मत्ती 4:2

अनलक शाब्दिक बाइबल

चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 34:28 : 28 मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे । तिनले न कुनै खाना खाए न पानी पिए । तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे ।
  • १ राजा 19:8 : 8 त्यसैले तिनी उठेर खाए, र पिए अनि त्यस खानाको शक्ति पाएर चालिस दिन यात्रा गरेर परमेश्वरको पर्वत होरेबसम्मै आए ।
  • व्यव 9:9 : 9 परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ ।
  • व्यव 9:18 : 18 फेरि, मैले न रोटी खाएँ न पानी पिएँ । परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन र चालिस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ ।
  • यूह 4:6 : 6 त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्‍नुभयो र इनारको छेउमा बस्‍नुभयो । यो छैठौँ घडीतिरको कुरा थियो ।
  • इब्रा 2:14-17 : 14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो । 15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो । 16 किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको वास्ता गर्नुहुन्‍न; बरु, उहाँले वास्ता गर्ने त अब्राहामका सन्तानको हो । 17 त्यसैले, उहाँका भाइहरूजस्तै बन्‍न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य हुनुभई परमेश्‍वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्‍नुभयो ।
  • निर्ग 24:18 : 18 मोशा बादलभित्र प्रवेश गरी पर्वतमा उक्ले । तिनी चालिस दिन चालिस रातसम्म पर्वतमा रहे ।
  • व्यव 9:25 : 25 परमप्रभुले तिमीहरूलाई नष्‍ट गर्नुहुनेथियो भनी उहाँले भन्‍नुभएकोले म चालिस दिन चालिस रातसम्म उहाँको सामु लम्पसार परेँ ।
  • व्यव 18:18 : 18 म तिनीहरूकै दाजुभाइहरूका बिचबाट तँजस्तै एक जना अगमवक्ता खडा गर्ने छु । म त्यसको मुखमा मेरा वचन हालिदिने छु र त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्ने छ ।
  • मत्त 21:18 : 18 बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो ।
  • मर 11:12 : 12 अर्को दिन, जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो ।
  • लू 4:2 : 2 त्‍यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभएको थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 4:1-5
    5 पदहरू
    92%

    1¶ तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो ।

    2त्‍यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभएको थियो ।

    3तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।”

    4येशूले जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍न सक्दैन ।”

    5त्यसपछि, शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो ।

  • मत्त 4:3-7
    5 पदहरू
    84%

    3परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।”

    4तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”

    5त्यसपछि दुष्‍टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो,

    6अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’ अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।”

    7येशूले त्यसलाई भन्‍नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्’ ।”

  • 1¶ त्यसपछि दुष्‍टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्‍याइनुभयो ।

  • मर 1:12-13
    2 पदहरू
    78%

    12त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो ।

    13उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे ।

  • लू 4:12-13
    2 पदहरू
    74%

    12येशूले जवाफ दिँदै त्यसलाई भन्‍नुभयो, “यस्तो भनिएको छ, तैँले आफ्ना परमप्रभु परमेश्‍वरको परीक्षा नगर्नू ।”

    13अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो ।

  • 12अर्को दिन, जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो ।

  • 18बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभएको थियो ।

  • 9त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्‍दिरको उच्‍च स्थानको टुप्‍पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।

  • 8त्यसैले तिनी उठेर खाए, र पिए अनि त्यस खानाको शक्ति पाएर चालिस दिन यात्रा गरेर परमेश्वरको पर्वत होरेबसम्मै आए ।

  • 11अनि त्यो दुष्‍ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे ।

  • 3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?

  • 10तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे ।

  • 14जब उनले सबै खर्च गरी सिध्याए, त्यहाँ देशभरि ठुलो अनिकाल पर्न सुरुभयो र उनी निकै खाँचोमा पर्न थाले ।

  • 28मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे । तिनले न कुनै खाना खाए न पानी पिए । तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे ।

  • 5किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।

  • मर 8:1-2
    2 पदहरू
    70%

    1¶ ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भिड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो,

    2“यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।

  • 35जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।

  • यूह 4:31-33
    3 पदहरू
    69%

    31त्‍यसै बेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।”

    32तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”

    33त्‍यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र?”

  • 33जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन ।

  • 3तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?

  • 42किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;

  • व्यव 8:3-4
    2 पदहरू
    69%

    3उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्‍न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो ।

    4ती चालिस वर्षसम्म तिमीहरूका लुगा च्यातिएर झरेन न त तिमीहरूको गोडा सुन्‍नियो ।

  • 9परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ । मैले न रोटी खाएँ, न पानी पिएँ ।

  • 1¶ देशमा अति भयानक अनिकाल परेको थियो ।

  • 24उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु ।

  • 9त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्‍टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।”

  • लू 15:16-17
    2 पदहरू
    68%

    16उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्‍नो पेट भर्न चाहन्थे ।

    17तर जब कान्छा छोरा आफैँले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु!

  • 4उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न सक्‍ने पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौँ?”

  • 32येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भिडमाथि दया लागेको छ, किनकि तिनीहरू तिन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्‍नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन् ।”

  • 25उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?”

  • 12दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”

  • 15जब साँझ पर्‍यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो । भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्‍न सकून् ।”

  • 18आफ्‍नो भोक मेटाउनलाई खाना मागेर आफ्‍ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए ।

  • 40किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।

  • 42तृप्‍त नहुन्जेल उनीहरू सबै जनाले खाए ।