प्रेरितहरूको काम 21:13

अनलक शाब्दिक बाइबल

त्यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्‍ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 20:24 : 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
  • फिलि 2:17 : 17 तर तिमीहरूको विश्‍वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म आनन्द मनाउँछु, र म तिमीहरू सबैसँग आनन्दित हुन्छु ।
  • प्रेरि 9:16 : 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”
  • रोमी 8:35-37 : 35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्‍नेछ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले? 36 जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।” 37 यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ ।
  • फिलि 1:20-21 : 20 मेरो विश्‍वस्त आशा र निश्‍चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने म आशा गर्दछु । 21 किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो ।
  • १ कोरि 15:31 : 31 म प्रतिदिन मर्दछु । भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्‍ट हाम्रा प्रभुमा पाएको छु ।
  • २ कोरि 4:10-17 : 10 येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैँ येशूको मृत्युलाई बोकिहिँड्छौँ । 11 हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैँ मृत्युमा सुम्पिइँदै छौँ । 12 यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा । 13 “मैले विश्‍वास गरेँ, यसैले मैले बोलेँ ।” भनेर लेखिएजस्तै हामीसँग विश्‍वासको उस्तै आत्मा छ । 14 हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ । हामीलाई थाहा छ, कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ । 15 हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्यसरी नै परमेश्‍वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस् । 16 त्यसकारण हामी निराश हुँदैनौँ । हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौँ । 17 किनकि यो क्षणिक छ, हलुका कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ ।
  • प्रेरि 5:41 : 41 तिनीहरू त्यस नाउँको निम्ति अपमान भोग्‍न योग्यका गनिएकामा तिनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे ।
  • प्रेरि 20:37 : 37 तिनीहरू सबै जना धेरै रोए र उनलाई अँगालो हाले र चुम्बन गरे ।
  • फिलि 2:26 : 26 किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए ।
  • कलस्सी 1:24 : 24 तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।
  • २ तिमो 1:4 : 4 तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ ।
  • २ तिमो 2:4-6 : 4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् । 5 कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन । 6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ ।
  • २ तिमो 4:6 : 6 म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ ।
  • २ पत्रु 1:14 : 14 किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्‍ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्‍टले यो मलाई देखाउनुभएको छ ।
  • प्रका 3:10 : 10 तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु ।
  • प्रका 12:11 : 11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
  • २ कोरि 11:23-27 : 23 के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? (म पागल भएको जस्तै गरी बोल्छु ।) म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु । 24 यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु ।” 25 मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु । 26 नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्यजातिहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु । 27 धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु ।
  • १ शमू 15:14 : 14 शमूएलले भने, “त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?”
  • यशा 3:15 : 15 तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्‍छौ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
  • यहे 18:2 : 2 “इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः “'बाबुहरू अमिलो अङ्‌गूर खाने र छोराछोरीका दाँत कुडिंने'?
  • योना 1:6 : 6 यसैले जहाजका कप्‍तान तिनीकहाँ आए र तिनलाई भने, “तिमी यहाँ सुतेर के गरिरहेका छौ? उठ! आफ्नो देवतालाई पुकार! सायद तिम्रा देवताले हाम्रो वास्ता गर्नेछन् र हामी नष्‍ट हुनेछैनौं ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 80%

    11तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।”

    12जब हामीले यस्ता कुराहरू सुन्यौँ, हामी र त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौँ ।

  • 77%

    14पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।”

    15ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौँ, र यरूशलेमतर्फ लाग्यौँ ।

  • 77%

    22अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन ।

    23केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्‍लाहरू र कष्‍टहरूले मलाई पर्खिरहेका छन् ।

    24तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।

    25र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन ।

  • 21अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।”

  • 33पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।”

  • 11अर्को रात परमेश्‍वर उनको छेउमा आएर उभिनुभयो, र भन्‍नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”

  • 74%

    36उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके र सबै जनासँग प्रार्थना गरे ।

    37तिनीहरू सबै जना धेरै रोए र उनलाई अँगालो हाले र चुम्बन गरे ।

    38तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए । तब तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याए ।

  • 29पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्‍वरमा प्रार्थना गर्छु ।”

  • 21यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।

  • 6म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु, मेरो बिदाइको समय आएको छ ।

  • १ कोरि 15:30-31
    2 पदहरू
    72%

    30र किन हामी हरपल खतरामा छौँ?

    31म प्रतिदिन मर्दछु । भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्‍ट हाम्रा प्रभुमा पाएको छु ।

  • 31यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा विश्‍वासीहरूलाई ग्रहणयोग्य हुन सकोस् ।

  • 31तिनीहरूले उनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्‍ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ आयो ।

  • 19यहूदीहरूका षड्यन्‍त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्‍टहरूमा समेत प्रभुको सेवा गरिरहेँ ।

  • 21तर उहाँले मलाई भन्‍नुभयो, ʻगइहाल, किनभने म तिमीलाई अन्यजातिहरूकहाँ पठाउनेछुʼ ।”

  • 11तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि छैनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु ।

  • 15त्यसैले, उनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने गरी परिषद्ले मुख्य कप्‍तानलाई पावललाई तल ल्याउनलाई भनोस् । हामीचाहिँ तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौँ ।”

  • 4हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्‍नुहुँदैन भने ।

  • 28तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।”

  • 25तर अहिले म विश्‍वासीहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु ।

  • 21किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो ।

  • 26यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।

  • 21तर पावललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन् । उनीहरूले पावललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन् ।”

  • 21मैले उनीहरूको माझमा खडा भएर ठुलो स्वरमा यतिमात्र भनेर कराएको थिएँ, ʻमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो इन्साफ गरिदैँछ ।”

  • 10मैले भनेँ, ʻप्रभु, मैले के गर्नुपर्छ? ʼ प्रभुले मलाई भन्‍नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहीँ नै तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ” ।

  • 13हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौँ । उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए ।

  • 16किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।”

  • 15त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।

  • 69%

    18उहाँले मलाई यसो भन्‍नुभएको मैले देखेँ, ʻछिटो गर, र चाँडै यरूशलेम छोड । किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ

    19मैले भनेँ, ʻहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ ।

  • 20म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ ।

  • 19जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।

  • 3मैले तिमीहरूलाई दोषी ठहर्‍याउन यो भनेको होइनँ । किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति ।

  • 19तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।

  • 37पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”

  • 31त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ ।

  • 69%

    17तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।

    18तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍त्र गर्न चाहे, किनकि ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।

  • 25त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।

  • 9तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?”

  • 10पावलले त्यो दर्शन देखेपछि, परमेश्‍वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्‍ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौँ ।

  • 15तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने म बरु मर्न तयार छु ।