२ शमूएल 14:33

अनलक शाब्दिक बाइबल

त्यसैले योआब राजाकहाँ गए र तिनलाई भने । जब राजाले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ आए र राजाको सामु भुईंमा निहुरिए र राजाले अब्शालोमलाई चुम्बन गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 33:4 : 4 एसाव याकूबलाई भेट्न दौडिए; अङ्गालो हाले; अङ्कमाल गरे र चुम्बन गरे । त्यसपछि तिनीहरू रोए ।
  • लू 15:20 : 20 यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे । उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए ।
  • उत्प 27:26 : 26 तब तिनका पिता इसहाकले तिनलाई भने, “ मेरो छोरो, मेरो नजिकै आएर मलाई मलाई चुम्बन गर् ।”
  • उत्प 45:15 : 15 तिनले आफ्ना सबै दाजुहरूलाई चुम्बन गरे र तिनीहरूसँगै रोए । त्यसपछि तिनका दाजुहरूले तिनीसित कुराकानी गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 15:1-7
    7 पदहरू
    85%

    1¶ यसपछि यस्‍तो भयो, अब्शालोमले आफ्नो निम्ति एउटा रथ र घोडाहरू र आफ्नो अगिअगि दौडिनलाई पचास जना मानिस तयार पारे ।

    2अब्शालोम बिहान सबेरै उठ्थे र सहरको ढोकातिर जाने बाटोमा खडा हुन्थे । जब कोही विवाद भएका व्यक्‍ति न्यायको निम्ति राजाकहाँ आउँथ्यो, तब अब्शालोमलले त्यसलाई बोलाउँथे र भन्‍थे, “तपाईं कुन सहरबाट आउनुभएको हो?” अनि त्यो मानिसले जवाफ दिन्थ्यो, “तपाईंको दास इस्राएलको एउटा कुलबाट हो ।”

    3त्यसैले अब्शालोमले त्यसलाई भन्‍थे, “हेर्नुहोस्, तपाईंको मुद्दा असल र ठिक छ तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैले शक्ति दिनुभएको छैन ।”

    4अब्शालोमलले थप्थे, “मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो, ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्‍यो र म त्यसलाई न्याय दिलाउँथे ।”

    5यसैले यस्‍तो भयो, जब कुनै पनि मानिस अब्शालोमलाई आदर गर्न आउँथ्‍यो, तब अब्शालोमले आफ्नो हात काँधमा राख्‍थे र त्यसलाई अङ्गालो हाल्‍थे र त्यसलाई चुम्बन गर्थे ।

    6राजाकहाँ न्यायको निम्ति आउने सबै इस्राएलसित अब्शालोमले यसरी नै व्‍यवहार गरे । यसरी अब्शालोमले इस्राएलका मानिसहरूका हृदय चोरे ।

    7चार वर्षको अन्ततिर यस्‍तो भयो कि अब्शालोमले राजालाई भने, “कृपया, मैले हेब्रोनका परमप्रभुलाई गरेको भाकल पुरा गर्न मलाई जान दिनुहोस् ।

  • २ शमू 14:21-25
    5 पदहरू
    85%

    21राजाले योआबलाई भने, “हेर, म यो गर्ने छु । तब जाऊ र त्‍यो जवान अब्शालोमलाई फर्काएर ल्‍याऊ ।”

    22त्यसैले योआबले राजाप्रति आदर र कृतज्ञता प्रकट गर्न भुईंमा घोप्‍टो परे । योआबले भने, “राजाले आफ्नो दासको बिन्ती पुरा गर्नुभएकोमा मैले मेरा मालिक महाराजा तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनी मैले आज थाहा पायो ।”

    23त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।

    24राजाले भने, “ऊ आफ्नै गरमा फर्कोस्, तर उसले मेरो मुख हेर्न नआओस् ।” त्यसैले अब्शालोम आफ्नै घरमा गए तर राजाको मुख देखेनन् ।

    25सारा इस्राएलमा नै आफ्नो सुन्दरताको निम्ति प्रशंसा गरिएको व्यक्‍ति अब्शालोमभन्दा अरू थिएन । तिनको शिरदेखि पाउसम्म नै तिनमा कुनै खोट थिएन ।

  • २ शमू 14:28-32
    5 पदहरू
    83%

    28अब्शालोम राजाको मुख नहेरिकन नै पुरा दुई वर्ष यरूशलेममा बसे ।

    29त्यसपछि अब्शालोमले आफूलाई राजाकहाँ पठाउनलाई योआबलाई बोलाए, तर योआब तिनीकहाँ आएनन् । यसैले अब्शालोमले दोस्रो पटक खबर पठाए, तर योआब अझै आएनन् ।

    30त्यसैले अब्शालोमले आफ्ना सेवकहरूलाई भने, “हेर, योआबको खेत मेरो खतको छेउमै छ र त्यहाँ उसको जौ छ । जाऊ र त्‍यसलाई आगो लगाइदेऊ ।” अनि अब्शालोमका सेवकहरूले त्यो खेतमा आगो लगाइदिए ।

    31अनि योआब उठे र अब्शालोमको घरमा तिनीकहाँ आए र तिनलाई भने, “तिम्रा सेवकहरूले मेरो खेतमा किन आगो लगाइदिएका छन्?”

    32अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, 'यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्‍नलाई पठाउन सकूँ’ । ‘म गशूरबाट किन आएँ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्‍छ। यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारुन् ।'”

  • 1¶ राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्‍छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।

  • 1¶ योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”

  • २ शमू 19:4-5
    2 पदहरू
    77%

    4राजाले आफ्नो शिर ढाके र ठुलो सोरमा कराए, “ए मेरो छोरा ए अब्शालोम, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”

    5तब योआब राजाको घरभित्र पसे र उनलाई भने, “आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको छ, जसले आज तपाईंको जीवन, तपाईंका छोराहरूका र तपाईंका छोरीहरूका र तपाईंका पत्‍नीहरूका जीवन र तपाईंका उपपत्‍नीहरूका पत्‍नीहरूको जीवन बचाए,

  • २ शमू 13:24-25
    2 पदहरू
    77%

    24अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।”

    25राजाले अब्शालोमलाई जवाफ दिए, “होइन, मेरो छोरो, हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं ।” अब्शालोमले राजालाई बिन्ती गरे, तर तिनी गएनन्। बरु तिनले उनलाई आशिष् दिए ।

  • 24त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।

  • 33अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए । जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”

  • २ शमू 18:14-15
    2 पदहरू
    76%

    14तब योआबले भने, “म तेरो लागि पर्खने छैनँ ।” त्यसैले योआबले आफ्नो हातमा तिन वटा भालाहरू लिए र अब्शालोम अझै जीवित नै फलाँटको रुखमा झुण्डिरहँदा तिनको मुटुमा रोपिदिए ।

    15त्यसपछि योआबको हतियार बोक्‍ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे ।

  • 5राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर ।” राजाले अब्शालोमको बारेमा कप्‍तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने ।

  • २ शमू 13:34-39
    6 पदहरू
    75%

    34अब्शालोम भागे । रक्षक भएका एक जना सेवकले हेरे र आफ्‍नो पश्‍चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे ।

    35तब योनादाबले राजालाई भने, “हे्र्नुहोस्, राजकुमारहरू आउँदै छन् । यो तपाईंको दासले भनेजस्तै हो ।”

    36अनि यस्‍तो भयो, जब तिनले बोलिसके तब राजकुमारहरू आइपुगे र ठुलो सोर गरे र रोए । राजा र तिनका सेवकहरू पनि धुरुधुरु रोए ।

    37तर अब्शालोम भागे र गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए । दाऊदले आफ्‍नो छोराको निम्ति हरेक दिन विलाप गरे ।

    38यसैले अब्शालोम भागे र गशूरमा गए, जहाँ तिनी तीन वर्षसम्म बसे ।

    39दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्‍छा गर्‍यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।

  • 9त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते ।

  • 24तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?

  • 15अब्शालोमको र तिनीसँग भएका इस्राएलका सबै मानिसका बारेमामा, तिनीहरू यरूशलेममा आए र अहीतोपेल तिनीसँगै थिए ।

  • २ शमू 18:28-30
    3 पदहरू
    73%

    28त्यसपछि अहीमासले कराए र राजालाई भने, “सबै ठिक छ ।” तिनले आफ्‍नो अनुहार भुईंमा धोप्टो पारेर राजालाई दण्डवत् गरे र भने, “परमप्रभु तपाईंको परमेश्‍वर धन्यको होऊन्! मेरो मलिक महाराजाको विरुद्धमा खडा हुने मानिसहरूलाई उहाँले हजुरको हातमा सुम्पनुभएको छ ।

    29त्यसैले राजाले जवाफ दिए, “त्‍यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन ।”

    30त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।

  • 13दाऊदकहाँ एक जना दूत यसो भन्‍दै आए, “इस्राएलका मानिसहरूका हृदयहरू अब्शालोमतिर लागेको छ ।”

  • 41त्‍यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे । तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए ।

  • 37त्यसैले अब्शालोम सहरभित्र आइपुगेर यरूशलेम प्रवेश गर्दा दाऊदका मित्र हूशै आए ।

  • 22त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते ।

  • २ शमू 18:9-10
    2 पदहरू
    73%

    9अब्शालोमले दाऊदका केही सिपाहीलाई भेटे । अब्शालोम आफ्नो खच्‍चरमा सवार थिए र त्‍यो खच्‍चर बाक्‍लो हाँगा भएको फलाँटको ठुलो रुखमुनिबाट गयो र तिनको टाउको रुखका हाँगाहरूमा नै अड्कियो । तिनले चढेका खच्‍चर हिंडिरहँदा तिनीचाहिं आकाश र जमिनको बिचमा झुण्डिरहे ।

    10कसैले यो देख्‍यो र योआबलाई भन्‍यो, “हेर्नुहोस्, मैले अब्शालोम फलाँटको रुखमा झुण्डिरहेको देखें!”

  • 10हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”

  • 30यसैले यस्‍तो भयो, जब तिनीहरू बाटोमै थिए, तब दाऊदकहाँ यसो भन्‍ने खबर आयो, “अब्शालोमले सबै राजकुमारलाई मरेका छन् र त्‍यहाँ एक जना पनि बाँचेका छैनन् ।”

  • २ शमू 15:9-10
    2 पदहरू
    72%

    9त्यसैले राजाले उनलाई भने, “शान्तिसित जाऊ ।” यसैले अब्शालोम उठे र हेब्रोनमा गए ।

    10तर अब्शालोमले इस्राएलका सबै कुलमा यसो भनेर जासुसहरू पठाए, “तिमीहरूले तुरहीको आवाज सुन्‍ने बित्तिकै, तिमीहरूले यसो भन्‍नू, “हेब्रोनमा अबशालोम राजा हुनुभयो' ।”