प्रेरितहरूको काम 16:7

अनलक शाब्दिक बाइबल

जब उनीहरू माइसियाको नजिक आइपुगे उनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले उनीहरूलाई रोक्‍नुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 8:29 : 29 पवित्र आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।”
  • रोमी 8:9 : 9 तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्यो उहाँको होइन ।
  • गलाती 4:6 : 6 तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्‍वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।
  • १ पत्रु 1:1 : 1 ¶ पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट ।
  • १ पत्रु 1:11 : 11 तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो ।
  • फिलि 1:19 : 19 किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6एसियामा वचन प्रचार गर्न उनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र उनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै अगि बढे ।

  • 82%

    8त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे ।

    9रातको समयमा पावलले एउटा दर्शन देखे जसमा माकेडोनियाका एकजना व्यक्ति उभिएर उनलाई यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।”

    10पावलले त्यो दर्शन देखेपछि, परमेश्‍वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्‍ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ ।

    11त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,

  • 30पावल पनि त्यस भिडमा जान चाहन्थे, तर चेलाहरूले उनलाई रोके ।

  • प्रेरि 13:2-5
    4 पदहरू
    72%

    2जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”

    3सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए ।

    4त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए ।

    5सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए ।

  • 4हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्‍नुहुँदैन भने ।

  • 70%

    24त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए ।

    25पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे ।

    26त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए ।

    27तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।

  • प्रेरि 14:6-7
    2 पदहरू
    69%

    6यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए

    7र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।

  • 16हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्‍त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी ।

  • 12पवित्र आत्माले मलाईं उनीहरूसँग जानु र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए र हामी त्यो मानिसको घरभित्र गयौँ ।

  • 14पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।”

  • 20तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे तर उनले इन्कार गरे ।

  • 13तापनि, मलाई मनमा शान्ति मिलेन, किनकि मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ । त्यसैले, उनीहरूलाई छोडेर म माकेडोनिया फर्कें ।

  • 67%

    39न्यायाधीशहरू आफैँ आएर बिन्ति गरे र पावल र सिलासलाई झ्यालखानाबाट बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।

    40अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।

  • 16माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ ।

  • 21सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।

  • 19त्यसकारण स्तिफनसको मृत्युसँगै सुरु भएको कष्‍ट भोगिरहेका विश्‍वासीहरू यरूशलेमबाट छरपस्ट भए । यी विश्‍वासीहरू फोनेसिया, साइप्रस र एन्टिओखियासम्म गए । उनीहरूले येशूको बारेमा सन्देश अरू कसैलाई नबताई यहूदीहरूलाई मात्र बताए ।

  • 12जब हामीले यस्ता कुराहरू सुन्यौँ, हामी र त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौँ ।

  • 5तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए ।

  • 13तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

  • 18यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके ।

  • 22अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन ।

  • 6त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे ।

  • प्रेरि 27:4-5
    2 पदहरू
    66%

    4त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्‍यौँ, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।

    5किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौँ ।

  • 66%

    15त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ ।

    16सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।

  • 12तिनीहरू हरेक सोझै हिंड्‌थे, ताकि आत्‍माले जता-जता लग्यो तिनीहरू त्‍यतै जान्‍थे, तिनीहरू यताउता नफर्की हिंड्‌थे ।

  • 7जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ ।

  • 5तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो ।

  • 66%

    13अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्‍नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के ।

    14पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए र बसे ।

  • 1¶ अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे ।

  • 16विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो ।

  • 2उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे ।

  • 16तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।

  • 10तर स्तिफनसले जुन बुद्धि र पवित्र आत्माको शक्तिमा बोलेका थिए तिनीहरूले त्यसको सामना गर्न सकेनन् ।

  • 3त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।

  • 25जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गए, “पवित्र आत्माले यशैया अगमवक्‍ताद्वारा तिम्रा पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो ।

  • 22तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए ।