प्रेरितहरूको काम 10:38

अनलक शाब्दिक बाइबल

ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्‍वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 2:22 : 22 हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।
  • यूह 3:2 : 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिह्न‍हरू परमेश्‍वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”
  • यूह 3:34 : 34 किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न ।
  • लू 4:18 : 18 “परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न,
  • इब्रा 1:9 : 9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ । त्यसकारण, हे परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ र सहयोगी बनाउनुभएको छ ।”
  • यशा 11:2 : 2 परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।
  • यशा 61:1-3 : 1 ¶ परमप्रभु परमेश्‍वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्‍टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ । 2 परमप्रभुको कृपाको वर्ष, हाम्रा परमेश्‍वरको बदलाको दिनको घोषणा गर्न र शोक गर्नेहरू सबैलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ । 3 सियोनमा शोक गर्नेहरू, तिनीहरूलाई खरानीको सट्टामा एउटा मुकुट, शोकको सट्टामा आनन्दको तेल, निराशाको आत्माको सट्टामा प्रशंसाको आवरण दिन, तिनीहरूलाई धर्मिकताका फलाँटहरू, परमप्रभुको बिरुवा भन्‍न उहाँले मलाई पठाउनुभएको छ, ताकि उहाँलाई नै महिमा होस् ।
  • मत्त 12:28 : 28 तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।
  • २ इति 17:9 : 9 तिनीहरूले आफूसित परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए ।
  • भजन 45:7 : 7 तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभएको छ । यसकारण तपाईंको परमेश्‍वरले तपाईंका मित्रहरूभन्दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ ।
  • यूह 6:27 : 27 नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।”
  • यूह 10:32 : 32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दै छौ?”
  • यूह 10:36-38 : 36 के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ? 37 यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर । 38 तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।”
  • यूह 16:32 : 32 हेर, तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्यो समय आइसकेको छ । तरै पनि म एकलो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ ।
  • लू 4:33-36 : 33 त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो, 34 “नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।” 35 येशूले दुष्‍टात्मालाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो । 36 सबै मानिसहरू अति आश्‍चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”
  • लू 7:10-17 : 10 तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए र दासलाई स्वस्थ अवस्थामा भेट्टाए । 11 त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा यात्रा गरिरहनुभएको थियो । मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए । 12 जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो । त्यो उसकी आमाको एक मात्र छोरो थियो । तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो । 13 तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ ।” 14 तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्‍नेहरू टक्‍क अडिए । उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।” 15 मृत मानिस उठ्यो र बोल्न थाल्यो । तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो । 16 तब तिनीहरू सबै डराए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहे, “हाम्रा बिचमा एउटा महान् अगमवक्‍ता खडा भएका छन् र परमेश्‍वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।” 17 येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो ।
  • लू 7:21-23 : 21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो । 22 येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्‍नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ । 23 मेरो क्रियाकलापको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।
  • लू 9:42 : 42 त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।
  • लू 9:56 : 56 तब उहाँहरू अर्को गाउँतिर जानुभयो ।
  • प्रेरि 4:26-27 : 26 परमप्रभु र उहाँका ख्रीष्‍टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए । 27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
  • इब्रा 2:14-15 : 14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो । 15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।
  • १ पत्रु 5:8 : 8 सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ ।
  • १ यूह 3:8 : 8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।
  • भजन 2:2 : 2 पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्,
  • भजन 2:6 : 6 “मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”
  • यशा 42:1 : 1 ¶ हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।
  • मत्त 4:23-25 : 23 येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो । 24 उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र उहाँको अगि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्‍न रोगहरू र दुःखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए । 25 गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भिड उहाँको पछि लाग्यो ।
  • मत्त 9:35 : 35 येशू सारा सहरमा र गाउँहरूमा जानुभयो । उहाँले राज्‍यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो ।
  • मत्त 12:15 : 15 अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
  • मत्त 15:21-31 : 21 त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो । 22 र हेर, एउटी कनानी स्‍त्री त्यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्‍च्‍याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छन् ।” 23 तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्‍ती गरे, “तिनलाई यहाँबाट पठाइदिनुहोस्, किनकि तिनी हाम्रो पछि चिच्‍च्‍याइरहेकी छन् ।” 24 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।” 25 तर तिनी आइन् र उहाँको अगाडि घोप्‍टो पर्दै भनिन्, “प्रभु, मलाई सहायता गर्नुहोस् ।” 26 उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।” 27 तिनले भनिन्, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन् ।” 28 त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “स्‍त्री, तिम्रो विश्‍वास महान् छ । तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी तिनकी छोरी निको भइन् । 29 येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीँ बस्‍नुभयो । 30 ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो । 31 गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्‍टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्यवाद दिए ।
  • मर 1:38-39 : 38 उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ । 39 उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।
  • मर 3:7-9 : 7 तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया, 8 यरूशलेम, इदुमिआ, यर्दन पारी, टुरोस र सीदोन वरिपरिबाट आएका मानिसहरूको ठुलो भिड पछि लाग्यो र उहाँकहाँ आयो । 9 भिडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् । 10 किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्यसैले, कष्‍टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए । 11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
  • मर 5:13-15 : 13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे । 14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए । 15 तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।
  • मर 6:6 : 6 तिनीहरूको अविश्‍वासले उहाँलाई अच्‍चम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो ।
  • मर 6:54-56 : 54 जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने । 55 तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले । 56 जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे । र जतिले छोए, तिनीहरू निको हुन्थे ।
  • मर 7:29-30 : 29 उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।” 30 तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो ।
  • लू 3:22 : 22 पवित्र आत्मा उहाँमाथि ढुकुरजस्तै ओर्लनुभयो । त्यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 80%

    36परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।

    37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।

  • लू 4:17-18
    2 पदहरू
    76%

    17उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।

    18“परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न,

  • 22हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।

  • 75%

    39यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ । यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे ।

    40परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,

  • मर 1:38-39
    2 पदहरू
    75%

    38उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।

    39उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।

  • 15अनि भूतहरूलाई निकाल्ने अधिकार होस् ।

  • 13तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।

  • 1¶ येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो ।

  • 34उहाँले विभिन्‍न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।

  • 23येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बिचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।

  • लू 9:1-2
    2 पदहरू
    72%

    1¶ उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्‍ति दिनुभयो ।

    2उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।

  • 43तिनीहरू परमेश्‍वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

  • 11तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो ।

  • 16जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।

  • लू 4:40-41
    2 पदहरू
    72%

    40साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो ।

    41तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो ।

  • 35येशू सारा सहरमा र गाउँहरूमा जानुभयो । उहाँले राज्‍यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो ।

  • 36तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।

  • 8जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।

  • 14त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।

  • 6तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए ।

  • 1¶ यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो ।

  • लू 6:18-19
    2 पदहरू
    71%

    18तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए ।

    19भभिडमा भएका सबैले उहाँलाई छुन खोजे, किनभने निको पार्ने शक्‍ति उहाँबाट गइहेको थियो र उहाँले सबैलाई निको पार्नुभयो ।

  • प्रेरि 4:9-10
    2 पदहरू
    71%

    9यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गरिदैँछ भने,

    10तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ ।

  • 7किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।

  • 1¶ परमप्रभु परमेश्‍वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्‍टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ ।

  • 20तर यदि मैले परमेश्‍वरको हातबाट भूतहरू निकालेँ भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।

  • 21त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो ।

  • 27अनि सबै मानिस छक्‍क परेर एक आपसमा भन्‍न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन्!”

  • मर 3:10-11
    2 पदहरू
    70%

    10किनभने उहाँले धेरैलाई निको पार्नुभयो । त्यसैले, कष्‍टमा परेकाहरू उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए ।

    11जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”

  • 10सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे । तिनीहरूले भन्थे, “यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।”

  • 8तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”

  • 23त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्‍च्यायो र

  • लू 4:32-33
    2 पदहरू
    70%

    32तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।

    33त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो,

  • 14अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो ।

  • 28तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।

  • 27वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।

  • 32त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए ।

  • 19येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्‍वरको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो ।

  • 5दृष्‍टिविहीनहरूले दृष्‍टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।

  • 2उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो ।