लैव्यव्यवस्था 26:37

अनलक शाब्दिक बाइबल

कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍ने छौ र एक-अर्कासँग ठोकिने छौ । तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुने छैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 7:12-13 : 12 परिणामस्वरूप, इस्राएलका मानिसहरू तिनीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनन् । तिनीहरूले आफ्ना शत्रु सामु तिनीहरूका पीठ फर्काएका छन् किनभने तिनीहरू स्वयम्‌लाई नै विनाशको निम्ति अलग गरिएका छन् । तिमीहरूमाझ अझै रहेको ती विनाश पारिनुपर्ने थोकहरू नष्‍ट नपारेसम्म म तिमीहरूसँग हुने छैनँ । 13 उठ् । मानिसहरूलाई मेरो निम्ति शुद्ध पार् र तिनीहरूलाई भन्, 'आ-आफूलाई भोलिको निम्ति शुद्ध पार । किनभने इस्राएलका परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “ तिमीहरू इस्राएलकामाझ नष्‍ट पारिनुपर्ने थोकहरू अझै छन् । नष्‍ट पारिनलाई अलग गरिका थोकहरूलाई तिमीहरूका माझबाट नहटाएसम्म तिमीहरू तिमीहरूका शत्रुहरूका सामु खडा हुन सक्दैनौ ।”
  • न्या 2:14 : 14 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो, र उहाँले तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो । उहाँले तिनीहरूलाई दासहरूझैं बेचिदिनुभयो र तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए, यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन् ।
  • न्या 7:22 : 22 जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।
  • १ शमू 14:15-16 : 15 छाउनी, मैदान र मानिसहरू माझ त्रास फैलियो । चौकीहरू र लुट्ने टोलीहरू पनि त्रासित भए । पृथ्वी हल्लियो र त्यहाँ ठुलो त्रास छायो । 16 त्यसपछि बेन्यामीनको गिबामा रहेको शाऊलका पहरा बस्‍नेले देख्यो । पलिश्‍ती सिपाहीहरूका भीड तितरबितर भइरहेको थियो र तिनीहरू यताउता गरिरहेका थिए ।
  • यशा 10:4 : 4 कुनै पनि कुरा बाँकी रहँदैन र कैदीहरूका माझमा तिमीहरू झुक्‍नेछौ वा मारिएकाहरू माझमा ढल्नेछौ । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु उहाँको हात अझै पसारिएकै छ ।
  • यिर्मि 37:10 : 10 तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको, जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् र यस सहरलाई जलाउनेछन् ।”
  • गिन 14:42 : 42 नजाओ, किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्‍न ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 36तिमीहरूका दुश्‍मनका देशमा छोडिएकाहरूका हृदयहरूमा यस्तो डर हालिदिने छु, कि हावाले पात हल्‍लाउँदा आउने आवाजले तिमीहरूलाई झस्‍काउने छ, र तिमीहरू तरवारबाट टाढा भागेझैँ दौडने छौ । कसैले तिमीहरूलाई नखेदेको भए पनि तिमीहरू लड्‍ने छौ ।

  • लैव्य 26:7-8
    2 पदहरू
    85%

    7तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन् ।

    8तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन् ।

  • लैव्य 26:38-39
    2 पदहरू
    83%

    38तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ ।

    39तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् ।

  • लैव्य 26:16-17
    2 पदहरू
    82%

    16म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् ।

    17म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ ।

  • व्यव 28:25-26
    2 पदहरू
    79%

    25परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।

    26तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन ।

  • यो 2:7-8
    2 पदहरू
    78%

    7शक्तिशाली लडाकुहरूझैं तिनीहरू दौडन्‍छन्, सेनाहरूझैं तिनीहरू पर्खालहरूमा चढ्‍छन्, तिनीहरू हरेक व्‍यक्‍ति पङ्तिवद्ध भएर हिंड्‍छन्, र आफ्नो पङ्तिलाई बिगार्दैनन् ।

    8न त एउटाले अर्कालाई धक्‍का दिन्छन् । तिनीहरू प्रत्‍येक नै आ-आफ्नै बाटोमा हिंड्छन् । तिनीहरू सुरक्षाबलहरूलाई तोड्‍दै अघि बढ्छन्, र आफ्नो लाइनभन्‍दा बाहिर पुग्दैनन् ।

  • यशा 13:14-15
    2 पदहरू
    77%

    14लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।

    15भेट्टाइएका हरेक व्‍यक्‍तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्‍यक्‍ति तरवारले मर्नेछ ।

  • 16उहाँले ठक्‍कर खानेहरूको सङ्ख्या बढाउनुहुन्‍छ । हरेक सिपाही अर्कोमा ढल्‍नेछ । तिनीहरू भन्दैछन्, 'खडा होऊ । हामी घर जाऔं । हाम्रा आफ्नै मानिसहरूकहाँ, हाम्रो आफ्नै मातृभूमिमा जाऔं । हामीलाई प्रहार गर्ने यो तरवारलाई हामी छोडौं ।'

  • लैव्य 26:32-33
    2 पदहरू
    76%

    32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् ।

    33म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।

  • 40तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ ।

  • 25कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ ।

  • 7तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन्, तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्‍ने छन् ।

  • 17एक जनाको धम्‍कीले एक हजार जना भाग्‍नेछन् । पाँच जनाको धम्‍कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डाजस्तो नभएसम्म भाग्‍नेछौ ।

  • 12तँसँग झगडा गर्नेहरूलाई तैंले खोज्‍नेछस् र पाउनेछैनस् । तँसँग युद्ध गर्नेहरू बेकामको हुनेछन् र पुर्ण रूपमा बेकामको हुनेछन् ।

  • 43त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।”

  • 25बाहिर खेतबाट नजाओ, र सडकहरूमा नहिंड, किनकि शत्रुका तरवार र त्रास चारैतिर छन् ।

  • 73%

    16तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन् । तिनीहरू सबै सिपाही हुन् ।

    17त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।

  • 25तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।

  • 8तिनीहरूलाई ठेस खानेछन् । किनभने तिनीहरूका जिब्रोहरू तिनीहरूका विरुद्धमा छन् । तिनीहरूलाई देख्‍ने सबै जनाले आफ्‍ना मुन्टो हल्लाउनेछन् ।

  • 9किनभने परमप्रभुले ठुलो र बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको छ, आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन ।

  • 65यी जातिहरूका बिचमा तिमीहरूले चैन पाउने छैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुने छैन । बरु, त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्‍ने ह्रदय, थाक्‍ने आँखा र शोक गर्ने प्राण दिनुहुने छ ।

  • 5ठुलो सङ्‍ख्‍यामा भएका तेरा आक्रमणकारीहरू मसिनो धूलोजस्ता हुनेछन् र असंख्या निर्दयीहरू उडेर जाने भुसजस्तै हुनेछन् । यो तुरुन्तै, एकै क्षणमा नै हुनेछ ।

  • 9तेरो पर्खालमा हिर्काउनलाई त्‍यसले मूढाहरू राख्‍नेछ, र त्‍यसका हतियारले तेरा धरहराहरू ढाल्‍नेछ ।

  • 27परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिनुहुने छ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने छ ।

  • 5युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।

  • 14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।

  • 8अश्शूर तरवारले ढल्‍नेछ । मानिसले नचालाएको तरवारद्वारा त्यो नाश हुनेछ । त्यो तरवारबाट भाग्‍नेछ र त्यसका जवान मानिसहरूलाई सित्तैंका काम गर्न लगाइनेछ ।

  • 15धनुधारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचडीले आफैंलाई बचाउन सक्‍नेछैन ।

  • 5म यहाँ के देख्दैछु? तिनीहरू त्रासले भरिएका छन्, र टाढा भाग्दैछन्, किनकि तिनीहरूका सिपाहीहरू पराजित भएका छन् । सुरक्षाको लागि तिनीहरूको भाग्दैछन्, र पछाडि फर्केर हेरिरहेका छैनन् । त्रास चारैतिर छ, यो परमप्रभुको घोषणा हो—

  • 10तेरो विषयमा म धेरै जना मानिसलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्‍नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्‍येक व्‍यक्‍ति हर घडी काँप्‍नेछ ।

  • 38मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् । तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन् ।

  • 15घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन्‌ । खेतमा हुनेहरू तरवारले मारिनेछन्‌, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्‍ट हुनेछन्‌ ।

  • 13त्यस दिन तिनीहरूका बिचमा परमप्रभुको त्यो महान् भय छाउनेछ । हरेकले अर्को व्यक्तिको हात समाउनेछ, र एउटाको हात अर्काको विरुद्ध उठ्नेछ ।

  • 25त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्‍नेछन्, तर त्‍यहाँ केही हुनेछैन ।

  • 43किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।

  • 20तिमीहरूको मेहनत व्यर्थ हुने छ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन, र तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन् ।

  • 27थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ र लज्‍जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् ।

  • 26तिनको मिठा भोजन खानेहरूले समेत तिनलाई नाश गर्न खोज्नेछन् । बाढीले झैं तिनका सेना बगाइनेछ, र तीमध्‍ये धेरै जना मारिनेछन् ।

  • 27म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।

  • 11त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ ।

  • 3'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ ।

  • 17हरेक हात शिथिल हुनेछ र हरेक घुँडा पानीझैं निर्बल हुनेछ,