प्रेरितहरूको काम 27:20

अनलक शाब्दिक बाइबल

जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्‍य ो, तब हामीले बच्‍न सक्छौँ कि भन्‍ने आशा नै त्यागेका थियौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एफिसी 2:12 : 12 किनकि त्यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौ । इस्राएलका मानिसहरूका निम्ति तिमीहरू परदेशी थियौ । तिमीहरू प्रतिज्ञाका करारबाट बिराना थियौ । तिमीहरूको भविष्‍यको कुनै निश्‍चयता थिएन । तिमीहरू परमेश्‍वर बिना यस संसारमा थियौ ।
  • १ थेस 4:13 : 13 भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् ।
  • निर्ग 10:21-23 : 21 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “आकाशतिर तेरो हात पसार् अनि मिश्र देशभरि महसुस गर्न सकिने अन्धकार होस् ।” 22 मोशाले आफ्नो हात आकाशतिर पसारे र मिश्र देशभरि तिन दिनसम्म निस्पट्ट अन्धकार छायो । 23 कसैले कसैलाई देख्‍न सक्दैनथ्यो । तिन दिनसम्म कोही पनि आफ्नो घरबाहिर निस्केन । तर सबै इस्राएली बसेको ठाउँमा भने उज्यालै थियो ।
  • भजन 105:28 : 28 उहाँले अन्धकार पठाउनुभयो र त्यो देशलाई अँध्‍यारो बनाउनुभयो, तर त्‍यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन् ।
  • भजन 107:25-27 : 25 किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो । 26 तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो । 27 तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।
  • यशा 57:10 : 10 तिमीहरू आफ्‍नो लामो यात्रबाट थकित भयौ, तर तिमीहरूले कहिल्यै भनेनौ, “यो आशाहीन छ ।” तिमीहरूले आफ्नो हातमा नै जीवन पायौ । यसकारण तिमीहरू कमजोर भएनौ ।
  • यिर्मि 2:25 : 25 तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ । तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।'
  • यहे 37:11 : 11 तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यी हडाहरूचाहिं इस्राएलका सम्‍पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्‍कृत भएका छौं ।’
  • योना 1:4 : 4 तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो । जहाज चाँडै नै नष्‍ट हुन लाग्‍दैछ भन्‍ने थाहा भयो ।
  • योना 1:11-14 : 11 तब तिनीहरूले योनालाई भने, “तिमीलाई हामी के गरौं, जसले गर्दा समुद्र शान्‍त होस्?” किनकि समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो । 12 योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ । त्‍यसपछि तिमीहरूका निम्‍ति यो समुद्र शान्‍त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्‍दैछ भनी म जान्‍दछु ।” 13 तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो । 14 यसकारण तिनीहरूले परमप्रभुलाई पुकारा गरे र यसो भने, “हे परमप्रभु, हामी तपाईंसँग बिन्ती गर्छौं, यस मानिसको प्राणको कारणले हामीलाई नष्‍ट हुन नदिनुहोस्, र यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस्, किनभने तपाईं, परमप्रभुलाई जे गर्ने इच्‍छा भयो, त्यही तपाईंले गर्नुभयो ।”
  • मत्त 8:24-25 : 24 हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो । 25 चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै लागेका छौँ!”
  • मत्त 24:29 : 29 तर ती दिनमा सङ्कष्‍ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गका शक्‍तिहरू डगमगाउनेछन् ।
  • २ कोरि 11:25 : 25 मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 27:6-19
    14 पदहरू
    83%

    6त्यहाँ सिपाहीका कप्‍तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्यसमा चढाइदिए ।

    7जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ ।

    8समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौँ ।

    9हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,

    10र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्‍नेछ र नोक्सानी हुनेछ भन्‍ने म देख्छु ।”

    11तर सिपाहीका कप्‍तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए ।

    12किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन । त्यसैले, जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ ।

    13जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्‍त गरे भनी उनीहरूले सोचे । त्यसकारण, तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे ।

    14तर त्यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो ।

    15जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौँ, र त्यसले जता लैजान्थ्यो, त्यतै गयौँ ।

    16हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौँ, अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौँ ।

    17जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।

    18हामी आँधीद्वारा धेरै धकेलियौँ । त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।

    19तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुन: फाले ।

  • 81%

    21जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्‍नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो ।

    22अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।

  • प्रेरि 27:24-33
    10 पदहरू
    80%

    24र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।

    25त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।

    26तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ ।”

    27जब चौधौँ रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ, मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्‍ने विचार गरे ।

    28तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए ।

    29हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।

    30जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए ।

    31तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।”

    32त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए ।

    33जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।

  • 75%

    37हामी जहाजमा 276 जना मानिस थियौँ ।

    38जब उनीहरूले पर्याप्‍त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।

    39जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।

    40त्यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे ।

    41तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्‌कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।

    42कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे l

    43तर सिपाहीको कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्यसकारण उनले तिनीहरूको योजनालाई रोके, र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने आदेश दिए ।

    44त्यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र केही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौँ ।

  • योना 1:11-13
    3 पदहरू
    73%

    11तब तिनीहरूले योनालाई भने, “तिमीलाई हामी के गरौं, जसले गर्दा समुद्र शान्‍त होस्?” किनकि समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

    12योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ । त्‍यसपछि तिमीहरूका निम्‍ति यो समुद्र शान्‍त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्‍दैछ भनी म जान्‍दछु ।”

    13तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

  • 1¶ हामीलाई सुरक्षित तरिकाले ल्याइएको टापुको नाम माल्टा रहेछ भन्‍ने कुरा हामीले जान्यौँ ।

  • प्रेरि 21:1-2
    2 पदहरू
    71%

    1¶ जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौँ, हामी सिधै कोस सहरतिर लाग्यौँ । त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौँ ।

    2जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौँ ।

  • मत्त 8:24-25
    2 पदहरू
    70%

    24हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो ।

    25चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै लागेका छौँ!”

  • 4त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्‍यौँ, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।

  • 11तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो ।

  • 37त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो ।

  • 24किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र?

  • 8भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ । हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ ।

  • 24तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्‍त्रित भयो ।

  • 13हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको शहरमा आइपुग्यौँ । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने शहरमा आइपुग्यौँ।

  • 15त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ ।