प्रेरितहरूको काम 21:7

अनलक शाब्दिक बाइबल

जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौँ, हामी टोलेमाइसमा आइपुग्यौँ । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौँ, र उनीहरूसँगै त्यहाँ एक दिन बस्यौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 10:4 : 4 तिनीहरूले तपाईंलाई अभिादन गर्नेछन् र तपाईंलाई दुई वटा रोटी दिनेछन्, जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ ।
  • १ शमू 13:10 : 10 तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।
  • मत्त 5:47 : 47 र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने, अरूहरूले भन्दा तिमीहरूले के बढी गर्‍यौ र? के गैरयहूदीहरूले पनि त्यस्तै गर्दैनन् र?
  • प्रेरि 12:20 : 20 हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू उनीकहाँ सँगै गए । तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाए । अनि तिनीहरूले शान्तिको लागि बिन्ती गरे, किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो ।
  • प्रेरि 18:22 : 22 कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे ।
  • प्रेरि 21:10 : 10 हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस भन्‍ने कोही एक जना अगमवक्‍ता आए ।
  • प्रेरि 21:19 : 19 जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।
  • प्रेरि 25:13 : 13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे ।
  • प्रेरि 28:12 : 12 साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ ।
  • इब्रा 13:24 : 24 तिम्रा सबै विश्‍वासी र अगुवाहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 21:1-6
    6 पदहरू
    85%

    1¶ जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौँ, हामी सिधै कोस सहरतिर लाग्यौँ । त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौँ ।

    2जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौँ ।

    3हामी साइप्रसको टापु नजिक आइपुग्दा, हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ, र टुरोस सहरमा उत्र्यौँ, किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो ।

    4हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्‍नुहुँदैन भने ।

    5जब हामीले त्यहाँ केही दिन बितायौँ, हामी त्यहाँबाट बिदा भएर हामीले हाम्रो यात्रालाई निरन्तरता दियौँ । हामी सहरबाहिर नआईपुगेसम्म तिनीहरू, तिनीहरूका पत्‍नीहरू र छोराछोरीहरू सबै बाटोमा सँगै आए । हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौँ, र एक अर्कासँग बिदा भयौँ ।

    6हामी जहाजमा चढेर निरन्तर रूपमा अगाडि बढ्यौँ, अनि उनीहरू पनि आफ्ना घरतर्फ लागे ।

  • 81%

    10ती मानिसहरूले धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौँ, तिनीहरूले हामीलाई खाँचो परेका सबै थोकहरू दिए ।

    11तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो ।

    12साइराक्युस शहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौँ ।

    13हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने शहरमा आइपुग्यौँ।

    14त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ ।

    15हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए ।

  • प्रेरि 20:5-7
    3 पदहरू
    80%

    5तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए ।

    6अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ । त्यहाँ हामी सात दिनसम्म बस्यौँ ।

    7हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौँ, तब पावल विश्‍वासीहरूसँग बोल्न थाले । उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे ।

  • 80%

    15ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौँ, र यरूशलेमतर्फ लाग्यौँ ।

    16कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । उनीहरूले साइप्रस टापुबाट आएका मनासोन नामका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्यौँ ।

    17जब हामी यरूशलेममा आइपुग्यौँ, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे ।

    18अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै अगुवाहरू उपस्थित थिए ।

    19जब पावलले उनीहरूलाई अभिवादन गरे, उनले आफ्‍नो सेवा-कार्यद्वारा परमेश्‍वरले अन्यजातिहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर तिनीहरूलाई प्रतिवेदन दिए ।

  • 8अर्को दिन हामी बिदा भयौँ, र कैसरियातिर लाग्यौँ । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौँ, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ ।

  • 76%

    13हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौँ । उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए ।

    14उनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले उनलाई जहाजमा लियौँ अनि मिटिलेने गयौँ ।

    15त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ ।

  • 75%

    11त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,

    12त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्पी गयौँ जुनचाहिँ माकेडोनियाको एउटा सहर हो । हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौँ ।

  • 22कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे ।

  • प्रेरि 27:2-5
    4 पदहरू
    74%

    2हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौँ, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले, हामी समुद्रतिर गयौँ । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।

    3अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौँ, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् ।

    4त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्‍यौँ, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।

    5किलिकिया र पामफिलियाको नजिकैबाट जहाजमा यात्रा गर्दै हामी लुकिया सहरको माइरा आइपुग्यौँ ।

  • प्रेरि 27:7-8
    2 पदहरू
    73%

    7जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ ।

    8समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौँ ।

  • 13अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्‍नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के ।

  • 36केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ ।

  • 32यसरी हामी यरूशलेम प्रवेश गर्‍यौं, र त्यहाँ तिन दिन बस्यौं।

  • 11त्यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्यसपछि त्यहाँबाट हिँडे ।

  • 28तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।

  • 21सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।

  • 14त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।

  • 1¶ यसकारण जब हामीले अरू धेरै सहन सकेनौँ, तब एथेन्समा एकलै रहन उचित ठान्यौँ ।

  • 21तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।

  • 7त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । उनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तिन दिनसम्म बन्दोबस्त गरिदिए ।

  • प्रेरि 20:1-2
    2 पदहरू
    70%

    1¶ खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए । तब तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे ।

    2उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे ।

  • 21यसकारण यो आवश्यक छ कि, यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना हामीसँगै उहाँको उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।”

  • 27जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे ।

  • 12जब हामीले यस्ता कुराहरू सुन्यौँ, हामी र त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौँ ।

  • 20तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे तर उनले इन्कार गरे ।

  • 18तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ ।