प्रेरितहरूको काम 27:33
जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।
जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
34त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्ट हुन पाउने छैन ।”
35त्यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्वरलाई धन्यवाद दिए । त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे ।
36त्यसपछि तिनीहरू सबै उत्साहित भए र खाना खाए ।
7जब हामी धेरै दिन यात्रा गर्दै बिस्तारै र कष्टसाथ अन्तमा क्निडस नजिकै आइपुग्यौँ, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन । त्यसैले, हामीले सल्मोनको सामुन्ने रहेको क्रेटको आड लिएर यात्रा गर्यौँ ।
8समुद्रीतट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्ने ठाउँसम्म नपुगेसम्म हामीले कष्टसाथ यात्रा गर्यौँ ।
9हामीले ज्यादै धेरै समय लगायौँ । यहूदी उपवासको समय पनि बितिसकेको थियो । सामुद्रिक यात्रा खतरनाक भएको थियो । त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,
10र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन, हामीलाई पनि ठुलो चोटपटक लाग्नेछ र नोक्सानी हुनेछ भन्ने म देख्छु ।”
17जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्नको लागि प्रयोग गरे । हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए । त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो ।
18हामी आँधीद्वारा धेरै धकेलियौँ । त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।
19तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्त्रण गर्न सामान पुन: फाले ।
20जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रामाझ चम्किएनन्, र ठुलो आँधी हामीमाथि बज्रिरह्य ो, तब हामीले बच्न सक्छौँ कि भन्ने आशा नै त्यागेका थियौँ ।
21जब तिनीहरूले खानाविना धेरै दिन बिताइसकेका थिए, त्यसपछि पावल जहाज चालकहरूका माझमा खडा भए, र भने, “मानिसहरू हो, यो चोट र हानि नभोग्नलाई मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए असल हुने थियो ।
11अर्को रात परमेश्वर उनको छेउमा आएर उभिनुभयो, र भन्नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”
12जब उज्यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् ।
32त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए ।
11त्यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्यसपछि त्यहाँबाट हिँडे ।
6अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ । त्यहाँ हामी सात दिनसम्म बस्यौँ ।
7हप्ताको पहिलो दिन जब हामी रोटी भाँच्नलाई भेला भएका थियौँ, तब पावल विश्वासीहरूसँग बोल्न थाले । उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे ।
27जब चौधौँ रात आयो, हामी यताउता गर्दै भएर एड्रियाटिक समुद्रमा यात्रा गरिरहेका थियौँ, मध्यरातमा जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्ने विचार गरे ।
38जब उनीहरूले पर्याप्त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए ।
39जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे ।
14तिनीहरू प्रधान पूजाहारीहरू र अगुवाहरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने र केही नपिउने भनी ठुलो भाकल गरेका छौँ ।
21तर पावललाई उनीहरूको हातमा नसुम्पनुहोस्, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस उनलाई मार्न पर्खेर बसिरहेका छन् । उनीहरूले पावललाई नमारेसम्म खाना पनि नखाने र केही पनि नपिउने भनी भाकल गरेका छन् ।”
2चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो ।
2त्यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्यो समयको अन्त्यमा उहाँ भोकाउनुभएको थियो ।
14त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौँ, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ ।
15हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्वरलाई धन्यवाद दिए र उत्साहित भए ।
11तपाईं आफैँले प्रमाणित गर्न सक्नु हुन्छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन ।
31त्यसै बेला चेलाहरूले उहाँलाई यसो भन्दै अनुरोध गरिरहेका थिए, “रब्बी, खानुहोस् ।”
33त्यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्याएको छैन, ल्याएको छ र?”
30कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।
14उनी त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलका मुद्दाहरू राजाका अघि प्रस्तुत गरे । तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए ।
29हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे ।
30जहाज चालकहरूले त्यो जहाजलाई त्याग्नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए ।
24त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्ना शत्रुहरूमाथि बद्ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्यक्तिले खाना चाखेका थिएनन् ।
32येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्नुभयो, “मलाई यो भिडमाथि दया लागेको छ, किनकि तिनीहरू तिन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन् ।”
10तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे ।
2“यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।
3यदि मैले तिनीहरूलाई केही नखुवाईकन पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन् ।”
3अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौँ, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र उनलाई उनका साथीहरूकहाँ जान अनुमति दिए ताकि उनले तिनीहरूबाट वास्ता पाउन सकून् ।
9तिनी तिन दिनसम्म दृष्टिविहीन भए र तिनले न खाए न पिए ।
19तिनले केही खाएपछि तिनमा ताकत आयो । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे ।
17तब यसको तिन दिनपछि, पावलले यहूदीहरूका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरूसँगसँगै आइपुगे उनले तिनीहरूलाई भने, “दाजुभाइ हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ ।
24र भने, “नडराऊ, पावल । तिमी कैसरको अगाडि उभिनु पर्छ र हेर परमेश्वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनु भएको छ ।
17यो महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव मनाउनुपर्छ । सात दिनसम्म अखमिरी रोटी खानुपर्छ ।
27धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु ।
3तिन हप्ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें ।
6आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए । र अर्को दिन उनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए ।
4हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ । ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्नुहुँदैन भने ।
35जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।