२ शमूएल 17:12

अनलक शाब्दिक बाइबल

त्यसपछि हामीले उनलाई जहाँ भेट्टाए पनि उनमाथि जाइलाग्‍ने छौं र जमिनमा शीत परेझैं हामीले उनलाई छोप्‍ने छौं । हामीले उनका मानिसहरू वा उनी स्वयम्‌ एउटालाई पनि जीवित छोड्ने छेनौं ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 23:23 : 23 त्यसैले हेर र उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ । पक्‍का सूचना लिएर मकहाँ फर्की आओ, अनि त्‍यसपछि तिमीहरूसँगै म फर्केर जानेछु । ऊ त्यस ठाउँमा छ भने, म उसलाई हजारौं यहूदाका माझमा सबैतिर खोज्‍नेछु ।”
  • १ राजा 20:10 : 10 तब बेन-हददले आहाबलाई जवाफ पठाए, “सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पुग्यो भने पनि देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा कठोर व्यवहार गरून् ।”
  • २ राजा 18:23 : 23 त्यसकारण अब मेरा मालिक अश्शूरका राजाबाट म तपाईंलाई राम्रो प्रस्ताव राख्‍न चाहन्छु । तपाईंले घोडचढीहरू पाउनुभयो भने, म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु ।
  • २ राजा 19:24 : 24 मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु । मैले आफ्‍ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ ।'
  • यशा 10:13-14 : 13 किनकि त्‍यसले भन्‍छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्‍याएको छु । 14 एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्‍ना पखेटाहरू चलाएनन् वा आफ्‍ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।”
  • ओबद 1:3 : 3 ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्‍छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 13उनी सहरमा शरण लिन्छन् भने, त्‍यस सहरमा सारा इस्राएलले डोरी ल्याउने छन् र त्यहाँ एउटा सानो ढुङ्गा पनि नभेटिने गरी त्‍यसलाई हामी घिसारेर नदीमा झार्ने छौं ।”

  • २ शमू 17:9-11
    3 पदहरू
    79%

    9हेर्नुहोस्, यति बेला उहाँ सायद कुनै खाडल वा अर्कै ठाउँमा लुकिरहनुभएको छ । आक्रमणको सुरुमा नै तपाईंका केही मानिसहरू मारिए भने सुन्‍ने जोसकैले भन्‍ने छन्, 'अब्शालोमसँग हुनेहरू माझ नरसंहार भएको छ ।'

    10त्यसपछि सिंहको जस्‍तो हृदय हुने सबैभन्दा सिपाही पनि भयभीत हुने छ, किनभने तपाईंको बुबा वीर योद्धा हुनुहुन्छ भनी सारा इस्राएलले जान्‍दछ र उहाँसँग भएका मानिसहरू धेरै बलिया छन् ।

    11त्यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्या हुनुपर्छ र तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्‍ने सल्लाह म तपाईंलाई दिन्छु ।

  • २ शमू 17:1-3
    3 पदहरू
    76%

    1¶ त्यसपछि अहीतोपेलले अब्शालोमलाई भने, “अब म बाह्र हजार मानिस छान्‍ने छु र म उठ्ने छु र दाऊदलाई आज राती नै खेदने छु ।

    2तिनी थकित र कमजोर हुँदा नै तिनीकहाँ म पुग्‍ने छु र तिनलाई भयङ्‍कर त्रासमा पार्ने छु । तिनीसँग भएका मानिसहरू भाग्‍ने छन् र म राजालाई मात्र आक्रमण गर्ने छु ।

    3दुलही आफ्नो दुलाहाकहाँ आएजस्तै सबै मानिसलाई म तपाईंकहाँ फर्काएर ल्याउने छु र सबै मानिस तपाईंको अधीनमा शान्तिमा रहने छन् ।”

  • 23त्यसैले हेर र उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ । पक्‍का सूचना लिएर मकहाँ फर्की आओ, अनि त्‍यसपछि तिमीहरूसँगै म फर्केर जानेछु । ऊ त्यस ठाउँमा छ भने, म उसलाई हजारौं यहूदाका माझमा सबैतिर खोज्‍नेछु ।”

  • न्या 20:8-11
    4 पदहरू
    73%

    8सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।

    9तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।

    10हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्‍ति खानेकुराको प्रबन्‍ध गर्न राख्‍नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्‍टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”

    11यसैले इस्राएलका सबै सिपाहीहरू त्यस सहरको विरुद्ध एकतावद्ध भएर भेला भए ।

  • यहो 8:5-6
    2 पदहरू
    72%

    5म र मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ, र जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ ।

    6हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् । उनीहरूले भन्‍ने छन्, 'तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ।' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ ।

  • 6जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, यी बेखतनाहरूका चौकीमा पारि जाऔं । सायद परमप्रभुले हाम्रो पक्षमा काम गर्न सक्‍नुहुनेछ, किनकि धेरै वा थोरै जनाबाट बचाउन परमप्रभुलाई कुनै कुराले रोक्‍न सक्दैन ।”

  • 19किनकि कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने, के त्‍यसलाई उसले सुरक्षित साथ जान दिनेछ र? तिमीले आज मेरो निम्ति जे गरेका छौ त्यसको निम्ति परमप्रभुले तिमीलाई असल इनाम दिनुभएको होस् ।

  • 7दाऊदका सिपाहीहरूका सामु त्‍यहाँ इस्राएलका फौजलाई परास्‍त भयो । त्यस दिन त्यहाँ यति ठुलो नरसंहार भयो कि बिस हजार मानिसहरू मारिए ।

  • 10दाऊदले भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमप्रभुले नै तिनलाई मार्नुहुनेछ वा मर्नलाई तिनको दिन आउनेछ वा तिनी युद्धमा जानेछन् र नाश हुनेछन् ।

  • 9तिनीहरूले भन्‍छन्, ‘तिमीहरूकहाँ हामी नआएसम्म त्यहीं पर्ख,' भने— हामी आफ्नै ठाउँमा बस्‍नेछौं र हामी तिनीहरूकहाँ पारि जानेछैनौं ।

  • 36तब शाऊलले भने, “पलिश्‍तीहरूलाई राती गएर पिछा गरौं र बिहानसम्ममा तिनीहरूलाई लूटौं । तिनीहरूलाई एउटै पनि जीवित नछोडौं ।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” तर पुजारी भने, “यहाँ परमेश्‍वरकहाँ जाऔं ।”

  • 17इस्राएललाई लखेट्न नजाने ऐ र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे ।

  • 37हेर्नुहोस्, म खलामा भेडाको ऊन राख्दैछु । यस ऊनमा मात्र शीत पर्‍यो, र जमिनचाहिं पुरै सुक्खा रह्यो भने, तब तपाईंले भन्‍नुभएझैं इस्राएललाई बचाउनलाई तपाईंले मलाई प्रयोग गर्नुहुनेछ भनी म जान्‍नेछु ।”

  • 22भोलि बिहानसम्म यससँग भएका सबै पुरुषहरूमध्ये एक जनालाई पनि मैले छोडें भने म दाऊदलाई यस्‍तै र यो भन्दा बढ्ता होस् ।”

  • न्या 9:32-33
    2 पदहरू
    70%

    32अब, तपाईं र तपाईंका सेनाहरू रातको समयमा उठ्नुहोस्, र मैदानमा आक्रमण गर्नलाई तयार बस्‍नुहोस् ।

    33अनि बिहान, घाम उदाउने बित्तिकै, उठ्नुहोस् र सहरमा आक्रमण गर्नुहोस् । जब तिनी र तिनीसँग भएका मानिसहरू तपाईंको विरुद्धमा बाहिर आउँछन्, तब तिनीहरूलाई के गर्नुपर्छ त्यो गर्नुहोस् ।”

  • 7यहोशू र सबै योद्धा आए । तिनीहरू मेरोमको पानीमा अचानक आए र शत्रुहरूलाई आक्रमण गरे ।

  • 37कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍ने छौ र एक-अर्कासँग ठोकिने छौ । तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुने छैन ।

  • 46आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्,

  • 22त्यसपछि दाऊद र तिनीसँग भएका सबै मानिस उठे र तिनीहरूले यर्दन नदी तरे । बिहान उज्‍यालो हुँदासम्मा तीमध्‍ये यर्दन तर्न बाँकी कोही पनि थिएन ।

  • 12तब रातमा राजा उठे र आफ्ना सेवकहरूलाई भने, “अब अरामीहरूले हामीलाई के गरेका छन् भनी म तिमीहरूलाई भन्‍नेछु । हामी भोकाएका छौँ भनी तिनीहरूलाई थाहा छ । त्यसैले तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्‍न गएका छन् । तिनीहरू भन्दैछन्, 'जब तिनीहरू सहरबाहिर आउँछन्, तब हामी तिनीहरूलाई जिउँदै समात्‍ने छौँ, र सहरभित्र पस्‍नेछौँ’ ।”

  • १ शमू 17:25-26
    2 पदहरू
    70%

    25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”

    26दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”

  • 9दाऊदले त्यो देशलाई आक्रमण गरे र न पुरुष न त स्‍त्रीलाई जीवित राखे । तिनले भेडाहरू, गोरुहरू, गधाहरू, ऊँटहरू र लुगाफाटा लगे । तिनी फर्कन्‍थे र आकीशकहाँ आउँथे ।

  • 15दाऊदले उसलाई भने, “के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?” त्‍यो मिश्रीले भने, “तपाईंले मलाई मार्नुहुन्‍न वा मलाई मेरो मालिकको हातमा सुम्‍पनुहुन्‍न भनी परमेश्‍वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।”

  • 15भेट्टाइएका हरेक व्‍यक्‍तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्‍यक्‍ति तरवारले मर्नेछ ।

  • 20यसकारण अभ, मेरो रगत परमप्रभुको उपस्थितिबाट टाढा पृथ्वीमा नबगोस् । किनभने इस्राएलका राजा शिकारीले तित्रालाई पहाडहरूमा खेदेझैं एउटा उपियाँलाई खोज्‍न निस्केर आएका छन् ।”

  • 52त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।

  • 7याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन् । तिनीहरू परमप्रभुबाटको शीत, र घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस, वा मानिस जातिका सन्तानलाई पर्खंदैनन् ।

  • 9त्यो रात परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।

  • 12हेर, परमेश्‍वर हाम्रा शिरमा हामीसँग हुनुहुन्छ, र उहाँका पुजारीहरू तिमीहरूका विरुद्धमा खतराको संकेत दिनलाई तुरही लिएर यहाँ छन् । हे इस्राएलका मानिसहरू हो, परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा युद्ध नगर, किनकि तिमीहरू सफल हुनेछैनौ ।”

  • 12तब चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्‍नेलाई बोलाए र भने, “हामीकहाँ आओ र तिमीहरूलाई हामी केही कुरा देखाउनेछौं ।” जोनाथनले आफ्नो हतियार बोक्‍नेलाई भने, “मेरो पछि आऊ, किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलको हातमा दिनुभएको छ ।”

  • 8दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, “के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्‍छु?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्‍चय नै भेट्टाउनेछस् र तैंले निश्‍चय नै सबै थोक छुटाउनेछस् ।”

  • 23तब दाऊदले भने, “ मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्‍तो व्‍यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।

  • 22जब एफ्राइम नजिकको पहाडतिर लुकेका इस्राएलका सबै मानिसले पलिश्‍तीहरू भागिरहेका छन् भनी सुने, तब तिनीहरूले पनि उनीहरूलाई युद्धमा खेदे ।

  • 7तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्‍तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्‍यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए ।

  • 20अब हे राजा तल आउनुहोस्, तपाईंको इच्छाअनुसार तल आउनुहोस् । हाम्रो काम भनेको तिनलाई राजाको हातमा सुम्‍पने हुनेछ ।”

  • 29तपाईंको ज्यान लिनलाई मानिसहरूले तपाईंलाई लखेटे तापनि मेरो मालिकको जीवनलाई परमप्रभु तपाईंका परमेश्‍वरले जीवितहरूको मुट्ठामा बाँध्‍नुहुनेछ । अनि उहाँले तपाईंका शत्रुहरूको जीवनलाई घुँयत्रोको पाकेटबाट फालेझैं फाल्‍नुहुनेछ ।