रोमीहरू 2:12

अनलक शाब्दिक बाइबल

किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गलाती 2:16-19 : 16 व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्‍ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन । 17 तर यदि हामी ख्रीष्‍टमा परमेश्‍वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्‍ट पापको दास हुनुभयो त? त्यस्तो होइन! 18 व्यवस्थालाई पुरा गर्नुपर्छ भन्‍ने कुरामा मैले मेरो विश्‍वासलाई पुनर्निर्माण गरेँ, त्यो विश्‍वास जुन मैले भङ्ग गरिसकेको थिएँ । म आफैँलाई व्यवस्था भङ्ग गर्ने मानिस तुल्याउँछु । 19 व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ ।
  • गलाती 3:10 : 10 व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।”
  • १ कोरि 9:21 : 21 म आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ ।
  • २ कोरि 3:7-9 : 7 अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो । 8 पवित्र आत्माको काम झन् कति धेरै महिमित होला? 9 यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ!
  • प्रका 20:12-15 : 12 मैले शक्‍तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो । 13 समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो । 14 मृत्यु र पाताल अग्‍नि-कुण्डमा फालिए । यो अग्‍नि-कुण्ड दोस्रो मृत्यु हो । 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।
  • गलाती 3:22 : 22 तर त्यसको सट्टामा, पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्‍त्रले कैदमा राख्यो । परमेश्‍वरले यो गर्नुभयो ताकि येशू ख्रीष्‍टमा विश्‍वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्‍वास गर्नेहरूलाई दिन सकियोस् ।
  • व्यव 27:26 : 26 'यस व्यवस्थाका वचन पुरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
  • यहे 16:49-50 : 49 हेर्, तेरी बहिनी सदोमको पापचाहिं यो थियो, त्‍यो आफ्नो फुर्सदमा अहंकारी थिई, साथै लापरवाह र कुनै कुराको चिन्ता नगर्ने थई । त्यसले दरिद्र र खाँचोमा परेका मानिसहरूका हातहरू बलियो पारिन । 50 त्यो अहंकारी थिई र मेरो सामु घिनलाग्‍दा काम गरी, यसैले मैले तिनीहरूलाई उठाएँ, जसरी तैंले देखिस् ।
  • मत्त 11:22 : 22 न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।
  • मत्त 11:24 : 24 तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”
  • लू 10:12-15 : 12 म तिमीहरूलाई भन्दछु, कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्‍य हुनेछ । 13 खोराजीन, तँलाई धिक्‍कार छ! बेथसेदा, तँलाई पनि धिक्‍कार छ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे । 14 तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ । 15 तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ? होइन, तँलाई पातालमा ल्याइनेछ ।
  • लू 12:47-48 : 47 त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ । 48 तर जसले थाहै नभईकन मुक्‍का पाउने योग्यको काम गर्दछ, उसलाई थोरै मात्र मुक्‍काहरू दिइनेछ । हरेक जसलाई धेरै दिइएको छ, उसबाट पनि चाहिए जति असुलिने छ, जसलाई तिनीहरूले धेरै जिम्मा दिइएको छ उसबाट धेरै नै फिर्ता मागिनेछ ।
  • यूह 19:11 : 11 येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।”
  • प्रेरि 17:30-31 : 30 यसकारण परमेश्‍वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्‍वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्‍चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ । 31 किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
  • रोमी 1:18-21 : 18 किनभने सबै भक्‍तिहीनता र मानिसहरूको अधार्मिक्‍ता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्‍तिहीनताद्वारा सत्यतालाई रोकेको छ । 19 यो परमेश्‍वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्‍य भएको हुनाले हो । किनभने परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ । 20 किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा दृश्‍य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । 21 यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
  • रोमी 1:32 : 32 यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
  • रोमी 2:14-16 : 14 किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन । 15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ । 16 अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।
  • रोमी 3:19-20 : 19 अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्‍नाका लागि हो, ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून् । 20 उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
  • रोमी 4:15 : 15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन ।
  • रोमी 7:7-9 : 7 त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ । 8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ । 9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ । 10 जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो । 11 किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । नियमहरूद्वारा यसले मलाई मार्‍यो ।
  • रोमी 8:3 : 3 जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो ।
  • याक 2:10 : 10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रोमी 2:13-15
    3 पदहरू
    81%

    13किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् ।

    14किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।

    15यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ ।

  • याक 2:8-13
    6 पदहरू
    78%

    8तथापि, यदि तिमीहरूले “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने धर्मशास्‍त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने, तिमीहरूले असलै गर्दछौ ।

    9तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्घन गर्नेहरू भनी दोषी ठहरिन्छौ ।

    10किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ ।

    11किनभने जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ ।

    12यसकारण, स्वतन्‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर ।

    13किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँदछ । कृपा न्यायमाथि विजयी हुन्छ ।

  • 15किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन ।

  • रोमी 3:18-21
    4 पदहरू
    77%

    18तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन ।

    19अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्‍नाका लागि हो, ताकि सारा संसार परमेश्‍वरप्रति जवाफदेही हुन सकून् ।

    20उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।

    21तर अब व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्‍ताहरूद्वारा साक्षी दिइएको छ,

  • रोमी 2:1-3
    3 पदहरू
    77%

    1¶ यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।

    2तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।

    3तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्‍वरको इन्साफबाट उम्कनेछौ र?

  • रोमी 2:26-27
    2 पदहरू
    77%

    26यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र?

    27यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।

  • 11किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न ।

  • रोमी 5:12-13
    2 पदहरू
    76%

    12यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे ।

    13किनकि व्‍यवस्‍था नहुँदा पनि संसारमा पाप थियो, तर व्‍यवस्‍था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन ।

  • रोमी 3:9-10
    2 पदहरू
    75%

    9त्यसो भए के त? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।

    10यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।

  • गलाती 3:10-12
    3 पदहरू
    75%

    10व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।”

    11अब यो स्पष्‍ट छ, कि परमेश्‍वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्‍न, किनकि “धर्मी मानिस विश्‍वासद्वारा नै जिउनेछ ।”

    12व्यवस्था विश्‍वासबाट आएको होइन, तर त्यसको सट्टामा, “जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाअनुसार नै जिउनेछ ।”

  • रोमी 7:7-9
    3 पदहरू
    74%

    7त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ ।

    8तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।

    9एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।

  • 4पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।

  • 9हामी यो पनि जान्दछौँ कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्‍यावस्‍थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी र पापीहरूको निम्ति, ईश्‍वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बावुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्याराहरूका निम्ति,

  • 19व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ ।

  • 21म आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ ।

  • 32यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।

  • 2किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्‍त्र बनाएको छ ।

  • रोमी 6:14-15
    2 पदहरू
    72%

    14पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामा छैनौ, तर अनुग्रहमा छौ ।

    15त्यसो भए के त? के हामी व्यवस्थामा छैनौँ, तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ त? कहिल्यै यस्तो नहोस् ।

  • १ कोरि 5:12-13
    2 पदहरू
    72%

    12किनभने म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न हुनु? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र?

    13तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ । “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ ।”

  • 6परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः

  • 5किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्‍छन्, “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।”

  • गलाती 2:16-17
    2 पदहरू
    71%

    16व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्‍ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।

    17तर यदि हामी ख्रीष्‍टमा परमेश्‍वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्‍ट पापको दास हुनुभयो त? त्यस्तो होइन!

  • 18यसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण आयो ।

  • 20तर व्‍यवस्‍था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह पनि झन् बढ्‌यो ।

  • 28तब हामी निचोडमा आउँछौँ, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ ।

  • 31तर इस्राएलीहरू, जो व्यवस्थाको धार्मिकताको पछि लागे, तिनीहरू यसमा आइपुगेनन् ।

  • 28मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ ।

  • 12यसैले, हामी हरेकले परमेश्‍वर स्वयम्‌लाई लेखा दिनुपर्नेछ ।