एफिसीहरू 3:2

अनलक शाब्दिक बाइबल

तिमीहरूका निम्ति परमेश्‍वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म विचार गर्दछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ तिमो 1:11 : 11 त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको छु ।
  • रोमी 1:5 : 5 उहाँको नाउँको खातिर सबै जातिमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।
  • एफिसी 4:7 : 7 हामी हरेकलाई ख्रीष्‍टको वरदानको नापअनुसार वरदान दिइएको छ ।
  • गलाती 1:13 : 13 म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।
  • गलाती 1:15-16 : 15 तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्‍नको निम्ति परमेश्‍वर खुसी हुनुभयो । 16 मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्तै शरीर र रगतको सल्लाह लिइनँ,
  • एफिसी 1:10 : 10 उहाँको योजनाको पूर्णताको समय जब पूरा हुन्छ, तब ख्रीष्‍टमा परमेश्‍वरले स्वर्ग र पृथ्वीका सबै थोकलाई एक साथ ल्याउनुहुनेछ ।
  • प्रेरि 13:2 : 2 जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”
  • प्रेरि 13:46 : 46 तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्‍त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ ।
  • प्रेरि 22:21 : 21 तर उहाँले मलाई भन्‍नुभयो, ʻगइहाल, किनभने म तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछुʼ ।”
  • कलस्सी 1:25-27 : 25 परमेश्‍वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ । 26 यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्‍त सत्यता हो । तर अहिले उहाँमा विश्‍वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ । 27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्‍चयता हो ।
  • १ तिमो 1:11 : 11 यो मलाई सुम्पिएको धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।
  • १ तिमो 2:7 : 7 यसै उद्देश्यसको लागी एक सन्‍देशवाहक बनाइएँ । म साँचो बोल्छु; म ढाँट्दिन । म विश्‍वास र सत्यतामा अन्यजातीहरूको शिक्षक हुँ ।
  • १ तिमो 1:4 : 4 नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन, जसले विश्‍वासद्वारा आउने परमेश्‍वरको योजनालाई सहायता पुर्‍याउनु साटो विवाद उत्पन्‍न गर्छ ।
  • प्रेरि 9:15 : 15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् ।
  • प्रेरि 26:17-18 : 17 म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु । 18 तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा र मैले ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून् ।
  • रोमी 11:13 : 13 अनि अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु । जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवा-कार्यमा गर्व गर्छु ।
  • रोमी 12:3 : 3 किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ ।
  • रोमी 15:15-16 : 15 तर मलाई परमेश्‍वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु । 16 यो वरदानचाहिँ पुजारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो । मैले यो गर्नुपर्छ, ताकि पवित्र आत्माद्वारा परमेश्‍वरलाई अर्पण गरिएको गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।
  • १ कोरि 4:1 : 1 ¶ यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरको गोप्य सत्यताको भण्डारे ठान्‍नुपर्छ ।
  • १ कोरि 9:17-22 : 17 किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ । 18 त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ । 19 किनकि म सबै कुरामा स्वतन्‍त्र भए तापनि धेरैलाई जित्‍न सकौँ भनेर म सबैको दास भएँ । 20 यहूदीहरूलाई जित्‍नको लागि म यहूदीजस्तै बनेँ । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनेँ । म आफैँ व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरेँ । 21 म आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ । 22 कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।
  • एफिसी 3:8 : 8 परमेश्‍वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्‍ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो ।
  • गलाती 2:8-9 : 8 किनकि खतना भएकाहरूलाई प्रचार गर्नको निम्ति पत्रुसमा काम गर्नुभएका परमेश्‍वरले नै गैरयहूदीहरूका बिचमा प्रचार गर्नलाई ममा काम गर्नुभयो । 9 जब मण्डली निर्माण गर्नेहरू भनेर चिनिएका याकूब, केफास र यूहन्‍नाले मलाई दिइएको अनुग्रहलाई बुझे, तिनीहरूले बारनाबास र मलाई सङ्गतिको अधिकार दिए । हामी गैरयहूदीहरूका माझमा जान सकौँ र उनीहरू खतना भएकाहरूका माझमा जान सकून् भनेर उनीहरूले यसो गरे ।
  • एफिसी 4:21 : 21 तिमीहरूले येशूको बारेमा सुनेका छौ भनी म ठान्दछु । ख्रीष्‍टमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका छौ भनी म ठान्दछु ।
  • कलस्सी 1:4 : 4 येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।
  • कलस्सी 1:6 : 6 जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एफिसी 3:3-5
    3 पदहरू
    83%

    3मलाई दिइएको प्रकाश अनुसार म यी कुराहरू लेख्दै छु । मेरो अर्को पत्रमा मैले सम्क्षिप्‍त रूपमा लेखेको कुरा एउटा गुप्‍त सत्यता हो ।

    4जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्‍टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्‍टिको बारेमा तिमीहरूले बुझ्‍न सक्‍ने छौ ।

    5यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।

  • 82%

    25परमेश्‍वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।

    26यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्‍त सत्यता हो । तर अहिले उहाँमा विश्‍वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ ।

  • 1¶ यसैकारण, म पावल, तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्‍टको एक कैदी हुँ ।

  • एफिसी 3:7-9
    3 पदहरू
    80%

    7उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्‍वरको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक भएको छु ।

    8परमेश्‍वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्‍ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो ।

    9सबै मानिसहरूलाई परमेश्‍वरको गुप्‍त योजनाको बारेमा मैले स्पष्‍ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो ।

  • १ कोरि 1:3-4
    2 पदहरू
    75%

    3हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

    4ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैँ धन्यवाद दिन्छु ।

  • 15तर मलाई परमेश्‍वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु ।

  • 5उहाँको नाउँको खातिर सबै जातिमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।

  • कलस्सी 1:6-7
    2 पदहरू
    73%

    6जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।

    7यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वसनीय सेवक हुन् ।

  • 2हाम्रा पिता परमेश्‍वर र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

  • १ तिमो 1:11-12
    2 पदहरू
    73%

    11यो मलाई सुम्पिएको धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।

    12र म ख्रीष्‍ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्‍वासयोग्य ठानेर सेवामा नियुक्‍त गर्नुभयो ।

  • 7हामी हरेकलाई ख्रीष्‍टको वरदानको नापअनुसार वरदान दिइएको छ ।

  • गलाती 1:2-3
    2 पदहरू
    72%

    2मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।

    3परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,

  • 15तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्‍नको निम्ति परमेश्‍वर खुसी हुनुभयो ।

  • 11हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्‍त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्‍ति ल्याउन सक्षम परमेश्‍वरको अनुग्रह देखा परेको छ,

  • 17किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ ।

  • 15यसकारण प्रभु येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि,

  • 2हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।

  • एफिसी 2:7-8
    2 पदहरू
    72%

    7आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो । ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ ।

    8किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो ।

  • 10परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ ।

  • 10तर म जे छु परमेश्‍वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्‍वरको अनुग्रहले थियो ।

  • 3परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

  • 17म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।

  • 18हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।

  • 2परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति ।

  • 12भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ ।

  • 7तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।

  • 8किनकि खतना भएकाहरूलाई प्रचार गर्नको निम्ति पत्रुसमा काम गर्नुभएका परमेश्‍वरले नै गैरयहूदीहरूका बिचमा प्रचार गर्नलाई ममा काम गर्नुभयो ।

  • 12हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।

  • 18त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।

  • 30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।

  • 6तिमीहरू यति छिटै फरक सन्देशतिर फर्किएको देख्दा म चकित परेको छु । ख्रीष्‍टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा म चकित परेको छु ।

  • 1¶ भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौँ ।

  • 11त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको छु ।

  • 3ठिक समयमा, हाम्रा मुक्‍तिदाता परमेश्‍वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।

  • 15र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन् ।

  • 14तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।

  • 32र अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र परमेश्‍वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।

  • 10तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, सहनशक्‍ति,

  • 1¶ त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।

  • 5त्यसो भए अपोल्लोस को हो? अनि पावल को हो? सबै परमेश्‍वरका सेवकहरू हुन्, जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ ।