२ शमूएल 22:20

अनलक शाब्दिक बाइबल

उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रशन्‍न हुनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 31:8 : 8 तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन । तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्‍नुभएको छ ।
  • २ शमू 15:26 : 26 तर उहाँले यसो भन्‍नुहुन्छ भने, 'तँसँग म प्रशन्‍न छैन,' हेर, म यहाँ छु, उहाँलाई जे असल छ सो उहाँले मलाई गर्नुभएको होस् ।”
  • भजन 118:5 : 5 मेरो संकष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्‍वतन्त्र गर्नुभयो ।
  • भजन 22:8 : 8 तिनीहरू भन्छन्, “त्यसले परमप्रभुमा भरोसा गर्छ । परमप्रभुले नै त्यसलाई बचाऊन्, किनकि त्यो उहाँमा नै खुसी हुन्‍छ ।”
  • उत्प 26:22 : 22 तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने, तर तिनीहरूले त्‍यसमा चाहिँ झगडा गरेनन् । यसकारण तिनले त्‍यसको नाउँ रहोबोत राखेर यसो भने, “अब परमप्रभुले हामी निम्ति बस्‍ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्‍दो-फुल्‍दो हुनेछौँ ।”
  • भजन 147:11 : 11 परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्‍न हुनुहुन्छ, जसले उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्छन् ।
  • भजन 149:4 : 4 किनकि परमप्रभु आफ्‍ना मानिसहरूसँग प्रशन्‍न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ ।
  • यशा 42:1 : 1 ¶ हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।
  • हो 4:16 : 16 किनकि एउटी अटेरी साँडी-गाईले झैं इस्राएलले अटेरी भएर व्यवहार गरेको छ । भेडाहरूलाई घाँसे-मैदानमा लगेझैं परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्‍नुहुन्‍छ?
  • मत्त 3:17 : 17 हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”
  • मत्त 17:5 : 5 जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु । यिनको कुरा सुन ।”
  • मत्त 27:43 : 43 उसले परमेश्‍वरमा विश्‍वास गर्छ । र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’”
  • प्रेरि 2:32-36 : 32 यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ । 33 यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्छ । 34 दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस, 35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’ 36 यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो ।
  • १ इति 4:10 : 10 याबेसले इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे र यसो भने, “तपाईंले मलाई साँच्‍चै आशिष्‌ दिनुहुन्‍छ भने, मेरो इलाका बढाउनुहोस्, र तपाईंको हात ममाथि रहोस् । तपाईंले यसो गर्नुहुँदा तपाईंले मलाई जोखिमबाट जोगाउनुहुन्‍छ, जसले गर्दा म पीडामुक्‍त हुन सक्‍छु ।” यसैले परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 18:16-20
    5 पदहरू
    97%

    16उहाँले माथिबाट हात पसार्नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो ।

    17मेरो बलियो शत्रुबाट, मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए ।

    18मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो ।

    19उहाँले मलाई फराकिलो ठाउँमा स्‍वतन्‍त्र राख्‍नुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो ।

    20मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ । उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए ।

  • २ शमू 22:17-19
    3 पदहरू
    79%

    17उहाँ माथिबाट तल पग्‍नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो ।

    18मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए ।

    19मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए, तर परमप्रभु नै मेरो साहारा हुनुभयो ।

  • २ शमू 22:21-22
    2 पदहरू
    79%

    21परमप्रभुले मलाई मेरो धर्मिकताको नापअनुसार इनाम दिनुभएको छ । उहाँले मेरो हातको शुद्धताको नापबमोजिम मलाई पुनर्स्थापना गर्नुभएको छ ।

    22किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गरेको छैन ।

  • 8तिनीहरू भन्छन्, “त्यसले परमप्रभुमा भरोसा गर्छ । परमप्रभुले नै त्यसलाई बचाऊन्, किनकि त्यो उहाँमा नै खुसी हुन्‍छ ।”

  • २ शमू 22:1-2
    2 पदहरू
    78%

    1¶ त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।

    2तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।

  • 5मेरो संकष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्‍वतन्त्र गर्नुभयो ।

  • 49मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।

  • भजन 31:7-8
    2 पदहरू
    76%

    7तपाईंको करारको विश्‍वस्‍ततामा म खुसी र आनन्‍दित हुनेछु, किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभयो । मेरो प्राणको कष्‍ट तपाईंले थाहा पाउनुभयो ।

    8तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन । तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्‍नुभएको छ ।

  • २ शमू 22:36-37
    2 पदहरू
    76%

    36तपाईंले मलाई तपाईंको मुक्‍तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।

    37तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्‍लेका छैनन् ।

  • भजन 40:1-3
    3 पदहरू
    76%

    1¶ धैर्य भएर मैले परमप्रभुमा आसा गरें । उहाँले मलाई हेर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो ।

    2उहाँले मलाई डरलाग्‍दो खाडलबाट, दलदले हिलोबाट निकाल्नुभयो र उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरूलाई सुरक्षित बनाउनुभयो ।

    3उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो । परमेश्‍वरको प्रशंसा होस् । धेरै जनाले यो देख्‍नेछन्, र उहाँको आदर गर्नेछन् र परमप्रभुमा भरोसा गर्नेछन् ।

  • भजन 18:35-36
    2 पदहरू
    75%

    35तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।

    36तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्‍लेका छैनन् ।

  • 48मेरा शत्रहरूबाट म मुक्‍त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।

  • 21परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्‍नो अचम्‍मको करारको विश्‍वस्‍तता दर्शाउनुभयो ।

  • 1¶ हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन्!

  • 7किनकि उहाँले मलाई हरेक कष्‍टबाट बचानुभएको छ । मेरो आँखाले मेरा शत्रहरूमाथि विजयको दृष्‍टिले हरेको छ ।

  • 2परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।

  • 18मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए ।

  • 17मेरो हृदयका कष्‍टहरू ठुला भएका छन् । मेरो कष्‍टहरूबाट मलाई बाहिर तान्‍नुहोस् ।

  • 13परमप्रभुको निम्ति गाओ! परमप्रभुको प्रशंसा गर! किनकि उहाँले दुष्‍ट काम गर्नेहरूको हातबाट थिचोमिचोमा परेकाहरूको जीवनलाई बचाउनुभएको छ ।

  • 7परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्‍दित हुन्‍छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।

  • 13हे परमप्रभु, मलाई बचाउन खुसी हुनुहोस् । हे परमप्रभु, मलाई मदत गर्न चाँडो गर्नुहोस् ।

  • भजन 30:1-2
    2 पदहरू
    73%

    1¶ हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।

    2हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।

  • 2तपाईं मेरो करारको विश्‍वस्‍तता र मेरो किल्‍ला हुनुहुन्‍छ । मेरो अग्लो धरहरा जसले मलाई बचाउनुहुन्‍छ । मेरो ढाल र एक मात्र जसमा म शरण लिन्‍छु । एक मात्र जसले जातिहरूलाई मेरो अधीनमा पार्नुहुन्छ ।

  • 6परमप्रभुले सोझोलाई रक्षा गर्नुहुन्छ । म तल झारिएको थिएँ र उहाँले मलाई बचाउनुभयो ।

  • भजन 13:5-6
    2 पदहरू
    73%

    5तर मैले तपाईंको करारको विश्‍वस्‍ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्‍दित हुन्‍छ ।

    6परमप्रभुको निम्ति गाउनेछु किनभने उहाँले मलाई धेरै उदार भएर व्यवहार गर्नुभएको छ ।

  • 8किनकि मेरो जीवनलाई मृत्‍युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो ।

  • 34उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ ।

  • 13किनकि मप्रति तपाईंको करारको विश्‍वस्‍तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ ।

  • 2उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्छ ।

  • 15मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस् ।

  • 4मैले रमप्रभुको खोजी गरें र उहाँले मलाई जवाफ दिनुभयो, र मेरा सबै डरमाथि उहाँले मलाई विजय दिनुभयो ।

  • 1¶ मेरो संकष्‍टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।

  • 18परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।

  • 14त्यो मप्रति समर्पित भएको हुनाले म त्यसलाई बचाउनेछु । म त्यसलाई सुरक्षा दिनेछु किनभने त्यो मप्रति बफदार छ ।