रोमीहरू 2:16
अनि परमेश्वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा परमेश्वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।
अनि परमेश्वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा परमेश्वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।
15यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ ।
1¶ यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।
2तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।
3तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्वरको इन्साफबाट उम्कनेछौ र?
25अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्न सक्षम हुनुहुन्छ,
26तर अब सारा गैरयहूदीहरूका बिचमा विश्वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ,
17मानौँ, व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ, परमेश्वरमा गर्वका साथ रमाउँछौ,
3तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैँ पनि मेरो जाँच गर्दिनँ ।
4मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्ने चाहिँ होइन । परमेश्वरले नै मेरो न्याय गर्नुहुन्छ ।
5यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
5तर तिमीहरूको कठोर र अपश्चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
6परमेश्वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः
14किनकि हामीले गरेको हरेक गुप्त कुरा, चाहे त्यो असल होस् वा खराब, त्यसलाई परमेश्वरले इन्साफ गर्नुहुने छ ।
15त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।
16म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
17किनकि यसैमा परमेश्वरको धार्मिकता विश्वासबाट विश्वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्वासद्वारा नै जिउनेछन् ।”
18किनभने सबै भक्तिहीनता र मानिसहरूको अधार्मिक्ता विरुद्ध परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्तिहीनताद्वारा सत्यतालाई रोकेको छ ।
10तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामु खडा हुनेछौँ ।
10किनकि हामी सबै ख्रीष्टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् ।
11त्यसकारण, परमेश्वरको भय जानेर नै हामी मानिसहरूलाई मनाउँछौँ । हामी को हौँ भन्ने कुरा परमेश्वरलाई थाहा छ । म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्ट छ ।
12यसैले, हामी हरेकले परमेश्वर स्वयम्लाई लेखा दिनुपर्नेछ ।
7तर यदि मेरो झुटद्वारा परमेश्वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त?
2बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ ।
3यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ ।
31किनभने उहाँले एक दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले चुन्नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
25उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्वर साँच्चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।
1¶ म येशू ख्रीष्टमा साँचो भन्दछु । म ढाँट्दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ,
11यो मलाई सुम्पिएको धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ ।
5तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् ।
6त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्वरअनुसार जिऊन् ।
3मलाई दिइएको प्रकाश अनुसार म यी कुराहरू लेख्दै छु । मेरो अर्को पत्रमा मैले सम्क्षिप्त रूपमा लेखेको कुरा एउटा गुप्त सत्यता हो ।
4जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्टिको बारेमा तिमीहरूले बुझ्न सक्ने छौ ।
5यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।
27यो तिनीहरूका निम्ति हो जसलाई परमेश्वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्चयता हो ।
11भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।
12किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।
17तर अरूहरूले ख्रीष्टको प्रचार स्वार्थ र निष्ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् ।
18त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।
27यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्लङ्घन गर्ने भएकाले यसो भएको हो ।
19र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ ।
17त्यसैले, मेरो आनन्द ख्रीष्ट येशू र परमेश्वरका कुराहरूमा छ ।
30अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
14जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ, मैले तिनीहरू सबैका सामुन्ने पत्रुसलाई भनेँ, “तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ?”
17किनकि यो परमेश्वरको परिवारबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्वरको वचन नमान्नेको अवस्था कस्तो होला?
4तर जसरी परमेश्वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई खुसी पार्नलाई बोल्छौँ ।
9सबै मानिसहरूलाई परमेश्वरको गुप्त योजनाको बारेमा मैले स्पष्ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्टि गर्नुहुने परमेश्वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो ।
16र यसमा नै परमेश्वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा विनादोषको विवेक पाउन म काम गर्छु ।
11यो यसको निम्ति पनि हो, ताकि परमेश्वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।
10तिमीहरूले हाम्रो गवाहीमा विश्वास गर्यौ । त्यसै गरी विश्वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।