२ तिमोथी 1:18

अनलक शाब्दिक बाइबल

त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • इब्रा 6:10 : 10 किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्‍वर अधर्मी हुनुहुन्‍न, किनभने तिमीहरूले विश्‍वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ ।
  • २ तिमो 1:12 : 12 यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ ।
  • १ तिमो 1:3 : 3 मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्‍न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्‍छौ ।
  • २ तिमो 1:16 : 16 परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् ।
  • २ तिमो 4:12 : 12 तुखिकसलाई मैले एफिससमा पठाएको छु ।
  • १ पत्रु 1:10 : 10 अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए ।
  • प्रका 2:1 : 1 ¶ “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।
  • १ राजा 17:20 : 20 तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो?”
  • भजन 130:3-4 : 3 हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र? 4 तर तपाईंमा क्षमा छ, जसले गर्दा तपाईंको आदर गरिन्‍छ ।
  • मत्त 25:34-40 : 34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर । 35 किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ; 36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’ 37 त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौँ र तपाईंलाई खुवायौँ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ? 38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौँ र तपाईंलाई भित्र ल्यायौँ? 39 र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ?’ 40 र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’
  • लू 1:72 : 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।
  • लू 1:78 : 78 हाम्रा परमेश्‍वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ ।
  • लू 8:3 : 3 हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना र सुसन्‍ना, यिनीहरू र अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्थे ।
  • प्रेरि 19:1 : 1 ¶ अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्यहाँ कतिपय चेलाहरूलाई भेटे ।
  • रोमी 3:23-24 : 23 किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन् । 24 ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैँमा धर्मी ठहराइन्छन् ।
  • रोमी 9:15-23 : 15 किनकि उहाँ मोशालाई भन्‍नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउँछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउँछु ।” 16 त्यसैले, यो इच्छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो । 17 किनकि धर्मशास्‍त्रले फारोलाई भन्छ, “यही उद्देश्यको निम्ति मैले तँलाई खडा गरेँ, ताकि मैले तँमा मेरो शक्‍ति प्रदर्शन गर्न सकूँ, र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस् ।” 18 त्यसैले, परमेश्‍वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ । 19 तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त?” 20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनाएको? ” 21 के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र? 22 परमेश्‍वरले नै उहाँको क्रोध प्रकट गर्न र विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहिरहने इच्छा गरिरहनुभएको छ भने के त? 23 यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमा प्रकट गर्न यसो गर्नुभएको हो भने के त?
  • १ कोरि 16:8 : 8 तर म पेन्तिकोससम्म एफिससमा नै बस्‍नेछु ।
  • २ कोरि 9:1 : 1 ¶ विश्‍वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ ।
  • एफिसी 2:4 : 4 तर परमेश्‍वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ ।
  • १ थेस 2:19 : 19 किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र?

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ तिमो 1:16-17
    2 पदहरू
    84%

    16परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् ।

    17तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए ।

  • 76%

    18तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ ।

    19यहूदीहरूका षड्यन्‍त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्‍टहरूमा समेत प्रभुको सेवा गरिरहेँ ।

  • 16तर यही कारणको निम्ति मलाई पहिला दया गरियो ताकि अनन्त जीवनको लागि उहाँमाथि विश्‍वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्‍वरूप म सबैभन्दा तुच्‍छ मानिसमा ख्रीष्‍ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्‍नु भएको होस् ।

  • फिलि 2:27-28
    2 पदहरू
    74%

    27किनकि तिनी साँच्‍चै यति बिरामी थिए, कि तिनी मरणासन्‍न अवस्थामा पुगेका थिए । तर परमेश्‍वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो ।

    28यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र म चिन्ताबाट मुक्‍त हुनेछु ।

  • 13म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्‍ने थियो भनेर मैले उसलाई मसँगै राख्‍न चाहन्थेँ ।

  • १ तिमो 1:12-14
    3 पदहरू
    74%

    12र म ख्रीष्‍ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्‍वासयोग्य ठानेर सेवामा नियुक्‍त गर्नुभयो ।

    13म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरेँ ।

    14तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।

  • रोमी 1:9-10
    2 पदहरू
    74%

    9किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु ।

    10परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।

  • 27जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे ।

  • २ तिमो 3:10-11
    2 पदहरू
    73%

    10तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, सहनशक्‍ति,

    11सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्‍यौ । मैले त्यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो ।

  • २ तिमो 1:3-4
    2 पदहरू
    72%

    3मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्‍वरलाई धन्यवाद चढाँउदछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु ।

    4तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ ।

  • 21तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा र मलाई कस्तो छ भनी थाहा होस् भन्‍नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्‍वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् ।

  • 18हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।

  • 22प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।

  • फिले 1:8-9
    2 पदहरू
    72%

    8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए, तापनि

    9प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,

  • 22साथै, मेरो निम्ति एउटा कोठा तयार गर, किनकि म आशा गर्दछु, कि तिम्रो प्रार्थनाले गर्दा चाँडै नै म तिमीलाई भेट्न आउन सक्‍नेछु ।

  • 19जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।

  • 3मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्‍न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्‍छौ ।

  • 3हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्‍वरलाई धन्यवाद दिन्छु ।

  • एफिसी 1:15-16
    2 पदहरू
    72%

    15यसकारण प्रभु येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि,

    16मैले तिमीहरूको लागि परमेश्‍वरमा धन्यवाद दिन र मेरो प्रार्थनामा तिमीहरूलाई सम्झिन रोकेको छैन ।

  • 25र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन ।

  • 19किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ ।

  • 25हाम्रा येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।

  • फिले 1:4-5
    2 पदहरू
    71%

    4तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु ।

    5प्रभु येशूमा भएको तिम्रो विश्‍वास र प्रेम र अरू विश्‍वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु ।

  • 12हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।

  • फिलि 1:7-8
    2 पदहरू
    71%

    7तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।

    8किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ ।

  • फिले 1:15-16
    2 पदहरू
    71%

    15सायद अब तिमीले सदाको लागि उसलाई फिर्ता पाउन सकोस् भनेर नै ऊ केही समयको निम्ति तिमीबाट अलग भएको थियो ।

    16अब एक दासको रूपमा होइन, तर दासभन्दा अधिक एउटा प्रिय भाइको रूपमा ग्रहण गर । म उसलाई माया गर्छु र तिमीले पनि उसलाई प्रेम गर । तिमीले उसलाई शरीरमा र प्रभुमा भाइको रूपमा प्रेम गर ।

  • २ कोरि 2:8-9
    2 पदहरू
    71%

    8उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर ।

    9तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्‍न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।

  • 2तिमीहरूका निम्ति परमेश्‍वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म विचार गर्दछु ।

  • 18यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूमा अनुग्रह होस् ।

  • 19अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु । त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।

  • 31त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ ।

  • 15मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।

  • 3खास गरी, किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्‍नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले, तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्दछु ।

  • 7किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु ।

  • 30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।

  • 24[नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।