यशैया 49:2

अनलक शाब्दिक बाइबल

उहाँले मेरो मुखलाई धारिलो तरवारजस्तो बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो हातको छायामा लुकाउनुभएको छ । उहाँले मलाई टल्काएको काँड बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो ठोक्रोमा लुकाउनुभएको छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 11:4 : 4 बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्‍नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्छ ।
  • प्रका 1:16 : 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।
  • इब्रा 4:12 : 12 किनभने परमेश्‍वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ ।
  • यशा 51:16 : 16 मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु, र आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्‍न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्‍न सकुँ ।
  • प्रका 2:12 : 12 “पर्गाममको मण्डलीका दूतलाई लेखः ‘यो वचन दुई-धारे धारिलो तरवार साथमा हुनुहुनेको हो ।
  • हो 6:5 : 5 यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्‍नो मुखको वचनले मारेको छु । तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैं छन् ।
  • लू 23:46 : 46 येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।”
  • प्रका 19:15 : 15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ ।
  • यशा 61:1-3 : 1 ¶ परमप्रभु परमेश्‍वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्‍टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ । 2 परमप्रभुको कृपाको वर्ष, हाम्रा परमेश्‍वरको बदलाको दिनको घोषणा गर्न र शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ । 3 सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्‍न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् ।
  • यिर्मि 1:18 : 18 हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु ।
  • यिर्मि 15:19-20 : 19 त्यसकारण परमप्रभुले यसो भन्‍नुभयो, “ए यर्मिया, तैंले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सामु खडा हुनेछस् र मेरो सेवा गर्नेछस् । किनकि तैंले मूर्ख थोकहरूलाई मुल्यवान् थोकहरूबाट अलग गरिस् भने तँ मेरो मुखजस्तै हुनेछस् । मानिसहरू तँकहाँ फर्केर आउने छन्, तर तँ आफै भने तिनीहरूकहाँ जानुहुँदैन । 20 यी मानिसको निम्ति म तँलाई छेड्नै नसकिने काँसाको पर्खालजस्तै बनाउनेछु, र तिनीहरूले तेरो विरुद्धमा युद्ध छेड्नेछन् । तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तँलाई बचाउन र छुटकारा दिन म तँसितै हुन्‍छु, यो परमप्रभुको घोषणा हो ।
  • यशा 42:1 : 1 ¶ हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।
  • यशा 50:4 : 4 परमप्रभु परमेश्‍वरले मलाई सिकाइएको व्यक्‍तिको जस्तो जिब्रो दिनुभएको छ, ताकि थकितलाई म सम्भाल्‍ने वचनहरू बोलूँ । उहाँले मलाई बिहान-बिहान जगाउनुहुन्छ । सिकाइएकाहरूका जस्‍ता कुरा सुन्‍न उहाँले मेरा कानलाई खोल्‍नुहुन्छ ।
  • भजन 45:2-5 : 2 मानवजातिका सन्तानभन्दा तपाईं सुन्‍दर हुनुहुन्छ । तपाईंका ओठहरूमा अनुग्रह खन्याइन्छ । यसकारण परमेश्‍वरले तपाईंलाई सदाको निम्ति आशिष्‌‌‌ दिनुभएको छ भनी हामी जान्दछौं । 3 हे सर्वशक्तिमान्, आफ्‍नो महिमा र ऐश्‍वर्यमा आफ्नो तरवार भिर्नुहोस् । 4 विश्‍वस्‍तता, नम्रता र धार्मिकताको कारणले आफ्‍नो ऐश्‍वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्‍दा कुराहरू सिकाउनेछन् । 5 तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्‍छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।
  • भजन 91:1 : 1 ¶ जो सर्वोच्‍चको छत्रछायामा बस्‍छ, त्यो सर्वशक्तिमान्‌को छायामा रहनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 49:3-5
    3 पदहरू
    80%

    3उहाँले मलाई भन्‍नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, जसद्वारा म आफ्‍नो महिमा देखाउँछु ।”

    4तर मैले जवाफ दिएँ, “मैले व्यार्थमा परिश्रम गरेको छु, मैले बेकाममा मेरो शक्ति खर्च गरेको छु भनी सोचें, तापनि मेरो न्याय परमप्रभुसित नै छ र मेरो इनाम मेरो परमेश्‍वरसँग छ ।”

    5अब परमप्रभु बोल्‍नुभएको छ—उहाँ नै हुनुहुन्‍छ जसले उहाँको सेवक हुन, याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्मैदेखि बनाउनुभयो, ताकि इस्राएललाई उहाँमा जम्‍मा गर्न सकियोस्, किनकि परमप्रभुको दृष्‍टिमा मेरो इज्‍जत भएको छ र मेरो परमेश्‍वर नै मेरो बल हुनुभएको छ—

  • 1¶ ए समुद्र किनारमा बस्‍नेहरू हो, मेरो कुरा सुन! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ ।

  • विलाप 3:11-13
    3 पदहरू
    77%

    11उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।

    12उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो ।

    13उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो ।

  • 16मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु, र आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्‍न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्‍न सकुँ ।

  • २ शमू 22:34-36
    3 पदहरू
    76%

    34उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ ।

    35उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् ।

    36तपाईंले मलाई तपाईंको मुक्‍तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।

  • भजन 18:33-35
    3 पदहरू
    75%

    33उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ ।

    34युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् ।

    35तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।

  • भजन 18:39-40
    2 पदहरू
    74%

    39किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो ।

    40मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।

  • 9तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु ।

  • 11यसैले त्यो तरवारलाई टल्‍काउन दिइनेछ र तब हातले समाइनेछ । त्यो तरवार धारिलो बनाइएको छ र त्‍यो टल्‍काइएको छ र मार्ने व्‍यक्‍तिको हातमा त्‍यो दिइएको छ ।”

  • 13उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।

  • अय्यू 16:12-13
    2 पदहरू
    73%

    12म चैनमा थिएँ, अनि उहाँले मलाई लुछ्नुभयो । वास्तवमा, उहाँले मलाई गलहत्त्‍याउनुभएको र टुक्रा-टुक्रा पार्नुभएको छ । उहाँले मलाई आफ्नो निसाना पनि बनाउनुभएको छ ।

    13उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्‍छन् । परमेश्‍वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्‍नुहुन्‍न । उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्छ ।

  • २ शमू 22:40-41
    2 पदहरू
    73%

    40तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्‍य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो ।

    41तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।

  • 4मेरो जीवन सिंहहरूका माझमा छ । मेरो नाश गर्न तयार भएकाहरूका माझमा म छु । म ती मानिसहरूका माझमा छु जसका दाँतहरू भालाहरू र काँडहरू हुन्, र जसका जिब्राहरू धारिला तरवारहरू हुन् ।

  • 4शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको छ । उहाँको दाहिने हात हान्‍नलाई तयार छ । सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्‍ने सबैलाई मार्नुभएको छ । उहाँले आफ्नो क्रोध आगोझैँ खन्याउनुभएको छ ।

  • 2आफ्‍नो काम धार्मिकतामा गर्नलाई पुर्वको एक जनालाई बोलाएर कसले उत्तेजित पारेको छ? उहाँले जातिहरूलाई तिनीकहाँ सुम्‍पनुहुन्छ र राजाहरूलाई अधीन गर्न तिनलाई सहायता गर्नुहुन्छ । आफ्‍नो धनुको हावाले उडाएको पतकरझैं, तिनले उनीहरूलाई तरवारले जमिनमा ढाल्‍छन् ।

  • यशा 50:4-5
    2 पदहरू
    72%

    4परमप्रभु परमेश्‍वरले मलाई सिकाइएको व्यक्‍तिको जस्तो जिब्रो दिनुभएको छ, ताकि थकितलाई म सम्भाल्‍ने वचनहरू बोलूँ । उहाँले मलाई बिहान-बिहान जगाउनुहुन्छ । सिकाइएकाहरूका जस्‍ता कुरा सुन्‍न उहाँले मेरा कानलाई खोल्‍नुहुन्छ ।

    5परमप्रभु परमेश्‍वरले मेरो कान खोल्नुभएको छ, र म विद्रोही थिइनँ, न मैले पिट्युँ नै फर्काएँ ।

  • 6तर उहाँले मलाई मानिसहरूको उखान बनाउनुभएको छ । तिनीहरूले मेरो मुखैमा थुक्छन् ।

  • 3हे सर्वशक्तिमान्, आफ्‍नो महिमा र ऐश्‍वर्यमा आफ्नो तरवार भिर्नुहोस् ।

  • यशा 54:16-17
    2 पदहरू
    72%

    16हेर्, मैले कारीगरलाई सृष्‍टि गरेको छु, जसले भुङ्‍ग्रो फुक्‍छ र आफ्‍नो कामको रूपमा हतियार बनाउँछ, अनि नष्‍ट गर्नलाई मैले नष्‍ट गर्नेको सृष्‍टि गरेको छु ।

    17तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”

  • 43तपाईंले त्यसको तरवारको धारलाई फर्काउनुभएको छ र युद्ध हुँदा त्यसलाई खडा पार्नुभएको छैन ।

  • 15माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।

  • 13हे परमप्रभु, उठ्नुहोस् । तिनीहरूलाई आक्रमण गर्नुहोस् । तिनीहरूकै सामु तिनीहरूलाई पछार्नुहोस् । तपाईंको तरवारले मेरो जीवनलाई दुष्‍टबाट बचाउनुहोस् ।

  • 4झाडीको भुङ्‍ग्रोमा तताएर धारिलो बनाइएको योद्धाका काँडहरूले उहाँले तँलाई दण्ड दिनुहुनेछ ।

  • भजन 144:1-2
    2 पदहरू
    71%

    1¶ परमप्रभु मेरा चट्टानको स्‍तुति होस्, जसले युद्ध गर्न मेरा हातहरूलाई र लडन्‍त गर्न मेरा औंलाहरूलाई तालिम दिनुहुन्छ ।

    2तपाईं मेरो करारको विश्‍वस्‍तता र मेरो किल्‍ला हुनुहुन्‍छ । मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्‍छ । मेरो ढाल र एक मात्र जसमा म शरण लिन्‍छु । एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ ।

  • 6तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्,

  • 25म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्‍नेछु ।

  • 44मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्‍नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् ।

  • 21मेरो हातले त्यसलाई सहयत दिनेछ । मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ ।

  • 5तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्‍छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् ।

  • 49मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।

  • 22चाडको दिनमा मानिसहरू भेला गरेँझैँ तपाईंले मेरो हरेक किनारामा मेरा त्रासहरूलाई बोलाउनुभएको छ । परमप्रभुको रिसको दिनमा कोही पनि उम्केन वा बाँचेन । मैले वास्ता गरेका र हुर्काएकाहरूलाई मेरो शत्रुले नष्‍ट पारेको छ ।

  • 8परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।

  • व्यव 32:41-42
    2 पदहरू
    71%

    41जब म मेरो चम्कने तरवारमा शान लगाउँछु, र जब मेरा हातले न्याय ल्याउन सुरु गर्छ, तब म मेरा शत्रुहरूमाथि प्रतिशोध ल्याउने छु, र मलाई अवहेलना गर्नेहरूलाई म बदला लिने छु ।

    42म मेरा काँडहरूलाई रगतले मत्याउने छु, र मेरो तरवारले मारिएकाहरू र निर्वासितहरूको रगतसितै मासु र शत्रुहरूका शिर खाने छ ।”

  • 9तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो ।

  • 2किनकि तपाईंका काँडहरूले मलाई छेड्छन् र तपाईंका हातले मलाई भुइँमा पछार्छ ।