14त्यसैले परमप्रभुले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो, र सत्तरी हजार मानिसहरू मरे ।
15परमेश्वरले यरूशलेम विनाश गर्न एउटा स्वर्गदूत पठाउनुभयो । तिनले त्यो नाश गर्न लाग्दा परमप्रभुले त्यो देखेर त्यस सर्वनाशदेखि मन बदल्नुभयो । ती नाश गर्ने स्वर्गदूतलाई उहाँले भन्नुभयो, “अब भयो! तिम्रो हात थाम ।” त्यस बेला ती स्वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए ।
16दाऊदले मास्तिर हेरे र परमप्रभुका स्वर्गदूतले आफ्नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्वीका बीचमा खडा भएको देखे । तब भाङ्ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्टो परे ।
17दाऊदले परमेश्वरलाई भने, “सेनाको गन्ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।”
18यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने ।