासु र मेरो हाड होइनौ? आज उप्रान्त तिमी यआबको सट्टामा मेरो फौजको कमाण्‍डर भएनौ भने परमेश्‍वरले मलाई यसै वा योभन्दा बढी गरून्' ।”

  • 1¶ राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्‍छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।

  • 6राजाकहाँ न्यायको निम्ति आउने सबै इस्राएलसित अब्शालोमले यसरी नै व्‍यवहार गरे । यसरी अब्शालोमले इस्राएलका मानिसहरूका हृदय चोरे ।

  • 6“तैँले किन यस्तो व्यवहार गरेको?” भनी तिनका पिताले तिनलाई कहिल्यै सोधेनन् । अदोनियाह आफै पनि अत्यन्तै सुन्दर मानिस थिए र तिनी अब्शालोमभन्दा पछि जन्मेका थिए ।

  • 6किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ र जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ । किनकि कमाण्‍डरहरू र सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्‍ने कुरा आज तपाईंको देखाउनुभएको छ । आज मलाई विश्‍वास भयो कि अब्शालोम बाँचेको भए र हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो ।

  • २ शमू 16:20-21
    2 पदहरू
    68%

    20तब अब्शालोमले अहीतोपेललाई भने, “हामीले के गर्नुपर्छ भन्‍ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् ।”

    21अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुने छ । तब तपाईंसँग भएका सबैको हात बलियो हुने छ ।”

  • 4अब्शालोमलले थप्थे, “मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो, ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्‍यो र म त्यसलाई न्याय दिलाउँथे ।”

  • 25अब्बशालोमले योआबको सट्टामा अमासालाई फौजका कमाण्‍डर बनाएका थिए । अमासा इश्‍माएली येतेरका छोरा थिए, जो अबीगेलसँग सुते जो नाहाशकी छोरी र योआबकी आमा सरूयाहकी बहिनी थिइ ।

  • 22राजा सोलोमनले आफ्नी आमालाई भने, “तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्नुहुन्छ? तपाईं तिनको लागि किन राज्य नै माग्नुहुन्न? किनकि तिनी मेरा दाजु हुन् । किन पुजारी अबियाथार र सरूयाहका छोरा योआबको निम्ति पनि माग्नुहुन्न?”