प्रेरितहरूको काम 20:5

अनलक शाब्दिक बाइबल

तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 16:8 : 8 त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे ।
  • प्रेरि 16:10-11 : 10 पावलले त्यो दर्शन देखेपछि, परमेश्‍वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्‍ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ । 11 त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,
  • प्रेरि 20:6-8 : 6 अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ । त्यहाँ हामी सात दिनसम्म बस्यौँ । 7 हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौँ, तब पावल विश्‍वासीहरूसँग बोल्न थाले । उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे । 8 हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए ।
  • प्रेरि 20:13-15 : 13 हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौँ । उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए । 14 उनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले उनलाई जहाजमा लियौँ अनि मिटिलेने गयौँ । 15 त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ ।
  • २ कोरि 2:12 : 12 जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो ।
  • २ तिमो 4:13 : 13 तिमी आउँदा मैले त्रोआसमा कार्पससित छाडेका कपडा र किताबहरू, विशेष गरी चर्मपत्रका मुट्ठाहरू लिएर आऊ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 20:2-4
    3 पदहरू
    83%

    2उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे ।

    3उनले त्यहाँ तिन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए, तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्‍त्र रचे । त्यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे ।

    4उनलाई एसियासम्म बेरिया निवासी पुरोसका छोरा सोपात्रोस, थेसलोनिकेका विश्‍वासीहरूबाट दुई जना अरिस्तार्खस र सिकन्दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए ।

  • प्रेरि 20:6-7
    2 पदहरू
    83%

    6अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ । त्यहाँ हामी सात दिनसम्म बस्यौँ ।

    7हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौँ, तब पावल विश्‍वासीहरूसँग बोल्न थाले । उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे ।

  • 78%

    13हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौँ । उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए ।

    14उनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले उनलाई जहाजमा लियौँ अनि मिटिलेने गयौँ ।

    15त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ ।

    16सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।

  • 8त्यसैले माइसियाहुँदै अगाडि बढ्दै जाँदा, उनीहरू त्रोआस सहरमा झरे ।

  • 75%

    10पावलले त्यो दर्शन देखेपछि, परमेश्‍वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्‍ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ ।

    11त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,

    12त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्पी गयौँ जुनचाहिँ माकेडोनियाको एउटा सहर हो । हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौँ ।

  • 75%

    15ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौँ, र यरूशलेमतर्फ लाग्यौँ ।

    16कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौँ ।

  • 1¶ यसकारण जब हामीले अरू धेरै सहन सकेनौँ, तब एथेन्समा एकलै रहन उचित ठान्यौँ ।

  • 74%

    14त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।

    15पावललाई डोर्‍याइरहेका मानिसहरूले उनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोडेर फर्कंदा पावलले तिनीहरूसँग सिलास र तिमोथीलाई जति सक्दो छिट्टो उनीकहाँ आउनू भन्‍ने निर्देशन दिएर पठाए ।

  • प्रेरि 21:1-7
    7 पदहरू
    74%

    1¶ जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौँ, हामी सिधै कोस सहरतिर लाग्यौँ । त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौँ ।

    2जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौँ ।

    3हामी साइप्रसको टापु नजिक आइपुग्दा, हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ, र टुरोस सहरमा उत्र्यौँ, किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो ।

    4हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्‍नुहुँदैन भने ।

    5जब हामीले त्यहाँ केही दिन बितायौँ, हामी त्यहाँबाट बिदा भएर हामीले हाम्रो यात्रालाई निरन्तरता दियौँ । हामी सहरबाहिर नआईपुगेसम्म तिनीहरू, तिनीहरूका पत्‍नीहरू र छोराछोरीहरू सबै बाटोमा सँगै आए । हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौँ, र एक अर्कासँग बिदा भयौँ ।

    6हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौँ, अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे ।

    7जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौँ, हामी टोलेमाइसमा आइपुग्यौँ । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौँ, र उनीहरूसँगै त्यहाँ एक दिन बस्यौँ ।

  • 2हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौँ, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले, हामी समुद्रतिर गयौँ । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।

  • 20इरास्तस कोरिन्थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडेँ ।

  • 72%

    14त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ ।

    15हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए ।

  • 29किनभने तिनीहरूले एफिससका त्रोफिमसलाई उनीसँग सहरमा देखेका थिए, र पावलले नै उनलाई मन्दिरभित्र ल्याएका थिए भन्‍ने सोचे ।

  • 22पावलले आफ्ना दुई जना चेलाहरू तिमोथी र एरास्तसलाई माकेडोनिया पठाए जसले उनलाई सहयोग गरेका थिए । तर पावल आफैँचाहिँ केही समय एसियामै बसे ।

  • 21यसकारण यो आवश्यक छ कि, यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना हामीसँगै उहाँको उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।”

  • 28तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।

  • 18तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ ।

  • 5किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौँ ।

  • 71%

    10ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौँ, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए ।

    11तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो ।

    12साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ ।

  • 5यो हामीले आशा गरेबमोजिम भएन । बरु, तिनीहरूले पहिले आफैँलाई प्रभुमा सुम्पिदिए । त्यसपछि परमेश्‍वरको इच्छाअनुसार आफैँलाई हामीकहाँ सुम्पिदिए ।

  • 8तर म पेन्तिकोससम्म एफिससमा नै बस्‍नेछु ।

  • 16माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ ।

  • 1¶ अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनिया सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिके सहरमा आइपुगे ।

  • प्रेरि 27:7-8
    2 पदहरू
    70%

    7जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ ।

    8समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौँ ।

  • 38तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए । तब तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याए ।

  • 11त्यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्यसपछि त्यहाँबाट हिँडे ।

  • 12जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनुभएको थियो ।

  • 27जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे ।

  • 12तुखिकसलाई मैले एफिससमा पठाएको छु ।

  • 21सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।