यहेज्केल 39:3

अनलक शाब्दिक बाइबल

तब तेरो देब्रे हातमा भएको धनुलाई म हिर्काउनेछु र तेरो दाहिने हातबाट काँडहरूलाई खसाल्‍नेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 76:3 : 3 त्यहाँ उहाँले धनुको काँड, तरवार, ढाल र युद्धका अन्य हतियारहरू नष्‍ट गर्नुभयो । सेला
  • हो 1:5 : 5 त्यस दिनमा यिजरेलको बेसीमा म इस्राएलको धनु भाँचिदिनेछु ।”
  • यिर्मि 21:4-5 : 4 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, तेरो हातमा लडाइँका जुन हतियारहरू छन्, जसद्वारा तैंले बेबिलोनका राजा र तँलाई पर्खालबाहिर घेराबन्दी गर्ने कल्दीहरूको विरुद्धमा लड्दैछस्, ती हतियारहरू म तेरै विरुद्धमा चलाउन लागेकोछु । किनकि म तिनलाई यस सहरको बिचमा जम्मा गर्नेछु । 5 तब पसारिएको हात, शक्तिशाली पाखुरा, क्रोध, बदला र भयङ्कर रिसले म आफै तेरो विरुद्धमा लड्नेछु ।
  • यहे 20:21-24 : 21 तर तिनीहरूका छोराछोरीले मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरा उर्दीहरूमा हिंडेनन्, न त मेरा व्‍यवस्‍थाहरू पालन गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, यसैले मेरो क्रोध शान्त पार्न मैले उजाड-स्‍थान आफ्‍नो रिस तिनीहरूका विरुद्धमा खन्‍याउने निश्‍चय गरें । 22 तर मैले आफ्‍नो हात फर्काएँ, र मेरो नाउँको खातिर काम गरें यसरी मैले इस्राएलीहरूलाई निकालेर ल्‍याएको देखेका जातिहरूका दृष्‍टिमा त्‍यो अपवित्र नहोस्‌ । 23 तिनीहरूलाई म जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पार्नेछु भनेर तिनीहरूसित उजाड-स्‍थान एउटा शपथ खानलाई म आफैले पनि आफ्‍नो हात उठाएँ । 24 तिनीहरूले मेरा नियमहरू नमानेका हुनाले र तिनीहरूले मेरा विधिहरूलाई इन्‍कार गरेका र मेरा शबाथहरूलाई बिटुलो पारेका हुनाले मैले यसो गर्ने निर्णय गरें । तिनीहरूका आँखाहरूले आफ्‍ना पुर्खाहरूका मूर्तिहरूको लालसा गरे ।
  • भजन 46:9 : 9 उहाँले युद्धहरूलाई पृथ्वीको अन्तसम्म बन्‍द गराउनुहुन्छ । उहाँले धनुहरू भाँच्‍नुहुन्‍छ र भालाहरू काट्नुहुन्‍छ । उहाँले ढालहरूलाई जलाउनुहुन्‍छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 39:4-5
    2 पदहरू
    83%

    4तँ र तेरा सबै फौज, अनि तँसँग भएका सिपाहीहरू इस्राएलका पर्वतहरूमा मर्नेछन् । तँलाई म शिकारी चराहरू र जमिनका जङ्गली पशुहरूलाई आहाराको निम्ति दिनेछु ।

    5यो परमप्रभु परमेश्‍वरको घोषणा हो, तँ खुला मैदानमा मर्नेछस्, किनकि म आफैंले यो घोषणा गर्छु ।

  • 2तँलाई म फर्काउनेछु र तँलाई लानेछु । टाढा उत्तरबाट म तँलाई माथि ल्याउनेछु र तँलाई इस्राएलका पर्वतहरूमा पुर्‍याउनेछु ।

  • यहे 32:4-5
    2 पदहरू
    76%

    4तँलाई म देशमा त्याग्‍नेछु । म तँलाई मैदानमा फल्‍नेछु र आकाशका सबै चरालाई तँमाथि बस्‍न लगाउनेछु । पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ ।

    5किनकि पर्वतहरूमा म तेरो मासु छर्नेछु, र तेरो किरा-परेको लासहरूले बेसीहरूलाई भर्नेछु ।

  • यहे 39:9-10
    2 पदहरू
    75%

    9इस्राएलका सहरहरूमा बस्‍नेहरू बाहिर जानेछन् र तिनीहरूले आगो सल्काउन र ती बाल्नको निम्ति हतियारहरू अर्थात् साना ढालहरू र ठुला ढालहरू, धनुहरू, काँडहरू, लाठीहरू र भालाहरू प्रयोग गर्नेछन् । तिनीहरूले सात वर्षसम्म यिनैले आगो बाल्नेछन् ।

    10तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् । तिनीहरूबाट लान इच्‍छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् । तिनीहरूलाई लुट्‍न इच्‍छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • 23म तिनीहरूमाथि विपत्तिको थुप्रो ल्याउने छु । म तिनीहरूमा मेरा सबै काँड चलाउने छु ।

  • लैव्य 26:32-33
    2 पदहरू
    75%

    32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् ।

    33म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।

  • 3इस्राएल देशलाई यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्‍छः हेर्, म तेरो विरुद्धमा छु । म आफ्‍नो तरवार त्‍यसको म्‍यानबाट थुत्‍नेछु र तेरा धर्मी मानिस र दुष्‍ट मानिस दुवैलाई काट्नेछु ।

  • 31म मेरो क्रोध तँमाथि खन्‍याउनेछु! तेरो विरुद्धमा दन्‍केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु ।

  • 7यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।

  • 5त्यस दिनमा यिजरेलको बेसीमा म इस्राएलको धनु भाँचिदिनेछु ।”

  • 4यसैले तँलाई म फर्काउनेछु र तेरो बङ्‍ग्रामा बल्छी लगाउनेछु । तेरा फौज, घोडाहरू र घोडचढीहरू, सारा हतियारले सुसज्‍जित सबै जना, साना र ठुला ढालहरूका साथमा एउटा ठुलो दल, तरवारहरू बोकेका सबै जनासँगै तँलाई म बाहिर पठाउनेछु ।

  • यहे 32:9-11
    3 पदहरू
    74%

    9यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्‍याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु ।

    10तेरो विषयमा म धेरै जना मानिसलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्‍नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्‍येक व्‍यक्‍ति हर घडी काँप्‍नेछ ।

    11किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।

  • यहे 11:9-10
    2 पदहरू
    74%

    9म तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्‍नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्‍पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु ।

    10तिमीहरू तरवारले ढल्‍नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्‍याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

  • 12किनकि तपाईंले तिनीहरूलाई फर्काउनुहुनेछ । तिनीहरूको सामु तपाईंले आफ्‍नो धनुमा तान्‍नुहुनेछ ।

  • 11त्यसको दुष्‍टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्‍यक्‍तिको हातमा दिएको छु । मैले त्यसलाई बाहिर फालेको छु ।

  • 7यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्‍ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।

  • 39तँलाई तिनीहरूका हातमा म सुम्‍पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्‍काउनेछन्‌ र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌ र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन्‌ ।

  • 8मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन् ।

  • 5तँ र तेरा नदीका सबै माछालाई म उजाड-स्‍थान फाल्‍नेछु । तँ खुला मैदानमा ढल्‍नेछस्‌ । तँलाई कसैले जम्‍मा गर्ने वा उठाउने छैन । पृथ्‍वीका प्राणीहरू र आकाशका चाराहरूका निम्‍ति आहारा हुन म तँलाई दिनेछु ।

  • 28तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’

  • 16म तेरो विरुद्ध अनिकालको मेरा घातक र नष्‍टकारी काँणहरू छोड्‌नेछु, जुन तेरो सर्वनाशको कारण बन्‍नेछ । किनकि म तँमाथि अनिकाल बढाउनेछु र तेरो अन्‍नको मूल नै रोकिदिनेछु ।

  • 6बिजुलीका चमकहरू पठाउनुहोस् र मेरा शत्रुहरूलाई छरपष्‍ट पार्नुहोस् । तपाईंका काँडहरू हान्‍नुहोस् र तिनीहरूलाई गोलमालमा पछाडि फर्काउनुहोस् ।

  • 4तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्‍ति म तिनीहरूमाथि आफ्‍ना आँखा लगाउनेछु ।”

  • 11तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु ।

  • 19तेरो अफिसबाट र तेरो ठाउँबाट तँलाई म निकाल्नेछु । तँ तल खसालिनेछस् ।

  • 8यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, तेरो विरुद्धमा म तरवार ल्‍याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु ।

  • 17किन म पनि आफ्‍ना दुई हातले ताली बजाउनेछु, र मेरो क्रोध शान्‍त पार्नेछु । म, परमप्रभुले यो घोषणा गर्छु ।”

  • 5तब पसारिएको हात, शक्तिशाली पाखुरा, क्रोध, बदला र भयङ्कर रिसले म आफै तेरो विरुद्धमा लड्नेछु ।

  • 7किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।

  • 42म मेरा काँडहरूलाई रगतले मत्याउने छु, र मेरो तरवारले मारिएकाहरू र निर्वासितहरूको रगतसितै मासु र शत्रुहरूका शिर खाने छ ।”

  • 21यो परमप्रभु परमेश्‍वरको घोषणा हो, मेरा सबै पर्वतहरूमा म त्यसको विरुद्ध एउटा तरवार पठाउनेछु । हरेक मानिसको तरवार त्यसको भाइको विरुद्ध हुनेछ ।

  • 4शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको छ । उहाँको दाहिने हात हान्‍नलाई तयार छ । सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्‍ने सबैलाई मार्नुभएको छ । उहाँले आफ्नो क्रोध आगोझैँ खन्याउनुभएको छ ।

  • 37यसरी एलामीहरूलाई म तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूको सामु चूरचूर पार्नेछु । किनकि म तिनीहरूको विरुद्धमा विपत्ति अर्थात् मेरो क्रोधको ज्वाला दन्काउनेछु— यो परमप्रभुको घोषणा हो— र मैले तिनीहरूलाई निमिट्ट्यान्‍न नपारेसम्म म तिनीहरूका पछि तरवार पठाउनेछु ।

  • 19मेरो जोश र मेरो क्रोधको आगोमा, म यो घोषणा गर्छु, कि त्यस दिन इस्राएलमा एउटा ठुलो भूकम्प जानेछ ।

  • 14त्‍यसका वरिपरि हुनेहरू जसले त्‍यसलाई मदत गर्छन् र त्‍यसका सम्‍पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु ।

  • 12उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।

  • 3धनुर्धारीहरूलाई आफ्ना धनु तान्‍न नदेओ । तिनीहरूलाई कवच लगाउन नदेओ । त्यसका युवाहरूलाई नजोगाऊ । त्यसका सम्पूर्ण सेनालाई विनाशको लागि अलग गर ।

  • 9तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् र त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ ।

  • 14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।

  • 5तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्‍छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।

  • 13किनभने मैले यहूदालाई मेरो धनुझैँ बङ्गाएको छु । मैले मेरो तूणलाई एफ्राइमले भरेको छु । ए सियोन, मैले तेरा छोराहरूलाई ग्रीसका छोराहरूको विरूद्ध उक्साएको छु, र सियोन, मैले तँलाई योद्धाको तरवारझैँ बनाएको छु!”

  • 34तिमीहरूलाई म अरू जातिहरूका बिचबाट निकालेर ल्‍याउनेछु, र तिमीहरू छरपष्‍ट भएका देशहरूबाट म तिमीहरूलाई भेला गर्नेछु । मेरो शक्तिशाली हातले म यसो गर्नेछु र क्रोध खन्‍याउनेछु ।

  • 21जातिहरूका बिचमा म आफ्‍नो महिमा स्‍थापित गर्नेछु र सबै जातिहरूले मैले गर्ने न्याय र तिनीहरूको विरुद्धमा मैले उठाएको मेरो हात देख्‍नेछन् ।