मरकुस 1:26

अनलक शाब्दिक बाइबल

अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मर 9:20 : 20 तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्‍ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्‍न लगायो । त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिँज काढ्यो ।
  • मर 9:26 : 26 यो चिच्‍च्यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्‍यो ।”
  • लू 9:39 : 39 हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।
  • लू 9:42 : 42 त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।
  • लू 11:22 : 22 तर कुनै अझ बलियो मानिसले उसलाई हराउँछ भने मानिसहरूका हातहतियारहरू कब्जा गर्दछन् र मानिसका धन सम्पत्तिहरू लुट्ने छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 5:7-10
    4 पदहरू
    88%

    7त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”

    8किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।”

    9उहाँले त्यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”

    10त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो ।

  • मर 1:23-25
    3 पदहरू
    88%

    23त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्‍च्यायो र

    24भन्‍यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म चिन्छु । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”

    25येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!”

  • लू 4:33-36
    4 पदहरू
    86%

    33त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो, र उसले ठुलो स्वरले चिच्याउँदै भन्यो,

    34“नासरतका येशू, हामीहरूसँग तपाईंको के सरोकार छ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”

    35येशूले दुष्‍टात्मालाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो ।

    36सबै मानिसहरू अति आश्‍चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”

  • मर 9:25-26
    2 पदहरू
    84%

    25जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”

    26यो चिच्‍च्यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्‍यो ।”

  • मर 5:2-5
    4 पदहरू
    83%

    2जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।

    3त्यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्यसलाई रोक्‍न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्‍न पनि सकेको थिएन ।

    4त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।

    5हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्‍च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।

  • 27अनि सबै मानिस छक्‍क परेर एक आपसमा भन्‍न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन्!”

  • लू 8:26-30
    5 पदहरू
    82%

    26उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ ।

    27जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो, एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो र त्यस मानिसमा दुष्‍टात्माहरू थिए । किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन र घरमा बस्दैनथ्यो, बरु चिहानहरूमा नै बस्दथियो ।

    28जब उसले येशूलाई देख्यो, ऊ चिच्‍च्‍यायो, उहाँको सामु लड्यो र उसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।”

    29किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्‍ट आत्माद्वारा मरुभूमितिर डोर्‍याइन्थ्यो ।

    30त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज ।” किनभने धेरै दुष्‍ट आत्माहरू त्यसभित्र पसेका थिए ।

  • लू 9:39-40
    2 पदहरू
    81%

    39हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।

    40मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।”

  • 11जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”

  • 42त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।

  • 20तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्‍ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्‍न लगायो । त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिँज काढ्यो ।

  • मत्त 8:28-29
    2 पदहरू
    78%

    28जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्‍यसकारण, त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।

    29हेर, तिनीहरूले ठुलो स्‍वरले कराए र भने, “हे परमेश्‍वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो?

  • 30येशूले यसो भन्‍नुभयो, किनकि तिनीहरूले यसो भनिरहेका थिए, “त्योसँग अशुद्ध आत्मा छ ।”

  • 41तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो, “तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ ।” येशूले भूत आत्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो ।

  • 24जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो, यो पानी नभएको ठाउँ भएर गयो र यसले आरामको लागि ठाउँ खोजेको छ । त्यसले कुनै ठाउँ पनि बस्‍नका लागि पाएन र त्यसले भन्यो, म जहाँबाट आएको हुँ म त्यहीँ फर्कीजानेछु ।

  • 7किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।

  • मर 5:15-16
    2 पदहरू
    77%

    15तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।

    16भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।

  • 34उहाँले विभिन्‍न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।

  • 18येशूले उसलाई हकार्नुभयो र भूतात्मा उसबाट बाहिर निस्क्यो । त्यो केटा त्यही घडीबाट निको भयो ।

  • 14त्यसपछि, येशूले बोल्न नसक्‍ने मानिसबाट भूतात्मा निकाल्नुभयो । जब भुतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो । यो देखेर मानिसहरूको भिड छक्‍क पर्‍यो ।

  • 18र यसले यसलाई पक्रन्छ, पछार्छ मुखमा फिँज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरेँ, तर तिनीहरूले निकाल्न सकेनन् ।”

  • 39उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।

  • 13उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।

  • 18तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए ।

  • लू 8:35-36
    2 पदहरू
    75%

    35त्यसकारण, मानिसहरू जसले यसबारे सुने, के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए र त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए, त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए र तिनीहरू डराए ।

    36तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो, सो तिनीहरूले अरूहरूलाई भने ।

  • 18जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्‍यो ।

  • 33त्यसैले, त्यस मानिसबाट दुष्‍ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।

  • 16त्यो दुष्‍ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे ।

  • 22यरूशलेमबाट आएका शास्‍त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।”

  • 38तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो,