मीका 5:9

अनलक शाब्दिक बाइबल

तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् र त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 26:11 : 11 हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्‍नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्‍ट पार्नेछ ।
  • भजन 21:8 : 8 तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्‍नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्‍नेछ ।
  • भजन 106:26 : 26 यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ,
  • यशा 1:25 : 25 म आफ्‍ना हात तिमीहरूका विरुद्ध उठाउनेछु, अशुद्ध मिश्रण हटाएझैं तिमीहरूका मैला शुद्ध पार्नेछु र तिमीहरूका सबै मैलाहरू हटाउनेछु ।
  • यशा 11:14 : 14 बरु, तिनीहरूले पश्‍चिमका पलिश्‍तीहरूका पर्वतहरूमाथि झम्टनेछन् र तिनीहरू एकसाथ मिलेर पुर्वका मानिसहरूलाई लूट्नेछन् । तिनीहरूले एदोम र मोआबलाई आक्रमण गर्नेछन् र अम्‍मोनका मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्नेछन् ।
  • यशा 14:2-4 : 2 जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्‍ना अत्याचारीहरूमाथि राज्‍य गर्नेछन् । 3 त्‍यो दिनमा तिमीहरूका कष्‍ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्‍छ, 4 तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्‍य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्‍य भयो!
  • यशा 33:10 : 10 परमप्रभु भन्‍नुहुन्छ, “अब म उठ्नेछु, अब म उच्‍च पारिनेछु; म अब उचालिनेछु ।
  • यशा 37:36 : 36 तब परमप्रभुको दूत गए र अश्शूरीको छाउनीमा आक्रमण गरेर १,८५,००० सिपाहीहरूलाई मारे । बिहान सबेरै मानिसहरू उठे, तब लाशहरू जताततै छरिएका थिए ।
  • लू 19:27 : 27 तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”
  • १ कोरि 15:25 : 25 किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्‍जेलसम्म उहाँले शासन गर्नुहुनेछ ।
  • प्रका 19:13-21 : 13 उहाँले रगतमा चोबलिएको वस्‍त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्‍वरको वचन भनेर बोलाइन्थ्यो ।” 14 मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे । 15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ । 16 उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ । 17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ । 18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।” 19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए । 20 उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो । 21 तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।
  • प्रका 20:8-9 : 8 पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् । 9 तिनीहरू पृथ्वीको चारैतिर गएर विश्‍वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो ।
  • भजन 10:12 : 12 हे परमप्रभु, उठ्‍नुहोस्! हे परमेश्‍वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 21:8-9
    2 पदहरू
    78%

    8तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्‍नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्‍नेछ ।

    9तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।

  • मीका 5:10-12
    3 पदहरू
    77%

    10परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन यस्तो हुनेछ । म तिमीहरूका बिचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र तिमीहरूका रथहरू भत्‍काइदिनेछु ।

    11तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु ।

    12म तिमीहरूका बिचमा भएको तन्त्रमन्त्र नष्‍ट पार्नेछु, र तिमीहरूका बिचमा कोही पनि भविष्यवक्ताहरू हुनेछैनन् ।

  • 11हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्‍नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्‍ट पार्नेछ ।

  • 6हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ ।

  • 24यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।

  • 42तपाईंले त्यसको शत्रुहरूको दाहिने हात उठाउनुभएको छ । त्यसका सबै शत्रुलाई तपाईंले आनन्‍दित बनाउनुभएको छ ।

  • 9वास्‍तवमा, हे परमप्रभु, आफ्‍ना शत्रुहरूलाई हेर्नुहोस् । वास्‍तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।

  • 3भयङ्कर रिसले उहाँले इस्राएलको हरेक सिङ काटिदिनुभएको छ । उहाँले शत्रुकै सामुन्‍ने आफ्नो दाहिने हात हटाउनुभएको छ । उहाँले याकूबलाई चारैतिर भस्म गर्ने दन्कँदो आगोले जलाउनुभएको छ ।

  • 7तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन् ।

  • 5उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्‍नो विश्‍वस्‍ततामा तिनीहरूको नाश गर्नुहोस्!

  • 19अनि परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक ।

  • 41तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।

  • 16त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्‍नेहरू सबैको म बिगार गर्नेछु ।

  • 40मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।

  • 8ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌ ।

  • 29ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।

  • 9“तिनीहरूमाथि म आफैँ आफ्ना हात टक्‍टक्याउनेछु, र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्नेछन्।” त्यसपछि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।

  • यशा 9:11-12
    2 पदहरू
    72%

    11यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ र उसका शत्रुहरूलाई,

    12पुर्वका अरामीहरू र पश्‍चिमका पलिश्‍तीहरू उक्साउनुहुनेछ । तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन् । यी सबै कुराले उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।

  • 3तब तेरो देब्रे हातमा भएको धनुलाई म हिर्काउनेछु र तेरो दाहिने हातबाट काँडहरूलाई खसाल्‍नेछु ।

  • 3जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु ठेस खान्छन् र विनाश हुन्छन् ।

  • 4तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्‍ति म तिनीहरूमाथि आफ्‍ना आँखा लगाउनेछु ।”

  • 17परमप्रभुले जे गर्ने योजना बनाउनुभयो, त्यही गर्नुभएको छ । उहाँले आफ्नो वचन पुरा गर्नुभएको छ । उहाँले दया नदेखाइकन तँलाई फ्याँकिदिनुभएको छ, किनकि उहाँले तँलाई देखेर तेरो शत्रुलाई रमाउने अनुमति दिनुभएको छ । उहाँले तेरा शत्रुहरूको सिङ उठाउनुभएको छ ।

  • 17म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ ।

  • 10‘विपत्तिले हामीलाई उछिन्‍ने वा छुनेछैन’ भन्‍नेहरू, मेरा मानिसहरूमध्येका सबै पापीहरू तरवारद्वारा मारिनेछन् ।

  • 23त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु । त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु ।

  • १ शमू 24:12-13
    2 पदहरू
    71%

    12तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्‍ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।

    13जस्‍तो पुरानो उखान छ, 'दुष्‍टबाट नै दुष्‍टता निस्‍कन्‍छ ।' तर मेरा हात तपाईंको विरुद्धमा हुनेछैन ।

  • 2परमप्रभुले सियोनबाट तपाईंको शक्तिको राजदण्ड पसार्नुहुनेछ । तपाईंका शत्रुहरूमाथि राज्‍य गर्नुहोस् ।

  • 8याकूबका बाँकी रहेकाहरू राष्‍ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन ।

  • 9“त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु ।

  • 7यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।

  • 13त्यस दिन तिनीहरूका बिचमा परमप्रभुको त्यो महान् भय छाउनेछ । हरेकले अर्को व्यक्तिको हात समाउनेछ, र एउटाको हात अर्काको विरुद्ध उठ्नेछ ।

  • 15परमप्रभुले तेरो दण्ड तँबाट टाढा गरिदिनुभएको छ, तेरा शत्रुहरूलाई धपाइदिनुभएको छ । तेरो बिचमा परमप्रभु इस्राएलका राजा हुनुहुन्छ । अबदेखि उसो तैँले दुष्‍टको भय मान्‍नेछैनस् ।

  • 25परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ ।

  • 13तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्‍च छ ।

  • 14तिमीहरूले यो देख्‍नेछौ र तिमीहरूको हृदय आनन्दित हुनेछ, तिमीहरूका हड्‍डीहरू कलिलो घाँसझैं पलाउनेछ । परमप्रभुको बाहुलीले आफ्‍ना सेवकहरूलाई प्रकट गर्नेछ, तर आफ्ना शत्रहरूका विरुद्धमा उहाँले आफ्‍नो रिस प्रकट गर्नुहुनेछ ।

  • 9ए तेमान, तेरा बलवान मानिसहरू निराश हुनेछन्, जसको कारणले एसावका पहाडबाट सबै मानिसहरू काटिएर सखाप हुनेछन् ।

  • 5तपाईंद्वारा नै हामी आफ्‍ना शत्रुहरूलाई धकेल्‍नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।

  • 7तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन्, तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्‍ने छन् ।

  • 31हेर्, मैले तेरो बल र तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ, ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन ।

  • 25यसकारण परमप्रभुको रिस उहाँका मानिसहरूका विरुद्ध दन्किएको छ । उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुभएको छ । पहडाहरू काँप्छन् र तिनीहरूका लाशहरू गल्‍लीहरूमा फोहोर झैं छन् । यी सबै कुरामा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएको छ ।

  • 7परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई घृणा गर्ने र तिमीहरूको खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि यी सबै श्राप ल्याउनुहुने छ ।

  • 38तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ ।

  • 9तँ जहाँजहाँ गए तापनि म तँसँगै गएको छु । मैले तेरा सबै शत्रुलाई तेरो सामुन्‍नेबाट नामेट पारेको छु । अब म तेरो नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु ।

  • 27अनन्त परमेश्‍वर शरणस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ अनन्त पाखुरा छन् । उहाँले तिमीहरूका सामुन्‍नेबाट शत्रुलाई धपाउनुहुने छ, र उहाँले भन्‍नुभयो, “नाश पार्!”