भजनसंग्रह 69:25
तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।
तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
22तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्यो नै पासो बनोस् ।
23तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् ।
24तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।
26किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्तिलाई तिनीहरूले सताए । तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्याए ।
27अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् ।
28तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् ।
7किनकि तिनीहरूले याकूबलाई निलेका र त्यसका गाउँहरूलाई नाश पारेका छन् ।
15तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्टता छ ।
15अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्ने छैनन् ।
25तपाईंले नचिन्ने जातिहरू र तपाईंको नाउँ नपुकार्ने परिवारहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् । किनकि तिनीहरूले याकूबलाई निलेका छन् र भष्म पारेका छन् यसरी उसलाई पूर्ण रूपमा नास पारेका र उसको बासस्थानलाई उजाड पारेका छन् ।
8त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् ।
9त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस् ।
10त्यसका छोराछोरी भौंतारिऊन् र आफ्ना भग्नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।
11त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्यो विदेशीहरूले लुटून् ।
21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।
22तपाईंले तिनीहरूको विरुद्धमा एक्कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।
23तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।
28र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।
9तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।
10तिनीहरूकाई सन्तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ ।
37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।
5परमेश्वरले तँलाई त्यसरी नै सदासर्वदाको निम्ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला
10हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।
13त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।
65तपाईंले तिनीहरूका हृदय लज्जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।
66हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्ट पार्नुहुन्छ ।
22तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्टको पाल फेरि रहनेछैन ।”
9मलाई घेर्नेहरूले आफ्ना शिर उठाउँछन् । आफ्नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।
10बलिरहेको भुङ्ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्डमा फाल्नुहोस् ।
6परमप्रभुका दूतले तिनीहरूलाई खेद्दा तिनीहरूका मार्ग अँध्यारो र चिप्लो होस् ।
11तिनीहरूलाई नमार्नुहोस्, नत्र मेरा मानिसहरूले बिर्सनेछन् । हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई तपाईंको शक्तिले तितरबितर पार्नुहोस् र तिनीहरूलाई ढाल्नुहोस् ।
12तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्त गरेका सराप र झूटको निम्ति ।
13तिनीहरूलाई क्रोधमा भस्म पार्नुहोस्, तिनीहरूलाई भस्म पार्नुहोस् ताकि तिनीहरू कदापि नरहून् । परमेश्वरले याकूबामाथि र पृथ्वीको अन्तिम छेउसम्म राज्य गर्नुहुन्छ भनी तिनीहरूले जानून् । सेला
13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।
19तिनीहरू कसरी क्षणभरमा नै उजाडस्थान बने! तिनीहरूको अन्त भयो र भयानक त्रासहरूले समाप्त पारिए ।
25तिनीहरूले आफ्नो हृदयमा यसो नभनून्, “आहा, हामीले जे इच्छा गर्यौं सो पाएका छौं ।” तिनीहरूले यसो नभनून्, “हामीले त्यसलाई निलेका छौं ।”
13तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ ।
8तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए ।
12तिनीहरूले भने, “हामीले आफ्नो निम्ति परमेश्वरको खर्क लिऊँ ।”
24यसैले म सबैभन्दा दुष्ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन् ।
25त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्नेछन्, तर त्यहाँ केही हुनेछैन ।
6तिनीहरू घरमाथिका घाँसहरूजस्ता होऊन् जुन बढ्नअगि नै ओइलाउँछ,
15तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्झना पृथ्वीबाट मेटाइदेऊन् ।
32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्ने तिमीहरूका दुश्मनहरूले त्यस्तो विनाश देखेर आश्चर्यचकित हुने छन् ।
6किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।
15धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का ।
15मलाई, “आहा, आहा!” भन्नेहरू, तिनीहरू आफ्नो लाजको कारणले चकित होऊन् ।
8विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस् । तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस् । तिनीहरूको विनाशको निम्ति त्यसमा तिनीहरू नै फसून् ।
27तिनीहरूका सन्तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ, र तिनीहरूलाई विदेशहरूमा छरपष्ट पार्नुहुनेछ ।
17तिनीहरू लज्जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्ट होऊन् ।