प्रेरितहरूको काम 19:13

अनलक शाब्दिक बाइबल

तर त्यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफुक गर्नेहरू पनि थिए । तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्‍ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 12:27 : 27 अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण, तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन् ।
  • मर 9:38 : 38 यूहन्‍नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यसले हामीलाई पछ्याउँदैन ।”
  • लू 11:19 : 19 यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने, तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त? किनकि, तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन् ।
  • मत्त 26:63 : 63 तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ?”
  • मर 5:7 : 7 त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”
  • लू 9:49 : 49 यूहन्‍नाले जवाफ दिए र भने, “प्रभु, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौँ । र उसलाई हामीले रोक्यौँ, किनकि उसले हामीलाई पछ्याएन ।”
  • उत्प 4:12 : 12 आज उप्रान्त तैँले खेती गर्दा यसले यसको सामर्थ्य (फल) दिनेछैन । तँ भगुवा र आवारा हुनेछस् ।”
  • उत्प 4:14 : 14 वास्तवमा, आज तपाईंले मलाई यस जग्‍गाबाट धपाउनुभएको छ र म तपाईंको नजरबाट लुक्‍नेछु । म पृथ्वीमा भगुवा र आवारा हुनेछु र जसले भेट्टाउँछ त्यसले मलाई मार्नेछ ।”
  • यहो 6:26 : 26 त्यसपछि यहोशूले तिनीहरूलाई त्यस बेला शपथ खान लगाएर यसो भन्दै आज्ञा दिए, “यो यरीहो सहरको पुनर्निर्माण गर्ने मानिस श्रापित होस् । त्यसको जेठो छोरोको मूल्यमा जग बसालिने छ, र त्यसको कान्छो छोरोको मूल्यमा यसका प्रवेशद्वारहरू खडा गरिने छ ।”
  • १ शमू 14:24 : 24 त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्‍ना शत्रुहरूमाथि बद्‍ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्‍यक्‍तिले खाना चाखेका थिएनन् ।
  • १ राजा 22:16 : 16 तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ?”
  • प्रेरि 8:18-19 : 18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो । 19 त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”
  • भजन 109:10 : 10 त्यसका छोराछोरी भौंतारिऊन् र आफ्‍ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 88%

    14त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए ।

    15एउटा दुष्‍ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्छु; पावललाई पनि चिन्छु, तर तँचाहिँ को होस्?”

    16त्यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे ।

    17एफिससमा बस्‍ने यहूदी र ग्रीक सबै विश्‍वासीहरूलाई यो कुरा थाहा भयो । यसले गर्दा उनीहरूमा ठुलो भय उत्त्पन्‍न भयो अनि प्रभु येशूको नाउँको महिमा भयो ।

    18साथै धेरै विश्‍वासीहरू आएर आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे ।

  • 81%

    11पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो ।

    12पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्‍ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।

  • 72%

    16हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्‍त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी ।

    17त्यो स्‍त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”

    18त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो ।

    19जब त्यस स्‍त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्‍नेभयो भन्‍ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।

  • 6उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एक जना जादुगर यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो ।

  • प्रेरि 19:5-7
    3 पदहरू
    69%

    5मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए ।

    6त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे ।

    7उनीहरू जम्मा बाह्र जना जति मानिसहरू थिए ।

  • मर 1:23-24
    2 पदहरू
    69%

    23त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्‍च्यायो र

    24भन्‍यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म चिन्छु । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”

  • 11तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।

  • 7त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”

  • प्रेरि 13:8-9
    2 पदहरू
    68%

    8तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्‍यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।

    9तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे

  • 36सबै मानिसहरू अति आश्‍चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”

  • 7जब उनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?”

  • 17सत्तरी जना आनन्दित हुँदै फर्के र भने, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन् ।”

  • 1¶ उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्‍ति दिनुभयो ।

  • 19यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने, तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् त? किनकि, तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन् ।

  • 25त्यसैकारण ती मानिसहरूलाई भेला गरेर तिनले भने, “साथीहरू, यो व्यापारबाट हामीले धेरै पैसा कमाइरहेका छौँ ।

  • 7किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।

  • 14तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।”

  • 13तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।

  • 19त्यसपछि चेलाहरू गुप्‍तमा येशूकहाँ आए र भने, “हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौँ?”

  • मर 1:26-27
    2 पदहरू
    67%

    26अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो ।

    27अनि सबै मानिस छक्‍क परेर एक आपसमा भन्‍न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन्!”

  • 1¶ अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभागको बाटोहुँदै एफिसस सहर आइपुगे र त्यहाँ कतिपय चेलाहरूलाई भेटे ।

  • 22यरूशलेमबाट आएका शास्‍त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।”

  • 19त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”

  • 5तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठुलो भिड बनाएर सहरमा होहल्ला मच्‍चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे ।

  • 7उहाँले बाह्र जनालाई बोलाउनुभयो, र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र दुई-दुई जना गरी तिनीहरूलाई पठाउनुभयो ।

  • 18तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए ।

  • 15त्यहाँ भएका केही मानिसहरूले आपसमा भने, “शैतानहरूको शासक बालजिबुलले भूतात्मालाई निकाल्यो ।”

  • 9त्यसैले, त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्‍त्रीहरू उठे, र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौँ । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?”

  • 1¶ येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो ।

  • 30त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्‍ट आत्माहरू त्यसभित्र पसेका थिए ।

  • 17[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।

  • 41तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो ।

  • 15र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।

  • 39हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।

  • 39उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।

  • लू 4:33-34
    2 पदहरू
    66%

    33त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो,

    34“नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”