२ शमूएल 7:1

अनलक शाब्दिक बाइबल

¶ राजाले आफ्नो घर व्यवस्थित गरेपछि र तिनका वरिपरिका सबै शत्रुबाट परमप्रभुले विश्राम दिनुभएपछि,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 21:44 : 44 त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
  • यहो 23:1 : 1 ¶ परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए ।
  • १ राजा 5:4 : 4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ ।
  • १ इति 17:1-9 : 1 ¶ राजा आफ्‍नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्‍दैछु, तर परमप्रभुको करारको सन्‍दूकचाहिं पालमुनि राखिएको छ ।” 2 तब नातानले दाऊदलाई जवाफ दिए, “ जानुहोस्, आफ्‍नो मनमा जे छ त्‍यो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।” 3 तर त्‍यही रात परमेश्‍वरको यो वचन नातानकहाँ यसो भनेर आयो, 4 “जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले मेरो लागि बस्‍ने घर बनाउनेछैनस्‌ । 5 किनकि इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि यता आजको दिनसम्‍म म कहिल्‍यै घरमा बसेको छैनँ । बरू, विभिन्‍न ठाउँमा पवित्र पालसम्‍म म बस्‍दैआएको छु । 6 सारा इस्राएलसँग सबै ठाउँमा म सरेको बेलामा, मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्‍त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनें, “मेरो निम्‍ति देवदारुको घर किन बनाएको छैनस्?” 7 “अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ । 8 तँ जहाँ गए पनि म तँसँगै छु र तेरो सामुबाट तेरा शत्रुहरूलाई हटाएको छु, अनि तेरो नाउँलाई म पृथ्‍वीमा भएका महान्‌ व्‍यक्तिहरूझैं प्रसिद्ध तुल्‍याउनेछु । 9 म आफ्‍ना मानिस इस्राएलको निम्‍ति एउटा ठाउँ तोक्‍नेछु ताकि तिनीहरू आफ्‍नै देशमा बसून् र फेरि कष्‍टमा नपरून् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन्, 10 जसरी मैले आफ्‍ना मानिस इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए । त्यसपछि तेरा सबै शत्रुहरूलाई म वशमा पार्नेछु । साथै म तँलाई भन्‍दछु, कि म परमप्रभुले तेरो निम्ति घर बनाउनेछु । 11 जब तेरो जीवन पुरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्‍न जानेछस्, तब तँपछि म तेरै सन्तानलाई खडा गर्नेछु, र तेरै एक सन्तानमध्‍ये एक जनाको राज्यलाई म स्थापित गर्नेछु । 12 उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्‍ति स्‍थापित गर्नेछु । 13 म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ । तँभन्‍दा पहिले राज्‍य गर्ने शाऊलबाट मेरो आफ्‍नो करारको विश्‍वस्‍तता फिर्ता लिएझैं म ऊदेखि फिर्ता लिनेछैनँ । 14 उसलाई म आफ्‍नो मन्‍दिर र मेरो राज्‍यमाथि सधैंको निम्‍ति राख्‍नेछु, र उसको सिंहासन सदासर्वदाको निम्‍ति स्‍थापित हुनेछ ।” 15 नातानले दाऊदसँग कुरा गरे र यी सबै वचन सुनाए, र सबै दर्शनको बारेमा उनले तिनलाई बताए । 16 तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभएको छ? 17 किनकि हे परमेश्‍वर, तपाईंको दृष्‍टिमा यो त सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घरानालाई भविष्यको बारेमा बोल्‍नुभएको छ, र मलाई भविष्यका पुस्ताहरू देखाउनुभएको छ । 18 म दाऊदले तपाईंलाई योभन्दा बढी के नै भन्‍न सक्छु र? तपाईंले आफ्‍नो दासलाई विशेष आदर गर्नुभएको छ । 19 हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्‍ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ । 20 हे परमप्रभु, तपाईंजस्‍तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन । 21 किनकि तपाईंका मानिस इस्राएलजस्तै यस पृथ्वीमा कुन जाति छ र, जसलाई तपाईं परमेश्‍वरले महान्‌ र भयानक कार्यहरूद्वारा आफ्‍नो नाउँको निम्ति आफ्ना मानिस बनाउनलाई मिश्रदेशबाट छुटकारा दिनुभयो? मिश्रदेशबाट तपाईंले छुटकारा दिनुभएका आफ्‍ना मानिसहरूको सामुबाट तपाईंले जातिहरूलाई धपाउनुभयो । 22 तपाईंले इस्राएललाई सदाको निम्ति आफ्‍नो मानिसहरू बनाउनुभयो र तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ । 23 यसैले अब हे परमप्रभु, आफ्‍नो दास र उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् । 24 तपाईंको नाम सदासर्वदाको निम्‍ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ ।,’ 25 किनकि, हे मेरा परमेश्‍वर, तपाईंले आफ्‍नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु । 26 अब हे परमप्रभु, तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ, र आफ्‍नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः 27 तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्तर रहोस् भनी आशिष् दिने इच्छा तपाईंलाई भयो । तपाईं परमप्रभुले त्‍यसलाई आशिष्‌ दिनुभएको छ, र त्‍यो सदाको निम्ति आशिषित हुनेछ ।”
  • २ इति 14:6 : 6 तिनले यहूदामा किल्‍ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्‍ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।
  • भजन 18:1 : 1 ¶ हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।
  • नीति 16:7 : 7 जब मानिसका मार्गहरूले परमप्रभुलाई खुसी पार्छन्, तब उहाँले त्यसका शत्रुहरूलाई पनि त्यससित मिलापमा राख्‍नुहुने छ ।
  • दानी 4:29-30 : 29 बाह्र महिनापछि, तिनी बेबिलोनमा एउटा दरबारको कौसीमा हिंडिरहेका थिए, 30 अनि तिनले भने, “के यो महान् बेबिलोन होइन, जुन मैले आफ्‍नो राजकीय निवास, र आफ्‍नो ऐश्‍वर्यको महिमाको निम्ति निर्माण गरें?”.
  • लू 1:74-75 : 74 उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्‍त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर 75 पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 7:2-5
    4 पदहरू
    85%

    2राजाले नतान अगमवक्‍तालाई भने, “हे्र्नुहोस्, म देवदारुको महलमा बसिरहेको छु, तर परमेश्‍वरको सन्दुकचाहिं पालको माझमा रहिरहेको छ ।”

    3त्यसपछी नातानने राजालाई भने, “जानुहोस्, तपाईंको मनमा जे छ सो गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ ।”

    4तर त्यसै रात परमप्रभुको वचन नातानकहाँ यसो भनेर आयो,

    5“जा र मेरो दास दाऊदलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'के तैंले मेरो निम्ति बस्‍नलाई मन्‍दिर बनाउने छस्?

  • १ इति 17:1-4
    4 पदहरू
    82%

    1¶ राजा आफ्‍नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्‍दैछु, तर परमप्रभुको करारको सन्‍दूकचाहिं पालमुनि राखिएको छ ।”

    2तब नातानले दाऊदलाई जवाफ दिए, “ जानुहोस्, आफ्‍नो मनमा जे छ त्‍यो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।”

    3तर त्‍यही रात परमेश्‍वरको यो वचन नातानकहाँ यसो भनेर आयो,

    4“जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले मेरो लागि बस्‍ने घर बनाउनेछैनस्‌ ।

  • २ शमू 7:16-19
    4 पदहरू
    78%

    16तेरो घराना र राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने छ । तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने छ' ।”

    17नातानले दाऊदलाई भने, र तिनले यी सबै वचन तिनला सुनाए र तिनले उनलाई समग्र दर्शनबारे बताए ।

    18त्यसपछि राजा दाऊद भित्र गए र परमप्रभुको सामु बसे र यसो भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ र मेरो परिवार के हो र मलाई यहाँसम्म ल्याउनुभएको छ?

    19अब हे परमप्रभु परमेश्‍वर, यो तपाईंको दृष्‍टिमा सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंको सेवकको घरानामा धेरै समयपछि हुन आउने कुराका बारेमा पनि तपाईंले भन्‍नुभएको छ र भावी पुस्‍ताहरूका बारेमा मलाई प्रकट गर्नुभएको छ ।

  • २ शमू 7:11-13
    3 पदहरू
    78%

    11जस्तो मेरा मानिस इस्राएलका निम्ति न्यायकर्ता हुनलाई मैले आज्ञा गरेका दिनहरूदेखि नै तिनीहरूले गरिरहेका थिए । अब तेरा सबै शत्रुबाट म तँलाई विश्राम दिने छु । यसको साथै, म परमप्रभुले तँलाई भन्‍छु कि म तेरो निम्ति एउटा घराना बनाउने छु ।

    12जब तेरो दिन पुरा हुने छ र तँ आफ्‍ना पुर्खाहरूसँग सुत्‍ने छस्, तब तँपछिको तेरो सन्तानलाई म खडा गर्ने छु, जो तेरै शरीरबाट आउने छ र म त्यसको राज्य स्थापित गर्ने छु ।

    13त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने छ र म त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु ।

  • १ इति 17:15-16
    2 पदहरू
    75%

    15नातानले दाऊदसँग कुरा गरे र यी सबै वचन सुनाए, र सबै दर्शनको बारेमा उनले तिनलाई बताए ।

    16तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभएको छ?

  • १ राजा 5:3-5
    3 पदहरू
    74%

    3“मेरा पिता दाऊद युद्धले घेरिएकाले परमप्रभु उहाँका परमेश्वरको नाउँमा उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईंलाई थाहै छ । उहाँको जीवनभर परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पैतालामुनि ल्याउनुभयो ।

    4तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ ।

    5त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, 'म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ ।'

  • 27किनकि हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने छ भनी तपाईंले उसलाई प्रकट गर्नुभएको छ । यसैले म तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु ।

  • २ इति 7:10-12
    3 पदहरू
    73%

    10परमप्रभुले दाऊद र सोलोमन र आफ्‍ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारणले खुशी र आनन्‍दित हृदयहरूका साथ सातौं महिनाको तेईसौं दिनमा सोलोमनले मानिसहरूलाई आआफ्‍ना घर पठाइदिए ।

    11यसरी सोलोमनले परमप्रभुको मन्‍दिर र तिनको आफ्नै राजमहल बनाइसके । परमप्रभुको मन्‍दिर र तिनको आफ्‍नो राजमहल बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा तिनले सफलतापूर्वक पूरा गरे ।

    12परमप्रभु राती सोलोमोनकहाँ देखा परेर तिनलाई भन्‍नुभयोः “मैले तेरो प्रार्थना सुनेको छु, र बलिदानको मन्‍दिरको रूपमा यो स्‍थानलाई मैले आफ्‍नो बासस्थानको निम्‍ति चुनेको छु ।

  • १ राजा 1:22-24
    3 पदहरू
    72%

    22उनी राजासित बोलिरहँदा नातान अगमवक्ता भित्र आए ।

    23सेवकहरूले राजालाई भने, “नातान अगवमक्ता आएका छन् ।” तिनी भित्र प्रवेश गरेपछि तिनले भुइँसम्मे निहुरेर राजालाई दण्डवत् गरे ।

    24नातानले भने, “हे मेरा मालिक राजा, “के हजुरपछि अदोनियाह राजा हुने छन् र तिनी नै हजुरको सिंहासनमा बस्ने छन् भनी हजुरले भन्नुभएको छ र?’

  • 7इस्राएलका सबै मानिस माझमा म घुमफिर गरेका सबै ठाउँमा, मेरा मानिस इस्राएलका रेखदेख गर्न मैले नियुक्‍ति गरेका इस्राएलका कुनै पनि अगुवालाई मैले कहिलै यसो भनें र, “तैंले मेरो निम्ति किन देवदारुको मन्‍दिर बनाएको छैनस्?”

  • 1¶ सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि

  • 9तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु ।

  • 25त्यसैले अब, हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो सेवक र त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

  • 6तिनले यहूदामा किल्‍ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्‍ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।

  • 2तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस् । परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर, हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो, अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें ।

  • 25किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई आराम दिनुभएको छ । उहाँले सदासर्वदाको निम्‍ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ ।

  • 14तब राजा फर्केर उभिरहेका इस्राएलका सारा समुदायलाई आशिष् दिए ।

  • 46साथै, सोलोमन राज्यको सिंहासनमा बसिरहेका छन् ।

  • 7त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।

  • 10परमप्रभुले भन्‍नुभएको कुरा पूरा गर्नुभएको छ, किनकि परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम मेरो बुबा दाऊदको सट्टामा म खडा भएको छु, र इस्राएलको सिंहासनमा म बसेको छु । परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति मैले यो मन्‍दिर बनाएको छु ।

  • 10जसरी मैले आफ्‍ना मानिस इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए । त्यसपछि तेरा सबै शत्रुहरूलाई म वशमा पार्नेछु । साथै म तँलाई भन्‍दछु, कि म परमप्रभुले तेरो निम्ति घर बनाउनेछु ।

  • 7अब परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने इच्‍छा मेरा बुबा दाऊदको हृदयमा थियो ।

  • 12परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्‍दथे र उहाँले आफ्‍ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्‍च पार्नुभएको थियो ।

  • 47तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए ।

  • 27हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो,

  • 20परमप्रभुले आफूले भन्नुभएको वचन पुरा गर्नुभएको छ, किनकि म मेरा पिता दाऊदको ठाउँमा खडा भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ म इस्राएलको सिंहासनमा बसेको छु । मैले इस्राएलका परमेश्वर परमप्रभुको नाउँमा घर बनाएको छु ।

  • 1¶ दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे ।

  • २ इति 6:3-4
    2 पदहरू
    70%

    3त्यसपछि इस्राएलका सारा समुदाय खडा भइरहँदा, राजा तिनीहरूतिर फर्के र तिनीहरूलाई आशीर्वाद दिए ।

    4तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो र आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,

  • १ इति 17:6-7
    2 पदहरू
    70%

    6सारा इस्राएलसँग सबै ठाउँमा म सरेको बेलामा, मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्‍त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनें, “मेरो निम्‍ति देवदारुको घर किन बनाएको छैनस्?”

    7“अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ ।

  • 7सोलोमनले सिंहासन कक्ष अर्थात् न्याय गर्नको लागि न्यायको कक्ष बनाए । यसको भुइँ देवदारुको काठले ढाकिएको थियो ।