यशैया 41:12

अनलक शाब्दिक बाइबल

तँसँग झगडा गर्नेहरूलाई तैंले खोज्‍नेछस् र पाउनेछैनस् । तँसँग युद्ध गर्नेहरू बेकामको हुनेछन् र पुर्ण रूपमा बेकामको हुनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 37:35-36 : 35 दुष्‍ट र डरलाग्‍दा व्यक्‍ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु । 36 तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।
  • अय्यू 20:7-9 : 7 त्‍यस्‍तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्‍ट हुनेछ । उसलाई देखेकाहरूले सोध्‍नेछन्, 'ऊ कहाँ छ?' 8 ऊ सपनाझैं हराउनेछ, र भेट्टाइने छैन । वास्तवमा ऊ रातको दर्शनझैं लुप्‍त हुनेछ । 9 उसलाई देखेका आँखाले फेरि उसलाई देख्‍नेछैन । उसको ठाउँले फेरि उसलाई देख्‍नेछैन ।
  • यशा 17:14 : 14 हेर, साँझमा त्रास! बिहान हुनअगि ती बितिजानेछन्! हामीलाई लूट्नेहरू, हामीलाई डकैती गर्नेहरूको भाग यस्‍तै हुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 41:10-11
    2 पदहरू
    87%

    10नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।

    11हेर, तँसँग रिसाएकाहरू सबै जना, तिनीहरू लज्‍जित र अपमानित हुनेछन् । तेरो विरोध गर्नेहरू, तिनीहरू बेकामको हुनेछन् र नाश हुनेछन् ।

  • 19तिनीहरू तेरो विरुद्धमा लड्नेछन्, तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तेरो उद्धार गर्न म तँसितै हुनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • लैव्य 26:37-38
    2 पदहरू
    74%

    37कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍ने छौ र एक-अर्कासँग ठोकिने छौ । तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुने छैन ।

    38तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ ।

  • 15हेर्, कसैले कष्‍ट ल्यायो भने, त्‍यो मबाट हुनेछैन । तँमाथि कष्‍ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ ।

  • 13किनकि म, परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।'

  • भजन 21:8-9
    2 पदहरू
    71%

    8तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्‍नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्‍नेछ ।

    9तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।

  • 21तँमाथि म विपति ल्याउनेछु, र सधैंको निम्‍ति तँ फेरि कहिलै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • 25त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्‍नेछन्, तर त्‍यहाँ केही हुनेछैन ।

  • 11तर शक्तिशाली योद्धाझैं परमप्रभु मसित हुनुहुन्छ । त्यसैले मेरो पिछा गर्नेहरू ठेस खाएर लड्नेछन् । तिनीहरूले मलाई पराजित गर्नेछैनन् । तिनीहरू अत्यन्तै लज्‍जित हुनेछन्, किनकि तिनीहरू सफल हुनेछैनन् । तिनीहरूको लाजको अन्त्य हुनेछैन, त्‍यो कहिल्यै बिर्सिनेछैन ।

  • 7तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन् ।

  • 20यी मानिसको निम्ति म तँलाई छेड्नै नसकिने काँसाको पर्खालजस्तै बनाउनेछु, र तिनीहरूले तेरो विरुद्धमा युद्ध छेड्नेछन् । तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तँलाई बचाउन र छुटकारा दिन म तँसितै हुन्‍छु, यो परमप्रभुको घोषणा हो ।

  • 22तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्‍टको पाल फेरि रहनेछैन ।”

  • 16त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्‍नेहरू सबैको म बिगार गर्नेछु ।

  • 40तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ ।

  • 12तिमीहरूका सबै धर्मिक कामहरू घोषणा म गर्ने र तिमीहरूले गरेका सबै कुरा भन्‍नेछु, तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन् ।

  • यशा 47:14-15
    2 पदहरू
    70%

    14हेर, ती परालको झ्‍यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्‍वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्‍नलाई आगो छैन!

    15तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्‍नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्‍ने त्‍यहाँ कोही छैन ।”

  • 12परमप्रभुको वचनको खोज्‍नलाई तिनीहरू एक समुद्रदेखि अर्को समुद्रसम्‍म धर्मराउनेछन्, र उत्तरदेखि पूर्वसम्म दौडनेछन्, तर तिनीहरूले त्यो भेट्टाउनेछैनन् ।

  • 17म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ ।

  • 12राज्य भन्‍नलाई त्यसका भारदारसँग कुनै कुरा रहनछैन, र त्यसका सबै शासकहरू छन् भन्‍ने नै हुनेछन् ।

  • 21किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ र डराउनुहुन्‍छ ।

  • व्यव 7:23-24
    2 पदहरू
    69%

    23तर तिमीहरू तिनीहरूसित युद्ध गर्न जाँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूमाथि तिमीहरूलाई विजयी तुल्याउनुहुने छ ।

    24उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूको शक्तिमुनि ल्याउनुहुने छ र तिमीहरूले आकाशमुनि तिनीहरूका नाउँ मेटिदिने छौ । तिनीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म कोही पनि तिमीहरूका सामु खडा हुन सक्दैन ।

  • 5ठुलो सङ्‍ख्‍यामा भएका तेरा आक्रमणकारीहरू मसिनो धूलोजस्ता हुनेछन् र असंख्या निर्दयीहरू उडेर जाने भुसजस्तै हुनेछन् । यो तुरुन्तै, एकै क्षणमा नै हुनेछ ।

  • 22तिनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूको पक्षमा लड्नुहुने छ ।'

  • 24हेर्, मूर्तीहरू केही पनि होइनन्, र तिमीहरूका कामहरू केही पनि होइनन् । तिमीहरूलाई रोज्‍ने मानिस घृणित हुन्छ ।

  • 5युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।

  • 12वास्तवमा, तेरो सेवा नगर्ने जातिहरू र राज्यहरू नाश हुनेछन् । ती जातिहरू पुर्ण रूपमा नष्‍ट पारिनेछ ।

  • २ शमू 22:41-42
    2 पदहरू
    69%

    41तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।

    42तिनीहरूले सहायताको निम्ति पकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।

  • 14परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।”

  • 9तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् र त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ ।

  • 6तिमीहरूका जीवनभर तिमीहरूले तिनीहरूका शान्ति वा उन्‍नतिको खोजी नगर्नू ।

  • 17उहाँको सामु सबै जातिहरू अपर्याप्‍त छन् । उहाँले तिनीहरूलाई केही जस्‍तो पनि ठान्‍नुहुन्‍न ।

  • 28तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।

  • 12तर तिनीहरूले तिमीहरूसित कुनै शान्ति सम्झौता गर्नुको साटो तिमीहरूको विरुद्धमा युद्ध गर्न आए भने तब तिमीहरूले सहरलाई घेरा हाल्नू,

  • 5डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्कर डरमा हुन्‍छन् । किनकि तिमीहरू विरुद्ध पाल टाँग्‍नेहरूका हाडहरू परमेश्‍वरले छरपस्ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।

  • 25परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।

  • 5तर के तँचाहिं आफ्नै निम्ति ठुला-ठुला कुराहरूको आशा गर्छस्? त्यसको आशा नगर् । किनकि हेर्, सारा मानव-जातिमाथि विपत्ति आउँदैछ, यो परमप्रभुको घोषणा हो— तर तँ जहाँ जानेछस्, त्यहाँ म तेरो जीवन तेरो लुटको रूपमा तँलाई नै दिनेछु' ।”

  • 7महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो ।

  • 26त्यसैले तिनीहरूले भवनको कुने-ढुङ्गो वा जग बसाल्न तँबाट कुनै कुनै ढुङ्गा लिनेछैनन् । किनकि तँ सदाको निम्ति सर्वानाश हुनेछस्, यो परमप्रभुको घोषणा हो ।

  • 11हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्‍नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्‍ट पार्नेछ ।

  • 19मानिसहरूका माझमा तँलाई चिन्‍नेहरू तँलाई देखेर भयभीत हुनेछन्‌ । तिनीहरू डराउनेछन्, र तँ फेरि कहिल्‍यै रहनेछैनस्‌' ।”

  • 17तेरा छोराछोरी फर्कन हतारिंदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् ।

  • 14तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्‍चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्‍ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।

  • 9“त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु ।

  • 9तिमीहरूले परमप्रभुको विरुद्ध के षड्यन्त्र गर्दैछौ? उहाँले पूर्णरूपमा त्यो अन्त गर्नुहुनेछ । समस्या दोस्रो पटक आइपर्नेछैन ।