प्रेरितहरूको काम 4:30

अनलक शाब्दिक बाइबल

ताकि जब तपाईंले निको पार्नका लागि आफ्नो हात पसार्नुहुन्छ तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्‍चर्यहरू होऊन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 4:27 : 27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
  • प्रेरि 3:6 : 6 तर पत्रुसले भने “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो मैले तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड ।”
  • प्रेरि 3:16 : 16 अब उहाँको नाउँमाथिको विश्‍वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्‍नु र जान्‍नुहुन्छ । येशूप्रति यिनको विश्‍वासले यिनलाई तपाईंहरू सबैको सामुन्‍ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ ।
  • प्रेरि 4:10 : 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ ।
  • प्रेरि 2:22 : 22 हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।
  • प्रेरि 2:43 : 43 हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।
  • निर्ग 6:6 : 6 त्यसकारण, इस्राएलीहरूलाई यसो भन्, 'म परमप्रभु हुँ । म तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु । मेरो शक्ति देखाएर र इन्साफका शक्तिशाली कामहरू गरेर म तिमीहरूलाई छुटकारा दिनेछु ।
  • व्यव 4:34 : 34 वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्‍ने परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्‍चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्‍वरले कहिल्यै कोसिस गर्नुभएको छ?
  • यिर्मि 15:15 : 15 हे परमप्रभु, तपाईं जान्‍नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्‍ति मैले निन्दा भोग्छु भनी जान्‍नुहोस् ।
  • यिर्मि 20:11-12 : 11 तर शक्तिशाली योद्धाझैं परमप्रभु मसित हुनुहुन्छ । त्यसैले मेरो पिछा गर्नेहरू ठेस खाएर लड्नेछन् । तिनीहरूले मलाई पराजित गर्नेछैनन् । तिनीहरू अत्यन्तै लज्‍जित हुनेछन्, किनकि तिनीहरू सफल हुनेछैनन् । तिनीहरूको लाजको अन्त्य हुनेछैन, त्‍यो कहिल्यै बिर्सिनेछैन । 12 तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ, अनि मन र हृदय देख्‍नुहुन्छ । मैले आफ्‍नो मामला तपाईंमा सुम्‍पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।
  • प्रेरि 5:12 : 12 प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्‍चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए ।
  • प्रेरि 5:15-16 : 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । 16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबैले निको भए ।
  • प्रेरि 6:8 : 8 अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बिचमा महान् आश्‍चर्य र चिन्हहरू देखाउँदै थिए ।
  • प्रेरि 9:34-35 : 34 पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्छ । उठ र तिम्रो ओछ्यान मिलाऊ ।” तिनी तुरुन्तै उठे । 35 लुड्‌डा र शारोनमा बस्‍ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुमा आए ।
  • प्रेरि 9:40-42 : 40 पत्रुसले सबैलाई कोठाबाट बाहिर पठाए र घुँडा टेकी प्रार्थना गरे । मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” उनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि उनी बसिन् । 41 त्यसपछि पत्रुसले उनलाई आफ्ना हातले उठाए । तिनले विश्‍वासीहरू र विधवाहरूलाई डाके र तिनीहरूको उपस्थितिमा उनलाई जीवित प्रस्तुत गरे । 42 यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे ।
  • लू 9:54-56 : 54 जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्न हामी आज्ञा गरौँ?” 55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो । 56 तब उहाँहरू अर्को गाउँतिर जानुभयो ।
  • लू 22:49-51 : 49 जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ?” 50 तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको नोकरलाई प्रहार गरे, र उसको दाहिने कान काटिदिए । 51 येशूले भन्‍नुभयो, “यति नै हुनदेऊ ।” र उहाँले उनको कान छुनुभयो, र निको पार्नुभयो ।
  • यूह 4:48 : 48 तब येशूले तिनलाई भन्‍नुभयो, “चिह्न‍हरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 78%

    28तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।

    29हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पुरा साहससित बोल्न दिनुहोस् ।

  • 31तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले ।

  • 3त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्‍वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।

  • प्रेरि 4:7-10
    4 पदहरू
    75%

    7जब उनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्ति वा कुन नाउँमा यसो गरेका हौ?”

    8अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र एल्डरहरू हो,

    9यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गरिदैँछ भने,

    10तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रुसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ ।

  • 16अब उहाँको नाउँमाथिको विश्‍वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्‍नु र जान्‍नुहुन्छ । येशूप्रति यिनको विश्‍वासले यिनलाई तपाईंहरू सबैको सामुन्‍ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ ।

  • 12प्रेरितहरूको हातद्वारा मानिसहरूका बिचमा धेरै चिह्न र आश्‍चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए ।

  • 40साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो । उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो र सबैलाई निको पार्नुभयो ।

  • 10तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्‍यो र उसको हात पहिलाको जस्तै भयो ।

  • 70%

    11पावलको हातबाट परमेश्‍वरले महान् कामहरू गर्नुभयो ।

    12पावलको शरीरमा रुमाल र कपडालाई छुवाएर लगेर बिरामीहरूलाई छुवाइदिँदा समेत तिनीहरू निको भए र दुष्‍ट आत्माहरू तिनीहरूका शरीरबाट निस्केर गए ।

  • 70%

    15पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे ।

    16त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबैले निको भए ।

  • 70%

    21अझ बढी चेताउनी दिएपछि उनीहरूले पत्रुस र यूहन्‍नालाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए ।

    22यो चंगाइको आश्‍चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए ।

  • 70%

    11तिनले पत्रुस र यूहन्‍नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे ।

    12जब पत्रुसले यो देखे, तब उनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन आश्‍चर्यचकित हुनुभएको छ? किन तपाईंहरूले तिनलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिँड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेरिरहनुभएको छ?

  • 19त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”

  • 22हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।

  • 69%

    16उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौँ? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्‍चर्यकर्मको वास्तविकता यरूशलेममा बस्‍ने हरेक मनिसलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौँ ।

    17तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ ।”

    18तिनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू न त शिक्षा नै दिनू भनी आज्ञा दिए ।

  • 6विश्‍वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि हात राखे ।

  • मर 16:17-18
    2 पदहरू
    69%

    17[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।

    18तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् र तिनीहरू निको हुनेछन् ।

  • 20चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्‍चर्य चिन्हहरूले वचनलाई पुष्‍टि गर्नुभयो ।

  • 43हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।

  • 5तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्‍यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो ।

  • 38ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्‍वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो ।

  • 68%

    13जब तिनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र महसुस गरे कि उनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्‍ना येशूसँगै रहने गर्दथे भन्‍ने कुरा थाहा पाएर तिनीहरू छक्‍क परे ।

    14उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण तिनीहरूका विरुद्ध केही बोल्न सकेनन् ।

  • 15अनि भूतहरूलाई निकाल्ने अधिकार होस् ।

  • 13अनि येशूले त्यस व्यक्‍तिलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्‍यो, र उसको त्यो हात अर्को हातजस्तै निको भयो ।

  • 4त्यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।

  • 7पत्रुसले तिनको दाहिने हात समाए र तिनलाई उठाए र तुरुन्तै तिनको गोडा र गोलिगाँठोको हड्डीमा बल प्राप्‍त भयो ।

  • मत्त 15:30-31
    2 पदहरू
    68%

    30ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

    31गुँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका, र दृष्‍टिविहीनहरूले देखेका जब भिडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलको परमेश्‍वरलाई धन्यवाद दिए ।

  • 43तिनीहरू परमेश्‍वरको महानतामा चकित भए । तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

  • 17त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।

  • 8अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बिचमा महान् आश्‍चर्य र चिन्हहरू देखाउँदै थिए ।

  • 3येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।”

  • 14तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।”

  • 7किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।

  • 13तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।

  • 32तिनीहरूले सुन्‍न नसक्‍ने र बोल्‍न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे ।

  • 24तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले आकास र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो,

  • 13उहाँले तिनीमाथि हात राख्‍नुभयो र तिनी तत्कालै सोझो भएर उभिन् र परमेश्‍वरको महिमा गरिन् ।