२ शमूएल 24:2

अनलक शाब्दिक बाइबल

राजाले आफूसँग भएका फौजका कमाण्‍डर योआबलाई भने, “दानदेखि बेर्शेबासम्मका इस्राएलका सबै कुलमा जाऊ र सबै मानिसको गणना गर ताकि युद्धको निम्ति योग्य मानिसहरूका जम्माजम्मी सङ्ख्या मलाई थाहा होस् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 3:10 : 10 जसमा शाऊलको घरानाको राज्य हस्तान्तरण गर्न, र इस्राएलमाथि र यहूदामाथि दानदेखि बेर्शेबासम्मै दाऊदको सिंहासन स्थापित गर्न ।”
  • न्या 20:1 : 1 ¶ त्यसपछि दानदेखि बेर्शेबासम्मका इस्राएलका मानिसहरू र गिलादको भूमिबाट समेत सबै एक भएर निस्के र परमप्रभुको अगि मिस्पामा एकसाथ भेला भए ।
  • २ शमू 20:23 : 23 अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्‍डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।
  • २ शमू 23:37 : 37 अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,
  • १ इति 21:2 : 2 दाऊदले योआब र आफ्‍ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्‍मका इस्राएलका मानिसहरूको सङ्‍खया गन्‍ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्‍या जान्‍न सकूँ ।”
  • २ इति 32:25-26 : 25 तर हिजकियालाई दिइएको मदतका निम्‍ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्‍कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्‍यो । 26 तापनि आफ्नो हृदयको अभिमानको निम्ति हिजकिया र यरूशलेमका बासिन्दा दुवैले पश्‍चात्ताप गरे, जसले गर्दा हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन ।
  • २ इति 32:31 : 31 तापनि देशमा देखिएको आश्‍चर्यका चिन्हको विषयमा जानकारहरूका बारेमा प्रश्‍नहरू सोध्‍नलाई बेबिलोनका शासकहरूले पठाएका राजदूतहरूका सम्‍बन्‍धमा तिनको जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन परमेश्‍वरले तिनलाई छोड्नुभयो ।
  • नीति 29:23 : 23 मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ ।
  • यिर्मि 17:5 : 5 परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ ।
  • २ कोरि 12:7 : 7 आश्‍चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु । त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ ।
  • २ शमू 8:16 : 16 सरूयाहका छोरा योआब सेनाका कमाण्‍डर थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।
  • २ शमू 17:11 : 11 त्यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्या हुनुपर्छ र तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्‍ने सल्लाह म तपाईंलाई दिन्छु ।
  • २ शमू 2:13 : 13 सरूयाहका छोरा योआब र दाऊदका सेवकहरू निस्‍के र तिनीहरूलाई गिबोनको तलाउनेर भेटे । त्यहाँ तिनीहरू एक समूह तलाउको एक छेउमा र अर्को समूह अर्को छेउमा बसे ।
  • व्यव 8:13-14 : 13 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा र तिमीहरूका सुन र चाँदीको वृद्धि हुँदा र तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा 14 तिमीहरूको ह्रदय घमण्डले फुली मिश्र देश अर्थात् दासत्वको देशबाट तिमीहरूलाई ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले नभुल्नलाई होसियार बस ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 21:1-6
    6 पदहरू
    92%

    1¶ इस्राएलको विरुद्ध एउटा दुश्‍मन खडा भयो र आफ्‍ना मानिसहरूको सङ्ख्‍या गन्‍नलाई दाऊदलाई सुर्‍यायो ।

    2दाऊदले योआब र आफ्‍ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्‍मका इस्राएलका मानिसहरूको सङ्‍खया गन्‍ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्‍या जान्‍न सकूँ ।”

    3योआबले भने, “परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढाउनुभएको होस् । तर हे मेरा मालिक राजा, के तिनीहरूले मेरा मालिकको सेवा गर्दैनन् र? इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ?”

    4तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए ।

    5त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।

    6तर लेवी र बेन्‍यामीनलाई तिनीहरूसँग गन्‍ती गरिएन, किनकि राजाको हुकुमले योआबलाई साह्रै खिन्‍न पारेको थियो ।

  • 1¶ फेरि इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध पर्‍यो र उहाँले दाऊदलाई यसो भनेर उत्तेजित गर्नुभयो, “जा, इस्राएल र यहूदाको गणना गर् ।”

  • २ शमू 24:3-4
    2 पदहरू
    84%

    3योआबले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले मानिसहरूका सङ्ख्‍यामा सय गुणा वृद्धि गर्नुभएको होस् र मेरा मालिक महाराजाले यसो भएको आफ्नै आँखाले देखून् । तर मेरा मालिक महाराजालाई यो किन चाहियो?”

    4तापनि, योआब र फौजका कमाण्‍डरहरूका विरुद्धमा राजाको बोली नै अन्तिम भयो । त्यसैले योआब र कमाण्‍डरहरू इस्राएलका मानिसहरूको सङ्ख्‍या गणना गर्न राजाको उपस्थितिबाट निस्‍केर गए ।

  • २ शमू 18:1-2
    2 पदहरू
    76%

    1¶ दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे र तिनीहरूमाथि हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू नियुक्‍त गरे ।

    2त्यसपछि दाऊदले एक तिहाइ सिपाहीलाई योआबको अधीनमा, अर्को एक तिहाइलाई सरूयहाहका छोरा योआबका भाइ अबीशैको अधीनमा, र अर्को एक तिहाइलाई गित्ती इत्तैको अधीनमा पठाए । राजाले फौजलाई भने, “म आफै पनि तिमीहरूसँग नै जाने छु ।”

  • २ शमू 24:7-10
    4 पदहरू
    76%

    7तिनीहरू टुरोस अनि हिव्वीहरू र कनानीहरूका सबै सहरका किल्‍लासम्म पुगे । अनि तिनीहरू यहूदाको बर्शेबामा भएको नेगेवतिर गए ।

    8जब तिनीहरू देशमा सबैतिर गए, तब तिनीहरू नौ महिना बिस दिनको अन्तमा यरूशलेममा फर्केर आए ।

    9त्यसपछि योआबले लडाकु मानिसका जम्‍मा सङ्ख्या राजालाई बताइदिए । इस्राएलमा तरवार चलाउन सक्‍ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए ।

    10दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो । त्यसैले तिनले परमप्रभुलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब हे परमप्रभु, आफ्नो सेवकको दोष हटाइदिनुहोस्, किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु ।”

  • १ इति 27:23-24
    2 पदहरू
    76%

    23दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्‍या लिएनन्, किनभने परमप्रभुले इस्राएलको संख्‍या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो ।

    24सरूयाहका छोरा योआबले जनसंख्‍या लिन सुरु गरे, तर तिनले त्‍यो काम सिद्ध्याएनन्‌ । यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो । यो जनसंख्‍या दाऊद राजाको इतिहासमा लेखिएन ।

  • 15तब आहाबले जिल्ला-जिल्लाका जल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूलाई भेला गराए । तिनीहरू दुई सय बत्तिस जना थिए । त्यसपछि तिनले इस्राएलका सबै सिपाहीलाई जम्मा गरे । तिनीहरू सात हजार थिए ।

  • गिन 1:38-39
    2 पदहरू
    73%

    38दानका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    39दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।

  • गिन 1:2-3
    2 पदहरू
    73%

    2“इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर् । तिनीहरूका नाउँअनुसार गन् । हरेक पुरुषको गणना गर्,

    3जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ ।

  • 11त्यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्या हुनुपर्छ र तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्‍ने सल्लाह म तपाईंलाई दिन्छु ।

  • 10जसमा शाऊलको घरानाको राज्य हस्तान्तरण गर्न, र इस्राएलमाथि र यहूदामाथि दानदेखि बेर्शेबासम्मै दाऊदको सिंहासन स्थापित गर्न ।”

  • 6त्यसैले त्यस बेला युद्धको लागि सारा इस्राएललाई भेला गराउन राजा योरामले सामरिया छाडे ।

  • 1¶ यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्‍डरहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।

  • 23शाऊलको राज्‍याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्‍जित भएर हेब्रोनमा दाऊदसँग मिल्‍न आएका सिपाहीहरूका सूचीको लेख यही हो ।

  • 2“इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्‍ने सबैको गन्ती गर ।”

  • 8जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मनिसहरू तिन लाख जना थिए र यहूदाका मानिसहरू तिस हजार जना थिए ।

  • 4शाऊलले मानिसहरूलाई बोलाए र तेलैमको सहरमा तिनको सङ्ख्‍या गने, तिनीहरू दुई लाख पैदल सिपाही र यहूदाका दश हजार पुरुषहरू थिए ।

  • 4“परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।”

  • 26यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

  • 17आफ्‍ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।

  • १ इति 13:1-2
    2 पदहरू
    70%

    1¶ दाऊदले आफ्‍ना हजार र सयका कमाण्‍डरहरू, हरेक अगुवाहरूसँग सल्‍लाह लिए ।

    2तब तिनले इस्राएलका जम्‍मै समुदायलाई भने, “तपाईंहरूलाई असल लाग्छ भने, र यो परमप्रभु हाम्रा परमेश्‍वरबाट आएको हो भने, इस्राएलका हरेक इलाकामा बाँकी रहेका हाम्रा आफन्तहरू, र तिनीहरूका सहरहरूमा बसोबास गर्ने पूजाहारी र लेवीहरूकहाँ हामी समाचार पठाऔं । हामीसँग सहभगी हुन तिनीहरूलाई भनियोस् ।

  • 8जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।

  • 23तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।

  • 15त्यसैले परमप्रभुले बिहानदेखि तोकिएको समयसम्म इस्राएलमा रुढी पठाउनुभयो र दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे ।

  • 7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।

  • न्या 20:1-2
    2 पदहरू
    69%

    1¶ त्यसपछि दानदेखि बेर्शेबासम्मका इस्राएलका मानिसहरू र गिलादको भूमिबाट समेत सबै एक भएर निस्के र परमप्रभुको अगि मिस्पामा एकसाथ भेला भए ।

    2इस्राएलका सबै कुलका मानिसहरूका अगुवाहरू परमेश्‍वरका मानिसहरूको भेलामा आफ्‍नो सहभागीता जनाए— त्यहाँ चार लाख जना पैदल हिंड्‍ने मानिसहरू तरवार लिएर युद्ध गर्न तयार थिए ।

  • 45यसैले लडाइँमा जान सक्‍ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो ।

  • 2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”

  • 21तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ ।

  • 31तिनीहरू छाउनीबाट तिनीहरूको झन्डामुनि अन्तिममा जानेछन् ।”

  • 2त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे र बिक्रीको छोरा शेबाको पछि लागे । तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्‍ना राजाको पछिपछि गए ।

  • 1¶ दाऊदले इस्राएलका सबै अधिकारीलाईः कुलहरूका अधिकारीहरू, राजाको सेवामा आफूलाई तोकिएका समयको काममा लाग्‍ने दलहरूका अधिकारीहरू, हजार र सयका कमाण्‍डरहरू, राजा र तिनका छोराहरूका सबै सम्‍पत्तिमाथिका व्‍यवस्‍थापकहरू, अनि अधिकारीहरू र सबैभन्दा सिपालुहरू वीर योद्धाहरू यरूशलेममा भेला गरे ।

  • 25उत्तरमा दानको छाउनीको दल हुनेछ । दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेर होस् ।

  • 5यसैले तिनीहरूले बेर्शेबादेखि दानसम्‍मै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न मानिसहरू यरूशलेममा आउनैपर्छ भनी सारा इस्राएलभरि घोषणा गर्ने कुरामा सहमत भए । किनकि यसअघि लेखिएबमोजिम मानिसहरूका यति धेरै सङ्‍ख्‍याले यो चाड मानेका थिएनन्‌ ।