२ तिमोथी 2:8

अनलक शाब्दिक बाइबल

मैले सुसमाचारको सन्देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रोमी 2:16 : 16 अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।
  • मत्त 1:1 : 1 ¶ दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक ।
  • प्रेरि 2:24 : 24 उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।
  • प्रेरि 2:30 : 30 यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो ।
  • प्रेरि 13:23 : 23 यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।
  • लू 24:46 : 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।
  • रोमी 16:25 : 25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ,
  • १ कोरि 15:1 : 1 ¶ भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ ।
  • १ कोरि 15:4 : 4 उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।
  • १ कोरि 15:11-20 : 11 यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ । 12 अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ? 13 तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन । 14 र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्‍वास पनि व्यर्थ हुन्छ । 15 अनि परमेश्‍वरले ख्रीष्‍टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौँ । 16 यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन । 17 तर यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्‍वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ । 18 तब ख्रीष्‍टमा मर्नेहरू पनि नष्‍ट भएका छन् । 19 यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्‍टमा भविष्यको निश्‍चयता पाएका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ । 20 तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ ।
  • २ थेस 2:14 : 14 हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्‍त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।
  • १ तिमो 1:11 : 11 यो मलाई सुम्पिएको धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।
  • १ तिमो 2:7 : 7 यसै उद्देश्यसको लागी एक सन्‍देशवाहक बनाइएँ । म साँचो बोल्छु; म ढाँट्दिन । म विश्‍वास र सत्यतामा अन्यजातीहरूको शिक्षक हुँ ।
  • इब्रा 12:2-3 : 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ । 3 त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ ।
  • प्रका 5:5 : 5 तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्‍त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।”
  • रोमी 1:3-4 : 3 यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो । 4 मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिशाली परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रोमी 1:2-4
    3 पदहरू
    71%

    2उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।

    3यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो ।

    4मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिशाली परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्छ ।

  • 7मैले भनेका कुरामा विचार गर, किनकि परमेश्‍वरले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ ।

  • १ कोरि 15:1-4
    4 पदहरू
    68%

    1¶ भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ ।

    2मैले प्रचार गरेको वचनमा अटल रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ । नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ ।

    3किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका लागि मर्नुभयो,

    4उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।

  • 3उनले धर्मशास्‍त्र खोल्दै ख्रीष्‍टले दुःख भोग्‍नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ ।”

  • 30तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।

  • 16अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।

  • १ कोरि 15:12-13
    2 पदहरू
    67%

    12अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ?

    13तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।

  • 9जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगेँ । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन ।

  • 1¶ त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।

  • 14हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ । हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ ।

  • 66%

    29हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु∶ तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ ।

    30यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो ।

    31तिनले यो कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’

    32यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ ।

  • 8मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्‍वरको लागि अपत्यारिलो छ भनेर तपाईंहरू किन विचार गर्नुहुन्छ?

  • 8तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर,

  • 12भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ ।

  • 11भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।

  • रोमी 8:10-11
    2 पदहरू
    66%

    10यदि तिमीहरूमा ख्रीष्‍ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ ।

    11येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।

  • 37तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।

  • रोमी 6:8-9
    2 पदहरू
    65%

    8तर यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ ।

    9हामी जान्दछौँ, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्‍न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन ।

  • 24उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।

  • 5म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ?

  • 23यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।

  • १ कोरि 11:1-2
    2 पदहरू
    65%

    1¶ मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु ।

    2म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ ।

  • 23कि ख्रीष्‍टले दु:ख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।

  • फिलि 1:17-18
    2 पदहरू
    65%

    17तर अरूहरूले ख्रीष्‍टको प्रचार स्वार्थ र निष्‍ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्‍ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् ।

    18त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्‍टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।

  • 9यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।

  • 16यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन ।

  • 22त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।

  • 2तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्‍ने निर्णय गरे ।

  • 8तब ती स्‍त्रीहरूले उहाँका वचनलाई सम्झे ।

  • 12तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्‍वरको शक्‍तिमाथि विश्‍वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ ।

  • 33परमेश्‍वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’

  • 14हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्‍त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।

  • 1¶ म पावल एक प्रेरित हुँ । म कुनै मानिस वा व्यक्‍तिद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्‍ट र परमेश्‍वर पिताद्वारा भएको हुँ जसले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो ।

  • 27ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर । चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्‍न पाऊँ । सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्‍ने मेरो चाहना छ ।

  • 17तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर ।

  • 6उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्‍नुभएको थियो, सो सम्झ ।

  • 20म ख्रीष्‍टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्‍वरका पुत्रको विश्‍वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।