प्रेरितहरूको काम 27:21

अनलक शाब्दिक बाइबल

जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्‍नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 42:22 : 22 रूबेनले तिनीहरूलाई जवाफ दिए, “'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र? तर तिमीहरूले मेरो कुरा सुनेनौँ । अब हामीले त्यसको रगतको बदला भोग्‍नुपर्छ ।
  • भजन 107:5-6 : 5 किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए । 6 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
  • प्रेरि 27:7 : 7 जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ ।
  • प्रेरि 27:9-9 : 9 हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए, 10 र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्‍नेछ र नोक्सानी हुनेछ भन्‍ने म देख्छु ।”
  • प्रेरि 27:33-35 : 33 जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन । 34 त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्‍नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्‍ट हुन पाउने छैन ।” 35 त्यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्‍वरलाई धन्यवाद दिए । त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 22अब म तपाईंहरूलाई साहसी बन्‍न उत्साह दिन्छु, किनभने तपाईंहरूका माझमा कुनै पनि मानवीय क्षति हुनेछैन, जहाजको मात्रै क्षति हुनेछ ।

  • प्रेरि 27:6-20
    15 पदहरू
    81%

    6त्यहाँ सिपाहीका कप्‍तानले इटाली गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । उनले हामीलाई त्यसमा चढाइदिए ।

    7जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको आड लिएर यात्रा गर्‍यौँ ।

    8समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँसम्म नपुगेसम्म हामीले कष्‍टसाथ यात्रा गर्‍यौँ ।

    9हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,

    10र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्‍नेछ र नोक्सानी हुनेछ भन्‍ने म देख्छु ।”

    11तर सिपाहीका कप्‍तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए ।

    12किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन । त्यसैले, जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ ।

    13जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले जे चाहेका थिए त्यो प्राप्‍त गरे भनी उनीहरूले सोचे । त्यसकारण, तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले, र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे ।

    14तर त्यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो ।

    15जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौँ, र त्यसले जता लैजान्थ्यो, त्यतै गयौँ ।

    16हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौँ, अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौँ ।

    17जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।

    18हामी आँधीद्वारा धेरै धकेलियौँ । त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।

    19तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुन: फाले ।

    20जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्‍य ो, तब हामीले बच्‍न सक्छौँ कि भन्‍ने आशा नै त्यागेका थियौँ ।

  • प्रेरि 27:24-34
    11 पदहरू
    76%

    24र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्‍वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।

    25त्यसकारण, मानिसहरू, साहसी हुनुहोस् किनभने म परमेश्‍वरलाई भरोसा गर्दछु, कि मलाई जे भनिएको छ त्यस्तै हुनेछ ।

    26तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ ।”

    27जब चौधौँ रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ, मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्‍ने विचार गरे ।

    28तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए ।

    29हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।

    30जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए ।

    31तर पावलले सिपाहीहरू र उनीहरूका कप्‍तानलाई भने, “यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईंहरू जीवित रहन सक्‍नुहुने छैन ।”

    32त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए ।

    33जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।

    34त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्‍नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्‍ट हुन पाउने छैन ।”

  • 75%

    36त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए ।

    37हामी जहाजमा 276 जना मानिस थियौँ ।

    38जब उनीहरूले पर्याप्‍त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।

    39जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।

    40त्यसैले तिनीहरूले लंगरहरू काटेर र समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू खोलि दिए अनि बतासतिर जहाजका पालहरू फर्काए, र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे ।

    41तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । जहाजको अगाडिको भाग त्यहीँ अड्‌कियो र जहाज हलचल गर्न सकेन । तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो ।

    42कैदीहरू पौडेर नाभागून् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे l

    43तर सिपाहीको कप्‍तानले पावललाई बचाउने चाहना गरे, त्यसकारण उनले तिनीहरूको योजनालाई रोके, र जसलाई पौडी खेल्न आउँछ तिनीहरूले पहिले जहाजबाट हाम फालेर उत्रून् र जमिनमा जाऊन् भन्‍ने आदेश दिए ।

    44त्यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र केही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने । यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौँ ।

  • प्रेरि 21:1-3
    3 पदहरू
    72%

    1¶ जब हामी उनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौँ, हामी सिधै कोस सहरतिर लाग्यौँ । त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौँ ।

    2जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्यौँ, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौँ ।

    3हामी साइप्रसको टापु नजिक आइपुग्दा, हामीले त्यसलाई बायाँतर्फ पारेर सिरियातर्फ लाग्यौँ, र टुरोस सहरमा उत्र्यौँ, किनभने त्यस जहाजले ल्याएको मालसमान त्यहाँ झार्नु पर्थ्यो ।

  • योना 1:11-13
    3 पदहरू
    70%

    11तब तिनीहरूले योनालाई भने, “तिमीलाई हामी के गरौं, जसले गर्दा समुद्र शान्‍त होस्?” किनकि समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

    12योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ । त्‍यसपछि तिमीहरूका निम्‍ति यो समुद्र शान्‍त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्‍दैछ भनी म जान्‍दछु ।”

    13तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

  • 6तिनीहरूले उनलाई हनहनी ज्‍वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्‍ने ठानेका थिए । तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्‍वर रहेछन् भने ।

  • 15र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो ।

  • 11अर्को रात परमेश्‍वर उनको छेउमा आएर उभिनुभयो, र भन्‍नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”

  • 4त्यहाँबाट हामी समुद्रतिर लाग्यौँ, अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापु नजिक जहाजमा यात्रा गर्‍यौँ, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो ।

  • 6अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ । त्यहाँ हामी सात दिनसम्म बस्यौँ ।

  • 28तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।”

  • 17तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।

  • 38तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए । तब तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याए ।