प्रेरितहरूको काम 1:20

अनलक शाब्दिक बाइबल

“किनभने भजनसंग्रहको पुस्तकमा लेखिएको छ, ‘त्यसको खेत उजाड बनाइयोस् र त्यहाँ कोही एक जना पनि नबसोस्’ र ‘त्यसको नेतृत्वको पद अरू कसैले लिओस् ।’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 69:25 : 25 तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।
  • भजन 109:8-9 : 8 त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् । 9 त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्‍नी विधवा होस् । 10 त्यसका छोराछोरी भौंतारिऊन् र आफ्‍ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् । 11 त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्‍यो विदेशीहरूले लुटून् । 12 त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् । 13 त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् । 14 त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् । 15 तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्‍झना पृथ्वीबाट मेटाइदेऊन् ।
  • जक 5:3-4 : 3 अनि तिनले मलाई भने, “यो त्यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्यसको आधारमा झुटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।” 4 “म यो पठाउनेछु, अनि त्यो चोरको घरमा र मेरो नाउँको झुटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्छ । त्यो त्यस घरभित्रै रहनेछ र त्यसका काठहरू र ढुङ्गाहरूलाई ध्वस्त पार्नेछ ।”
  • लू 20:42 : 42 किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,
  • लू 24:44 : 44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”
  • प्रेरि 1:25 : 25 यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।”
  • प्रेरि 13:33 : 33 परमेश्‍वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 109:6-10
    5 पदहरू
    77%

    6यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्‍ट मानिसलाई नियुक्‍त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्‍त गर्नुहोस् ।

    7त्यसको न्याय हुँदा, त्‍यो दोषी भेट्टाइयोस् । त्यसको प्रार्थना पापपूर्ण ठानियोस् ।

    8त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् ।

    9त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्‍नी विधवा होस् ।

    10त्यसका छोराछोरी भौंतारिऊन् र आफ्‍ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।

  • 74%

    25यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।”

    26उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले; र चिट्ठा मतियासको नाममा पर्‍यो र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।

  • 73%

    16“भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्‍त्र पुरा हुनु आवश्यक थियो ।

    17किनभने त्यो हामीमध्ये एक जना थियो र त्यसले आफ्नो सेवाकाइको हिस्सा प्राप्‍त गर्‍यो ।”

    18(यो मानिसले उसको दुष्‍ट कर्मको कमाइबाट एउटा खेत किन्यो । त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो ।

    19यो कुरा यरूशलेममा बस्‍ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ “रगतको खेत” हुन्छ । )

  • 21यसकारण यो आवश्यक छ कि, यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना हामीसँगै उहाँको उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।”

  • 25तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।

  • 22मानिसहरूले उनलाई यतिबेलासम्म बोल्न दिए । तर त्यसपछि तिनीहरू चिच्‍च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेओ, उनी बाँच्‍नु ठिक छैन ।”

  • लू 20:15-17
    3 पदहरू
    69%

    15अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?

    16उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!”

    17तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “यो धर्मशास्‍त्रको भनाइको अर्थ के हो, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बन्यो?’

  • मर 12:8-10
    3 पदहरू
    68%

    8तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।

    9यसकारण, दाखबारीको मालिकले के गर्नेछ? उनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् ।

    10के तिमीहरूले यो धर्मशास्‍त्र पढेका छैनौ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।’

  • 14नासरतको यो येशूले यस स्थानलाई नष्‍ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौँ ।”

  • 29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे ।

  • 42किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,

  • 34दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस,

  • 39यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।

  • 11तिनीहरू भन्छन्, “परमेश्‍वरले त्यसलाई त्याग्‍नुभएको छ । लखेटेर त्यसलाई समात्, किनकि त्यसलाई बचाउने कोही पनि छैन ।”

  • 11येशू ख्रीष्‍ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर उहाँ नै मुख्य कुनेढुङ्गा हुनुभयो ।

  • 48यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्‍वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।”

  • 28र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।

  • 14तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।”

  • 58तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे ।

  • 10र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।”

  • 23परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।

  • 35यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्‍नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’

  • 20तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्‍ट होस् किनकि तैँले परमेश्‍वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्‍त गर्न सकिँदोरहेछ भनी ठानिस् ।

  • 1¶ तिनको हत्यामा शाऊल पनि सहमत थिए । त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो र प्रेरितहरूबाहेक अन्य विश्‍वासीहरू यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए ।

  • 9अनि दाऊद भन्छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् ।

  • 66%

    28त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् ।

    29मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन् ।

  • 11अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ अन्धो हुनेछस् । केही समयका लागि तैँले घाम देख्‍ने छैनस् ।’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्‍याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो ।

  • 16तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।

  • 27वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।

  • 41तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।”

  • 36मानिसको भिड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “तिनीबाट अलग बस!”

  • 43यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ ।

  • 15तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्‍टता छ ।

  • 19तेरो अफिसबाट र तेरो ठाउँबाट तँलाई म निकाल्नेछु । तँ तल खसालिनेछस् ।

  • 20जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए ।

  • 15यससँग अगमवक्‍ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ,