प्रेरितहरूको काम 8:10
सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे । तिनीहरूले भन्थे, “यी मानिस परमेश्वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।”
सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे । तिनीहरूले भन्थे, “यी मानिस परमेश्वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्टको बारेमा प्रचार गरे ।
6जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने ।
7किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।
8र त्यस सहरमा बडो आनन्द भयो ।
9तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो । त्यसले एक प्रभावशाली मानिस थिए भन्ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्क पार्ने गर्थ्यो ।
11तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।
12तर जब फिलिपले परमेश्वरको राज्य र येशू ख्रीष्टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्वास गरे अनि पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए ।
13सिमोन आफैँले पनि विश्वास गर्यो र बप्तिस्मा लियो । त्यो फिलिपसँगै लागिरह्यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्क परे ।
14सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरे भन्ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूकहाँ पठाए ।
15तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे ।
17त्यसपछि पत्रुस र यूहन्नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।
18प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो ।
19त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”
8जब भिडले यो देख्यो, तिनीहरू छक्क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्वरको प्रशंसा गरे ।
43तिनीहरू परमेश्वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
8अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बिचमा महान् आश्चर्य र चिन्हहरू देखाउँदै थिए ।
24सिमोनले जवाफ दियो, “मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।”
25पत्रुस र यूहन्नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे ।
17एफिससमा बस्ने यहूदी र ग्रीक सबै विश्वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।
38ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो ।
11पुरै मण्डलीमा र यी कुराहरू सुन्ने सबैमा ठुलो डर छायो ।
12प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए ।
13तिनीहरूलाई मानिसहरूद्वारा उच्च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन् ।
22हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्नुहोस्∶ परमेश्वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्ने कुरा तपाईंहरूलाई थाहै छ ।
12तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?”
9सबै मानिसहरूले तिनलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे ।
10तिनीहरूले देखे कि तिनी त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्नलाई बस्दै आइरहेका थिए र तिनमा भएका कुराले तिनीहरू आश्चर्य र विस्मयले भरिएका थिए ।
11तिनले पत्रुस र यूहन्नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे ।
12जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन आश्चर्यचकित हुनुभएको छ? किन तपाईंहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेरिरहनुभएको छ?
33ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र उनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।
7जब उनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?”
8अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,
46किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,
8तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्वासबाट फर्काउन प्रयास गर्यो ।
9तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे
12तिनीहरूले पावल र बारनाबासद्वारा गैरयहूदीहरूका माझमा परमेश्वरले गर्नुभएका चिह्न र आश्चर्यकर्महरूको विवरण सुनिरहँदा सारा भिड चुपचाप रह्यो ।
3त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।
22मानिसहरूले यसो भन्दै चिच्च्याए “यो त ईश्वरको अवाज हो, मानिसको होइन ।”
16उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौँ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्चर्यकर्मको वास्तविकता यरूशलेममा बस्ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ ।
8तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
35लुड्डा र शारोनमा बस्ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुमा आए ।
21र तिनीहरूसँग प्रभुको हात थियो, ठुलो संख्यामा मानिसहरूले विश्वास गरे र प्रभुतिर फर्के ।
13जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्ना येशूसँगै रहने गर्दथे भन्ने कुरा थाहा पाएर तिनीहरू छक्क परे ।
26सबै जना अचम्मित भए र परमेश्वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।
32तिनीहरू उहाँको शिक्षामा आश्चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।
36सबै मानिसहरू अति आश्चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”
7तिनीहरू छक्क र चकित भए र तिनीहरूले भने, “साँच्चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन्?
14तर पत्रुस एघार जनासँगै खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्नुहोस् ।
27अनि सबै मानिस छक्क परेर एक आपसमा भन्न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन्!”
42यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्वास गरे ।