२ शमूएल 16:18

अनलक शाब्दिक बाइबल

हूशैले अब्शालोमलाई भने, “होइन, बरु, परमप्रभु र यी मानिसहरू र इस्राएलका सारा मानिसले जसलाई चुनेका छन्, म त्‍यही मानिसको हुने छु र उसैसित म बस्‍ने छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 16:13 : 13 अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।
  • २ शमू 5:1-3 : 1 ¶ त्यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हे्र्नुहोस्, हामी तपाईंकै मासु र हड्‍डी हौं । 2 केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो । परमप्रभुले तपाईंलाई भन्‍नुभयो, 'तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्' ।” 3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 16:19-20
    2 पदहरू
    83%

    19साथै, मैले कुन मानिसको सेवा गर्नु? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु? मैले जसरी तपाईंको बुबाको सामु सेवा गरेको छु त्यसरी नै म तपाईंको सामु सेवा गर्ने छु ।”

    20तब अब्शालोमले अहीतोपेललाई भने, “हामीले के गर्नुपर्छ भन्‍ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् ।”

  • २ शमू 16:15-17
    3 पदहरू
    79%

    15अब्शालोमको र तिनीसँग भएका इस्राएलका सबै मानिसका बारेमामा, तिनीहरू यरूशलेममा आए र अहीतोपेल तिनीसँगै थिए ।

    16जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब हूशैले अब्शालोमलाई भने, “राजा अमर रहुन्! राजा अमर रहुन्!”

    17अब्शालोमले हूशैलाई भने, “तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो? तिमी किन तिनीसित गएनौ?”

  • २ शमू 17:13-15
    3 पदहरू
    76%

    13उनी सहरमा शरण लिन्छन् भने, त्‍यस सहरमा सारा इस्राएलले डोरी ल्याउने छन् र त्यहाँ एउटा सानो ढुङ्गा पनि नभेटिने गरी त्‍यसलाई हामी घिसारेर नदीमा झार्ने छौं ।”

    14अनि अब्बशालोम र इस्राएलका मानिसले भने, “आरकी हूशैको सल्लाह अहीतोपेलको सल्लाहभन्दा राम्रो छ ।” परमप्रभुले अब्शालोममाथि विनाश ल्याउनको निम्ति अहीतोपेलको सल्लाह इन्कार गर्ने निश्‍चय गर्नुभएको थियो ।

    15तब हूशैले सादोक र अबियाथार पुजारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई यस्‍तो-यस्‍तो सल्लाह दिए, तर मैले अरू नै सल्लाह दिएको छु ।

  • २ शमू 17:1-9
    9 पदहरू
    73%

    1¶ त्यसपछि अहीतोपेलले अब्शालोमलाई भने, “अब म बाह्र हजार मानिस छान्‍ने छु र म उठ्ने छु र दाऊदलाई आज राती नै खेदने छु ।

    2तिनी थकित र कमजोर हुँदा नै तिनीकहाँ म पुग्‍ने छु र तिनलाई भयङ्‍कर त्रासमा पार्ने छु । तिनीसँग भएका मानिसहरू भाग्‍ने छन् र म राजालाई मात्र आक्रमण गर्ने छु ।

    3दुलही आफ्नो दुलाहाकहाँ आएजस्तै सबै मानिसलाई म तपाईंकहाँ फर्काएर ल्याउने छु र सबै मानिस तपाईंको अधीनमा शान्तिमा रहने छन् ।”

    4अहीतोपेलले भनेको कुरा अब्शालोम र इस्राएलका सबै धर्म-गुरुलाई मन पर्‍यो ।

    5त्यसपछि अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाऊ र उनले के भन्छन् हामी सुनौं ।”

    6जब हूशै अब्बशालोमकहाँ आए, अब्बशालोमले उनलाई अहीतोपेलले भनेका सबै कुरा बताइदिए र हूशैलाई सोधे, “के हामीले अहीतोपेलले भनेका कुरा गरौं? होइन भने, हामीलाई तपाईंको सल्लाह भन्‍नुहोस् ।”

    7त्यसैले हूशैले अब्शालोमलाई भने, “अहीतोपेलले दिएका सल्लाह यस पटक ठिक छैन ।”

    8हूशैले थपे, “तपाईंले आफ्नो बुबालाई चिन्‍नुहुन्छ र उहाँका मानिसहरू बलिया योद्धाहरू छन्, तिनीहरू तितो छन्, र तिनीहरू मैदानका बच्‍चा खोसिएका भालुहरूजस्ता छन् । तपाईंको बुबा एक योद्धा हुनुहुन्छ । उहाँ आज फौजसँग सुत्‍नुहुने छैन ।

    9हेर्नुहोस्, यति बेला उहाँ सायद कुनै खाडल वा अर्कै ठाउँमा लुकिरहनुभएको छ । आक्रमणको सुरुमा नै तपाईंका केही मानिसहरू मारिए भने सुन्‍ने जोसकैले भन्‍ने छन्, 'अब्शालोमसँग हुनेहरू माझ नरसंहार भएको छ ।'

  • २ शमू 15:31-35
    5 पदहरू
    72%

    31कसैले दाऊदलाई भन्यो, “अहीतोपेल अब्शालोमसँगै षड्यान्त्र गर्नेहरूसित छ ।” त्यसैले दाऊदले प्रार्थना गरे, “हे परमप्रभु, कृपा गरी, अहीतोपेलको सल्लाहलाई मूर्खतामा परिणत गर्नुहोस् ।”

    32यस्‍तो भयो, जब दाऊद बाटोको टाकुरामा आइपुगे जहाँ परमेश्‍वरको आराधना गरिन्थ्यो, तब अरकी हुशै आफ्नो लुगा च्यातेर शिरमा धुलो छरेर दाऊदलाई भेट्न आए, ।

    33दाऊदले तिनलाई भने, “तिमी मसँग गयौ भने, तिमी मेरो निम्ति बोझ बन्‍ने छौ ।

    34तर तिमी सहरमा फर्केर गयौ र अबशालोमलाई यसो भन्यौ भने, 'जसरी म विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै, हे महाराजा, म हजुरको दास हुने छु,' तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ ।

    35के तिमीसँग सादोक पुजारी र अबियाथार हुने छैनन् र? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पुजारी सादोक र अबियाथारलाई भन्‍नुपर्छ ।

  • 21तर इत्तैले राजालाई जवाफ दिए र भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ र जस्‍तो मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मर्न वा बाँच्‍ने जेसुकै परोस् हजुको दास मेरो मालिक महाराजा जुन ठाउँमा जहाँ जानुहुन्छ त्यहीं नै जाने छ ।”

  • 37त्यसैले अब्शालोम सहरभित्र आइपुगेर यरूशलेम प्रवेश गर्दा दाऊदका मित्र हूशै आए ।

  • 13दाऊदकहाँ एक जना दूत यसो भन्‍दै आए, “इस्राएलका मानिसहरूका हृदयहरू अब्शालोमतिर लागेको छ ।”

  • 4त्यसैले राजाले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई जे उत्तम लाग्छ म त्यही गर्ने छु ।” जब सबै फौज सय र हजारको सङ्‍ख्‍यामा निस्‍केर गए, तब राजाचाहिं सहरको ढोकामा खडा भए ।

  • 33अहीतोपेल राजाका सल्‍लाहकार थिए, र अरकी मानिसका हूशै राजाका व्‍यक्‍तिगत सल्‍लाहकार थिए ।

  • 6तब दाऊदले हित्ती अहीमेलेक, योआबका भाइ सरूयाहका छोरा अबीशैलाई भने, “शाऊलको छाउनीमा तल मसँग को जानेछ?” अबीशैले भने, “म! म तपाईंसँग जानेछु ।”

  • 15राजाका सेवकहरूले राजालाई भने, “हेर्नुहोस्, तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्‍नुहुन्छ सो गर्न तयार छन् ।”

  • 6राजाकहाँ न्यायको निम्ति आउने सबै इस्राएलसित अब्शालोमले यसरी नै व्‍यवहार गरे । यसरी अब्शालोमले इस्राएलका मानिसहरूका हृदय चोरे ।

  • 24त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।

  • 26तर उहाँले यसो भन्‍नुहुन्छ भने, 'तँसँग म प्रशन्‍न छैन,' हेर, म यहाँ छु, उहाँलाई जे असल छ सो उहाँले मलाई गर्नुभएको होस् ।”

  • २ शमू 18:29-30
    2 पदहरू
    68%

    29त्यसैले राजाले जवाफ दिए, “त्‍यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन ।”

    30त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए ।

  • २ शमू 15:2-4
    3 पदहरू
    68%

    2अब्शालोम बिहान सबेरै उठ्थे र सहरको ढोकातिर जाने बाटोमा खडा हुन्थे । जब कोही विवाद भएका व्यक्‍ति न्यायको निम्ति राजाकहाँ आउँथ्यो, तब अब्शालोमलले त्यसलाई बोलाउँथे र भन्‍थे, “तपाईं कुन सहरबाट आउनुभएको हो?” अनि त्यो मानिसले जवाफ दिन्थ्यो, “तपाईंको दास इस्राएलको एउटा कुलबाट हो ।”

    3त्यसैले अब्शालोमले त्यसलाई भन्‍थे, “हेर्नुहोस्, तपाईंको मुद्दा असल र ठिक छ तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैले शक्ति दिनुभएको छैन ।”

    4अब्शालोमलले थप्थे, “मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो, ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्‍यो र म त्यसलाई न्याय दिलाउँथे ।”

  • 16'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ ।

  • 8किनकि तपाईंको दासले अरामको गशूरमा बस्दा यसो भनेर एउटा भाकल गरें, “परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने, म परमप्रभुको आराधना गर्ने छु ।”

  • 12आकीशले यसो भन्‍दै दाऊदलाई विश्‍वास गरे, “इस्राएलका मानिसले तिनलाई पूर्ण रूपमा घृणा गर्ने तिनले बनाएका छन् । यसकारण तिनी सदाको निम्ति मेरो सेवक हुनेछन् ।”

  • २ शमू 19:9-10
    2 पदहरू
    67%

    9इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्‍दै आपसमा बहस गर्दै थिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए, र उनले हामीलाई पलिश्‍तीहरूका हातबाट पनि बचाए, तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन् ।

    10हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”

  • 32अब्शालोमले योआबलाई जवाफ दिए, “हेर, मैले तिमीकहाँ यसो भनेर खबर पठाएँ, 'यहाँ आऊ, ताकि तिमीलाई राजाकहाँ म यसो भन्‍नलाई पठाउन सकूँ’ । ‘म गशूरबाट किन आएँ? मलाई त अझै त्यहाँ हुनु नै असल हुन्‍छ। यसकारण अब म राजाको मुख हेर्न पाऊँ र म दोषी छु भने तिनले नै मलाई मारुन् ।'”

  • 24अब्शालोम राजाकहाँ गए र भने, “हे्र्नुहोस्, तपाईंको दासले भेडाको ऊन कत्रन लगेको छ । कृपया, राजा र उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् ।”

  • 4तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो । उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्‍नुभएको छ । यहूदाको कुलमा, र मेरो पिताको परिवारमा, मेरा पिताका छोराहरूमध्‍येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्‍नुभयो ।

  • 32त्यसपछि राजाले कूशीलाई भने, “त्‍यो जवान अब्शालोम ठिकै छ?” ती कूशीले जवाफ दिए, “मेरो मालिक महाराजाका शत्रुहरू र हजूरलाई हानि गर्न खडा हुने सबैलाई त्यो जवान मानिसलाई जस्तै हुनुपर्छ ।”

  • 13मैले झुट बोलेर मेरो जीवनलाई खतरामा पारेको भए (र राजाबाट कुनै कुरा लुक्‍दैन ), तपाईंले मलाई त्यग्‍नुहुने थियो ।”

  • 6तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’

  • 11योआबका मानिसमध्‍ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्‍यो जसले योआबको पक्ष लिन्‍छ र त्‍यो जो दाऊदको पक्षमा छ, त्‍यसले योआबलाई पछ्‍याओस् ।”

  • 40तब तिनले सबै इस्राएललाई भने, “तिमीहरू एकपट्टि खडा हुनुपर्छ, अनि म र मेरो छोरा जोनाथन अर्कोपट्टि खडा हुनेछौं ।” मानिसहरूले शाऊललाई भने, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।”