1¶ यसपछि यस्तो भयो, दाऊदका छोरा अमनोन आफ्नी सुन्दरी झट्केली बहिनी तामारप्रति धेरै आकर्षित भए, जो दाऊदका अर्को छोरा अबशालोमकी आफ्नै बहिनी थिइन् ।
2अमनोन यति निराश भए कि आफ्नी बहिनी तामारको कारणले तिनी बिरामी परे । उनी कन्या थिइन्, र यसैले उनलाई कुनै कुरा गर्न अमनोनलाई असम्भवजस्तै भयो ।
3तर अमनोनका एक जना मित्र थिए जसको नाम योनादाब थियो। तिनी दाऊदका दाजु शिमाहका छोरा थिए । योनादाब साह्रै धूर्त मानिस थिए ।
4योनादाबले अमनोनलाई भने, 'ए राजकुमार, तिमी किन हरेक बिहान निराश हुन्छौ? के तिमी मलाई भन्दैनौ?” यसैले अमनोनले तिनलाई जवाफ दिए, “मेरो भाइ अबशालोमकी बहिनी तामारलाई म प्रेम गर्छु ।”
5तब योनादाबले तिनलाई भने, “आफ्नो ओछ्यान सुतिराख र बिरामी भएको बहाना गर । जब तिम्रो बुबाले तिमीलाई हेर्न आउँछन्, तब उनलाई भन, 'कृपया मलाई केही खाने कुरा दिन र मेरो सामु ती पकाउन कृपया मेरी बहिनी तामारलाई पठाइदिनुहोस्, ताकि म त्यो हेर्न सकूँ र त्यो उनको हातबाट खान सकूँ ।”
6त्यसैले अमनोन पल्टिबसे र बिरामी भएको बहाना गरे । जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “कृपया, मेरी बहिनी तामारलाई मेरो बिरामीपनको निम्ति मेरो सामु खाना बनाउन पठाइदिनुहोस् ताकि म उनको हातबाट खान सकूँ ।”
7अनि दाऊदले आफ्नो दरबारमा तमारलाई खबर पठाए, “अहिले तिम्रो दाजु अमनोनको घरमा जाऊ र तिनको निम्ति खाना तयार पारिदेऊ ।”
8त्यसैले तामार आफ्नो दाजु अमनोनको घरमा गइन् जहाँ तिनी पल्टिरहेका थिए । उनले पिठो लिइन् र तिनले देख्ने गरी पिठो मुछिन् र उनले रोटी पकाइन् ।