२ शमूएल 18:16
तब योआबले तुरही फुके र इस्राएललाई खेद्न छोडेर फौज फर्कियो, किनकि योआबले फौजलाई रोके ।
तब योआबले तुरही फुके र इस्राएललाई खेद्न छोडेर फौज फर्कियो, किनकि योआबले फौजलाई रोके ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
24तर योआब र अबीशैले अबनेरलाई खेदिरहे । जब घाम डुब्न गइरहेको थियो, तिनीहरू अम्मा डाँडामा आइपुगे, जुन गिबोनको उजाडस्थान जाने बाटोको नजिक गीहनेर पर्छ ।
25बेन्यामीनका मानिसहरू सबै अबनेरको पछाडि भेला भए र डाँडाको टाकुरामा खडा भए ।
26त्यसपछि अबनेरले कराएर योआबलाई भने, “के सधैं तरवारले नाश गर्नैपर्छ? के त्यो अन्तमा तितो हुन्छ भनी तिमी जान्दैनौ? तिम्रा मानिसहरूलाई तिमीले आफ्ना दाजुभाइलाई खेद्न छोड भन्नुभन्दा पहिले कति लामो समय हुने छ?”
27योआबले जवाफ दिए, “जस्तो परमेश्वर जीवित हुनुहुन्छ, तिमीले त्यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना दाजुभाइलाई बिहानसम्म नै खेद्ने थिए ।”
28त्यसैले योआबले तुरही फुके र तिनका सबै मानिसहरू रोकिए र फेरि इस्राएललाई खेदेनन् नत तिनीहरूले फेरि युद्ध गरे ।
29अबनेर र तिनका मानिसहरूले अराबाहुँदै रातभरि यात्रा गरे । तिनीहरू यर्दन तरे, भोलि बिहानभरि हिंडे र त्यसपछि महनोममा पुगे ।
30योआब अबनेरलाई लखेट्न छाडेर फर्के । तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल र दाऊदका उन्नाइस जना सिपाही मात्र भेट्टाइएनन् ।
14तब योआबले भने, “म तेरो लागि पर्खने छैनँ ।” त्यसैले योआबले आफ्नो हातमा तिन वटा भालाहरू लिए र अब्शालोम अझै जीवित नै फलाँटको रुखमा झुण्डिरहँदा तिनको मुटुमा रोपिदिए ।
15त्यसपछि योआबको हतियार बोक्ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे ।
22त्यसपछि ती स्त्री आफ्नो बुद्धिमा सबै मानिसकहाँ गइन् । तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे र त्यो बाहिर योआबकहाँ फालिदिए । तब योआबले तुरही फुके र तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए । अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के ।
10तर अब्शालोमले इस्राएलका सबै कुलमा यसो भनेर जासुसहरू पठाए, “तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै, तिमीहरूले यसो भन्नू, “हेब्रोनमा अबशालोम राजा हुनुभयो' ।”
5राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर ।” राजाले अब्शालोमको बारेमा कप्तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने ।
6त्यसैले फौज गाउँमा इस्राएलको विरुद्ध लड्न गए । लडाइँ इफ्राइमको जङ्गलमा फैलियो ।
4तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए ।
14जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्ना तुरहीहरू फुके ।
15त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए । जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्ने प्रहार गर्नुभयो ।
14यसैले योआब र तिनका सेनाका फौज अरामीहरूका विरुद्ध अगाडि बढे । तिनीहरू इस्राएलको सेनाको सामुबाट भाग्न बाध्य पारिए ।
15जब अम्मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।
13अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्न सबै मानिसले योआबलाई पछ्याए ।
14शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ-माकाको हबिलमा पुग्यो र बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए र शेबाको पछि लागे ।
17तिनीहरूले अब्शालोमलाई लिए र तिनलाई जङ्गलको एउटा ठुलो खल्डोमा फालिदिए । सबै इस्राएल हरेक मानिस आफ्नो घरतिर भागरे जाँदा तिनीहरूले अब्शालोमलाई ढुङ्गाको ठुलो थुप्रोमुनि गाडे ।
21राजाले योआबलाई भने, “हेर, म यो गर्ने छु । तब जाऊ र त्यो जवान अब्शालोमलाई फर्काएर ल्याऊ ।”
13त्यसैले योआब र तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे, जो इस्राएलका फौजका सामु भाग्न बाध्य भए ।
14जब अम्मोनको फौजले आरामीहरू भागेको देखे, तब तिनीहरू पनि अबीशैबाट भागे र सहरमा फर्केर गए । तब योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा आए ।
28यो खबर योआबकहाँ आयो किनकि योआबले अदोनियाहलाई समर्थन गरेका थिए, यद्यपि तिनले अब्शालोमलाई भने समर्थन गरेका थिएनन् । त्यसैले योआब परमप्रभुको पालभित्र भागे, र वेदीका सिङहरू पक्रेर बसे ।
23त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।
9इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्दै आपसमा बहस गर्दै थिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए, र उनले हामीलाई पलिश्तीहरूका हातबाट पनि बचाए, तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन् ।
10हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् । त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ?”
41अदोनियाह र तिनीसित भएका सबै पाहुनाले खाइसक्ने बित्तिकै यो खबर सुने । योआबले तुरहीको आवाज सुनेपछि तिनले भने, “सहरमा किन हल्ला हुँदै छ?”
11योआबका मानिसमध्ये एक जना अमासाको छेउमा खडा भयो र त्यो मानिसले भन्यो, “त्यो जसले योआबको पक्ष लिन्छ र त्यो जो दाऊदको पक्षमा छ, त्यसले योआबलाई पछ्याओस् ।”
18जब योआबले युद्धको बारेमा हरेक खबर दाऊदलाई पठाए,
24त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।
13दाऊदकहाँ एक जना दूत यसो भन्दै आए, “इस्राएलका मानिसहरूका हृदयहरू अब्शालोमतिर लागेको छ ।”
34अब्शालोम भागे । रक्षक भएका एक जना सेवकले हेरे र आफ्नो पश्चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे ।
27जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके । त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे ।
4तापनि, योआब र फौजका कमाण्डरहरूका विरुद्धमा राजाको बोली नै अन्तिम भयो । त्यसैले योआब र कमाण्डरहरू इस्राएलका मानिसहरूको सङ्ख्या गणना गर्न राजाको उपस्थितिबाट निस्केर गए ।
32यस्तो भयो, जब रथहरूका फौज पतिले तिनी त इस्राएलका राजा होइन रहेछन् भन्ने देखे, तिनलाई खेद्न छोडेर तिनीहरू फर्किए ।
11तिनका अरू बाँकी फौजलाई तिनले आफ्ना भाइ अबीशैको कमाण्डमा दिए, र उनीहरूलाई तिनले अम्मोनीहरूको विरुद्ध यद्धमा खडा गरे ।
1¶ योआबलाई भनियो, “हेर्नुहोस्, राजाले अब्शालोमको निम्ति रुँदै र विलाप गर्दै छन् ।”
2त्यसैले त्यस दिनको विजय सारा फौजको निम्ति शोकमा परिणत भयो, किनकि फौजले सुने कि, “राजाले आफ्नो छोराको निम्ति विलाप गर्दै छन् ।”
1¶ राजाको हृदयमा अब्शालोमलाई भेट्ने इच्छा जागेछ भनी सरूयाहका छोरा योआबले बुझे ।
24तब योआब राजाकहाँ आए र भने, “तपाईंले य के गर्नुभएको छ? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आए! तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?
22त्यसपछि दाऊदका सिपाहीहरू र योआब लुटपिट गरेर आए र आफ्नो साथमा धेरै लुटका मालहरू ल्याए । तर अबनेरचाहिं हेब्रोनमा दाऊदसँग थिएनन् । दाऊदले तिनलाई पठाइसकेका थिए र अबनेर शान्तिसँग विदा भएका थिए ।
26तब इस्राएल र अब्बशालोमले गिलादको जमिनमा छाउनी हाले ।
33त्यसैले योआब राजाकहाँ गए र तिनलाई भने । जब राजाले अब्शालोमलाई बोलाए, तब तिनी राजाकहाँ आए र राजाको सामु भुईंमा निहुरिए र राजाले अब्शालोमलाई चुम्बन गरे ।
10तिनका बाँकी मानिसलाई तिनले आफ्नो भाइ अबीशैको अधीनमा दिए र तिनले उनीहरूलाई बाहिर अम्मोनको फौज विरुद्ध लड्नलाई पठाए ।
16सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो र तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो ।
3दुलही आफ्नो दुलाहाकहाँ आएजस्तै सबै मानिसलाई म तपाईंकहाँ फर्काएर ल्याउने छु र सबै मानिस तपाईंको अधीनमा शान्तिमा रहने छन् ।”
8जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।
15अब्शालोमको र तिनीसँग भएका इस्राएलका सबै मानिसका बारेमामा, तिनीहरू यरूशलेममा आए र अहीतोपेल तिनीसँगै थिए ।