व्यवस्थाविवरण 32:42
म मेरा काँडहरूलाई रगतले मत्याउने छु, र मेरो तरवारले मारिएकाहरू र निर्वासितहरूको रगतसितै मासु र शत्रुहरूका शिर खाने छ ।”
म मेरा काँडहरूलाई रगतले मत्याउने छु, र मेरो तरवारले मारिएकाहरू र निर्वासितहरूको रगतसितै मासु र शत्रुहरूका शिर खाने छ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
41जब म मेरो चम्कने तरवारमा शान लगाउँछु, र जब मेरा हातले न्याय ल्याउन सुरु गर्छ, तब म मेरा शत्रुहरूमाथि प्रतिशोध ल्याउने छु, र मलाई अवहेलना गर्नेहरूलाई म बदला लिने छु ।
22किनकि मेरो रिसद्वारा आगो सल्केको छ र त्यसले तल्लो पातालसम्मै जलाउँछ । यसले पृथ्वी र यसको फसललाई भस्म पार्दै छ । यसले पहाडहरूका जगमा आगो लगाउँदै छ ।
23म तिनीहरूमाथि विपत्तिको थुप्रो ल्याउने छु । म तिनीहरूमा मेरा सबै काँड चलाउने छु ।
24तिनीहरू भोकले नष्ट हुने छन्, र प्रचण्ड ताप र डरलाग्दो विनाशले भस्म हुने छन् । भुइँमा घस्रने जन्तुहरूको विषसहित म तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा, पठाउने छु ।
43हे जातिहरू हो, परमेश्वरका मानिसहरूसँगै आनन्द मनाओ, किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुने छ । उहाँले आफ्ना शत्रुहरूमाथि प्रतिशोध लिनहुने छ, र उहाँले आफ्नो देशसाथै आफ्नो जातिको निम्ति प्रायश्चित्त गर्नुहुने छ ।
38मैले आफ्ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई नाश पारें । तिनीहरू नाश नभएसम्म म पछाडि फर्किनँ ।
39मैले तिनीहरूलाई खत्तम पारें र तिनीहरूलाई टुक्रा-टुक्रा पारें । तिनीहरू उठ्न सक्दैनन् । तिनीहरू मेरा गोडामुनि ढलेका छन् ।
5किनकि पर्वतहरूमा म तेरो मासु छर्नेछु, र तेरो किरा-परेको लासहरूले बेसीहरूलाई भर्नेछु ।
6तब पर्वतहरूमाथि म तेरो रगत खन्याउनेछु, र खोंचहरू तेरो रगतले भरिनेछ ।
5किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्यो आउनेछ ।
6परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ ।
7जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।
10त्यस दिन सर्वशक्तिमान् परमप्रभुको लागि प्रतिशोधको दिन हुनेछ, र उहाँले आफ्ना वैरीहरूलाई आफै बदला लिनुहुनेछ । तरवारले स्वाहा पार्नेछ, र त्यो सन्तुष्ट हुनेछ । यसले तिनीहरूको रगत पिउनेछ । किनकि यूफ्रेटिस नदीको किनारमा अवस्थित उत्तर देशमा सर्वशक्तिमान् परमप्रभुका लागि बलिदान चढाइनेछ ।
6आफ्नो क्रोधमा मैले मानिसहरूलाई कुल्चें र तिनीहरूलाई मेरो क्रोधमा पिउन लगाएँ । अनि तिनीहरूका रगतलाई मैले पृथ्वीमा खन्याएँ ।
35बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु ।
9शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्त हुनेछ । म मेरो तरवार थुत्नेछु । मेरा हातले तिनीहरूलाई नष्ट पार्नेछन् ।'
41तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।
3तब तेरो देब्रे हातमा भएको धनुलाई म हिर्काउनेछु र तेरो दाहिने हातबाट काँडहरूलाई खसाल्नेछु ।
21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।
4शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको छ । उहाँको दाहिने हात हान्नलाई तयार छ । सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्ने सबैलाई मार्नुभएको छ । उहाँले आफ्नो क्रोध आगोझैँ खन्याउनुभएको छ ।
15मेरा कुराहरू नसुन्ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”
13उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्छन् । परमेश्वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्नुहुन्न । उहाँले मेरो पित्त भुइँमा पोख्नुहुन्छ ।
37मैले आफ्ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई समातें । तिनीहरू नाश नभएसम्म म फर्किनँ ।
38मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् । तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन् ।
40मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।
48उहाँ नै परमेश्वर हुनुहुन्छ जसले मेरो बदला लिनुहुन्छ, जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ ।
31म मेरो क्रोध तँमाथि खन्याउनेछु! तेरो विरुद्धमा दन्केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु ।
24मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु । तिमीहरूका पत्नीहरू विधवा बन्नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्नेछन् ।
4किनकि मैले बदला लिने दिनको आशा गरें र मेरो उद्धारको वर्ष आइपुगेको थियो ।
2उहाँले मेरो मुखलाई धारिलो तरवारजस्तो बनाउनुभएको छ । उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभएको छ । उहाँले मलाई टल्काएको काँड बनाउनुभएको छ । उहाँले मलाई आफ्नो ठोक्रोमा लुकाउनुभएको छ ।
5तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।
6यसकारण, यो परमप्रभु परमेश्वरको घोषणा हो, जस्तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्नेछ । तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्नेछ ।
4तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्ति म तिनीहरूमाथि आफ्ना आँखा लगाउनेछु ।”
14मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्यवहार गर्नेछन्, र तिनीहरूले मेरो बदला कस्तो रहेछ भनी जान्नेछन्— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।
24यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्कार! आफ्ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्ना शत्रुहरूसँग म टो फेर्नेछु ।
26तेरा अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु । अनि तिनीहरू आफ्नै रगले दाखमद्यले झैं मात्नेछन् । तब म परमप्रभु, तेरो मुक्तिदाता र तेरा उद्धारक, याकूबको शक्तिशाली परमेश्वर हुँ भनी सारा मानवजातिले जान्नेछन् ।”
8मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्नेछन् ।
17किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्' ।”
6उहाँले जातिहरूको न्याय गर्नुहुनेछ । उहाँल युद्ध मैदानलाई मृत शरीरहरूले भर्नुहुनेछ । उहाँले धेरै देशहरूका अगुवाहरूलाई मार्नुहुनेछ ।
13उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।
12तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।
5उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्नो विश्वस्ततामा तिनीहरूको नाश गर्नुहोस्!
8यसैले त्यसले साटो लिने क्रोध ल्याउँछ । त्यसको रगत ढाक्न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्यो पोखाइन ।
13त्यसको विरुद्धमा हतियार प्रयोग गर्ने तयारी उहाँले गर्नुहुन्छ । उहाँले आफ्ना वाणहरूलाई अग्नीवाण बनाउनुहुन्छ ।
37यसरी एलामीहरूलाई म तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूको सामु चूरचूर पार्नेछु । किनकि म तिनीहरूको विरुद्धमा विपत्ति अर्थात् मेरो क्रोधको ज्वाला दन्काउनेछु— यो परमप्रभुको घोषणा हो— र मैले तिनीहरूलाई निमिट्ट्यान्न नपारेसम्म म तिनीहरूका पछि तरवार पठाउनेछु ।
10धर्मीले परमेश्वरको बदला देख्दा, त्यो आनन्दित हुनेछ । तिनीहरूले आफ्ना खुट्टाहरू दुष्टहरूका रगतमा धुनेछन्,
22मारिएकाहरूको रगतबाट, वीरहरूका शरीरबाट जोनाथनका धानु पछि फर्किएन र शाऊलका तरवार रित्तो फर्केन ।
47मेरो निम्ति बदला लिनुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ ।
31त्यसैले तिनीहरूमाथि म आफ्नो क्रोध खन्याउनेछु । मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्लोमा हाल्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।"'
22तब त्यसलाई म रूढी र रगतले न्याय गर्नेछु । अनि त्यो र त्यसका फौज र त्योसँगै भएका धेरै जातिहरूमाथि म घनघोर वर्षा र असिना र जलिरहेको गन्धक बर्साउनेछु ।